Health TV Online
Health TV Online

के हो ‘साइको सेक्सुअल डिसफङ्सन’?

के हो ‘साइको सेक्सुअल डिसफङ्सन’?

अहिले व्यस्तता र भागदौडले गर्दा मानिसहरूमा शारीरिक तथा मानसिक समस्या बढेका छन्। तीमध्ये एक हो ‘साइको सेक्सुअल डिसफङ्सन’ अर्थात् मनोयौनिक समस्या।

मानिस बाहिरबाट हेर्दा हृष्टपुष्ट देखिन्छ। शारीरीक रूपले एकदम तन्दुरुस्त देखिन्छ। तर मनोवैज्ञानिक तथा भावनात्मक रूपमा समस्याग्रस्त हुन्छ। यो मुख्यगरी यही कारणले हुन्छ भन्ने छैन। शारीरिक वा मानसिक रोगका कारण यौन चाहना अथवा यौन क्षमतामा असर परेर उत्पन्न हुने समस्यालाई साइको सेक्सुअल डिसफङ्सन भनिन्छ। अचेल यो समस्या ‘कमन’ बन्दैछ। एक अध्ययन अनुसार झण्डै सातदेखि १५ प्रतिशत मानिसमा यो समस्या देखिएको छ।

यो समस्या महिला र पुरुष दुवैमा हुन्छ। तर महिलामा धेरै देखिन्छ। यो रोगको मुख्य कारण जीवनशैली हो। कामको व्यस्ताका कारण आफ्नो लागि नछुट्याउने, व्यायाम नगर्ने र स्वस्थ खानपानको कमीले यो समस्या उत्पन्न हुन्छ। यिनैको कारण हुने सुगर, प्रेसर आदि समस्याले पनि साइको सेक्सुअल डिसफङ्सनलाई बढाउँछ। रक्सी, गाँजा वा कुनै प्रकारको ट्याबलेट प्रयोग गर्ने दुव्र्यसनमा रहेकामा पनि यो समस्या हुन्छ। धेरै तनाव लिने आदि कारणले पनि यो समस्या ल्याउँछ। डिप्रेसन, एनजाइटि आदिले पनि यो समस्यालाई बल पुग्छ।

माथिका कुनै पनि कारणले श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध छैन भने मनोयौनिक विकारको रूपमा प्रस्तुत हुनसक्छ। त्यसैलाई साइको सेक्सुअल डिसफङ्सन अर्थात् मनोयौनिक विकार भनिएको हो। यो चार प्रकारको ‘फेज’ हुन्छ । चाहना, उत्तेजना, चरमोत्कर्ष र रिजोलुसन फेज। कुनै पनि फेजमा मनोयौनिक विकारले असर गर्न सक्छ। जस्तै कति मानिसमा सेक्ससम्बन्धी चाहना नहुन सक्छ। चाहना छ तर उत्तेजना नहुने, वा लिङ्ग कडा नहुने, चाँडैै वीर्य स्खलन हुने, सम्भोगका क्रममा चरमोत्कर्ष अर्थात् अग्र्याज्मको अनुभव नहुने समस्याले मानसिक समस्या बढाउँछ।

महिलाको सन्दर्भमा यौनकार्य सकेपछि योनि दुखिरहनु, सम्भोग गरिसकेपछि नरमाइलो लाग्ने समस्या साइको सेक्सुअल डिस्फङ्सनअन्तर्गत पर्छ। यस्ता समस्या देखिए आत्तिनुपर्दैन। यसको उपचार हुनसक्छ। यस्ता समस्या छन् भने चाँडै मनोचिकित्सकसँग सल्लाह लिएर उपचार गराउनुपर्छ। यी समस्याको समाधानका लागि मेट्रो काठमाडौ अस्पतालमा विभिन्न थेरापीको व्यवस्था छ। हामी सेक्स थेरापी, औषधिको प्रयोेग र साउण्ड वेब थेरापीमार्फत उपचार गर्छौैँ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा