‘कार्यकक्षमै ममाथि यसरी दुर्व्यवहार भयो’
मलाई १५\२० दिनदेखि एक जना व्यक्तिले तारन्तार फोन गरिरहेका थिए। उनले आफू ‘टाइम्स नेपाल’ नामक पत्रिकामा काम गर्ने बताएका थिए। डिन कार्यालयका गतिविधि एवं समसामयिक विषयमा अन्तरवार्ता लिनु छ भनेर उनले फोन गरेका थिए।
शुरुमा त मैले खासै वास्ता गरिनँ। तर बारम्बार फोन गरेर समय मागेपछि समय मिलाउने आश्वासन दिएँ। कहिले उनको समय नमिल्ने, कहिले मेरो। १५ दिन भन्दा बढी भइसकेको थियो। उनले आइतबार बिहान फेरि फोन गरे। मलाई पनि समय मिलाउन नसेकेकोमा अप्ठेरो लागेको थियो।
मलाई ‘जेन्युन’ विषयमा कुरा गर्न खोजेको होला जस्तो लाग्यो। होइन भने कोही मान्छे १५\२० दिनदेखि एउटा व्यक्तिको पछि किन लाग्छ? त्यसैले मैले त्रिवि शिक्षण अस्पतालको आफ्नो कार्यकक्षमा दिउँसो १ बजे आउनुस् भनेँ। उनले ‘हुन्छ’ भने। मेरो मिटिङ भएकाले म अलिकति ढिला भएँ। मैले फोन पनि गरेँ, ‘म अलिकति ढिला हुन्छु है’ भनेर।
दिउँसाे १ः ४० जति भएको थियो होला म पुग्दा। उनीहरू दुई जना मेराे कार्यकक्षमा कुरिरहेका थिए। ‘ल भन्नुस् के थियो, आफ्नाे कुर्सीमा बस्दैगर्दा मैले भनेँ। दुईमध्ये एक जनाले पेपर लिनुपर्यो भनेर यसो उठेजस्तो गरे। तर एक्कासी मेरो जिउमा कालो मसी छर्केर कोठाबाट भागे। त्यससँगै उनीसँगै आएका अर्का व्यक्ति पनि उनीसँगै बाहिर भागे।
अचम्म लाग्यो। पत्रकारका नाममा आएर यस्तो गर्लान् भनेर सोचेकै थिइनँ। उनीहरू गएगत्तै साथीहरूलाई खबर गरेँ। सबैकाे सल्लाहमा प्रहरीलाई जानकारी दियाैँ। प्रहरीले उनीहरूको खोजी भइरहेको बताएको छ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य