Health TV Online
Health TV Online

स्वास्थ्यका लागि बहु उपयाेगी छ विजयादशमीमा लगाइने जमरा

स्वास्थ्यका लागि बहु उपयाेगी छ विजयादशमीमा लगाइने जमरा

आइतबार घटस्थापना। घरघरमा जमरा राखिँदैछ । आउनुस्  जमराबारे कुरा गरौँ।

नेपाली  समाजमा विशेषगरी विजया दशमीका दिन टीका जमरा लगाउने परम्परा छ। आश्विन शुक्ल प्रतिपदाका दिन दशैँघर वा शक्तिपीठमा जौ छरिन्छ। सूर्यको प्रकाश पर्न नपाएको पहेँलो जमरा देवी दुर्गाकाे प्रसादका रूपमा विजया दशमीका दिन मान्यजनको हातबाट लगाइन्छ। कतिपय स्थानमा यो क्रम पूर्णिमासम्म पनि रहन्छ।

धार्मिक दृष्टिले जमराको महत्त्व जति छ स्वास्थ्यका दृष्टिले त्योभन्दा कम छैन। जौ आफैँ  पुष्टिवर्धक खाद्यपदार्थ हो। यसमा प्रोटिन र कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइन्छ।  यसमा क्रोरोफिल तत्त्व पनि पाइन्छ।

जमराकाे रस पिउनाले शरीरमा चिनीको मात्रालाई सन्तुलन गर्न मद्दत गर्छ। यसले छालारोगलाई पनि फाइदा पुर्याउँछ। जमराको रसले मुखको रोगलाई निर्मूल पार्छ। घाँटी र जिब्रोको रोगमा पनि फाइदा पुग्छ। पेटको रोगको लागि पनि यो अति उपयोगी छ। यसले दिसा सफा गर्छ। यसले पिसाब खुलाउन पनि मद्दत गर्छ। यसको रसमा कालची मिस्री मिसाएर नियमित पिउँदा आँखा तेजिलो हुन्छ। छाला पनि आकर्षक बनाउँछ।

जमराको रस यो समयमा खाने भन्ने खासै नियम छैन। बिहानको समयमा खाँदा ‘इम्युनिटी पावर’ बढ्छ। औषधिका लागि हरियो भन्दा पहेँलो जमराको रस नै बढी उपयोगी हुन्छ। यसले थाइराइडमा पनि फाइदा गर्छ। शरीर सुन्निने रोगमा पनि जमराको रसको प्रयोग गरी फाइदा लिन सकिन्छ। यसको सेवनले मानसिक रूपमा पनि सन्तुष्टि दिन्छ।तर मात्रा र सरसपफाइमा भने ध्यान  दिन जरूरी हुन्छ ।

जमराको उपयोगिताबारे पूर्वमात्र होइन पश्चिमका वैज्ञानिकहरूले समेत मानेका छन्। अमेरिकाका विशेषज्ञ डा. ब्रायन र आना क्लिमेन्टले जमराको जुस खाँदा कलेजोलाई फाइदा गर्ने तथ्य पत्ता लगाएका छन्।

औषधिको रूपमा प्रयोग गर्दा पाँच दशवटा जमरा लिएर र पिँधेर प्रयोग गर्न सकिन्छ यो अत्यन्त तीतो हुने भएकाले स्वादका लागि घ्यू–मह–तुलसीको रस प्रयोग गर्न सकिन्छ। अघिपछि पनि जमरा उमारेर औषधिको रूपमा प्रयोग गर्न सकिन्छ।

अचेल बाटोमा बसेर  जाै वा गहुँका जमराकाे रस बेच्ने गरेको देखिन्छ। फेसनका रूपमा बिहान मर्निङ वाकमा जाँदा कतिपयले पिउने गरेको पनि पाइन्छ। यो अस्वस्थकर पनि हुनसक्छ। जौ वा गहुँको बिउ नराम्रो हुनसक्छ। उमार्ने क्रममा मल वा विषादीको प्रयोग गरिएको हुनसक्छ। त्यस्तै धुलो धुवाँलगायत प्रदूषित वातावरणमा बसेर तयार पारिएको जमराको रस प्रदूषित पनि हुन सक्छ। त्यसैले जमराकाे रस  औषधिको रूपमा प्रयोग गर्दा यी कुरामा भने ध्यान दिनुपर्छ।

थप समाचार

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा