डेंगु ज्यानमारा रोग होइन तर…

दुई महिनायता डेंगुले प्रकोपको रूप लिएको छ। गत वैशाखमा सुनसरीको धरानबाट शुरु भएको डेंगु अहिले ६१ जिल्लामा फैलिइसकेको छ। पहिले पहिले तराई अर्थात् गर्मी ठाउँमा मात्र हुने यो रोगको संक्रमण पहाड हुँदै हिमाल (चिसो ठाउँ)मा पुगिसकेको छ। मुलुकभरका ९ हजारभन्दा बढी मानिस डेंगु संक्रमित भइसकेका छन्। यो तथ्यांक अस्पतालमा जाँच गराउन पुगेका र उपचार गराउन पुगेकाको हो। अस्पताल नपुगेका वा चिकित्सकको सम्पर्कमा आइनपुगेका अन्य धेरै संक्रमित रहेको अनुमान गरिएको छ।
के हो डेंगु?
डेंगु साँझ बिहान (उज्यालो) मा टोक्ने ‘एडिज एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। लामखुट्टेले टोक्नेबितिकै तत्काल डेंगुको लक्षण देखिँदैन। लामखुट्टेको टोकाइपछि चार देखि १० दिनपछि लक्षण देखिन्छ। एक सय जनामा १० जनामा डेंगुको लक्षण देखिन्छ। ९० जनामा लक्षण देखिँदैन। लक्षण देखिएका १० जनामध्ये पनि पाँचजनालाई अलिअलि रुघाखोकी देखिन्छ। पाँचजनालाई डेंगु ज्वरो देखिन्छ।
लक्षण र उपचार
डेंगु हुँदा शुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, उल्टी आउने, खाना नरुच्ने जस्ता लक्षण देखिन्छन्। पाँच देखि ७ दिनसम्म ज्वरो आउन सक्छ। जोर्नीहरू दुख्छ। श्वासप्रश्वास बढ्छ। गिजाबाट रगत आउँछ। पेट दुख्छ। यस्ता लक्षण देखियो भने डाक्टरको निगरानीमा राखेर वा अस्पताल लगेर उपचार गर्नुपर्छ। केही व्यक्तिको फोक्सोमा पेटमा पानी जम्ने समस्या पनि हुन्छ त्यस्तो बिरामीहरूलाई ‘म्यानेजमेन्ट आईसियू’मा राखिन्छ।
अहिले गर्मीयाम भएकाले भाइरल ज्वरो, रुघाखोकीजस्ता समस्या आइरहेका छन्। लक्षणबारे जानकारी नभएर कतिपयले यसलाई पनि डेंगु त होइन भन्ने शंका गर्ने गरेका छन्। ज्वरो आउने, टाउको दुख्ने मासंपेशी दुख्ने, हड्डी करकरी खाने, शरीर दुख्ने वा अरु कुनै समस्या छैन भने घरमै बसेर आराम गर्न सकिन्छ। दुखाइ वा ज्वरो कम गर्न सिटामोल खान सकिन्छ। ज्वरो घटाउन रुमालमा पानी भिजाएर ‘पानीपट्टी’ गर्न सकिन्छ। प्रशस्त मात्रामा पिसाब आउनेगरी प्रशस्त मात्रामा झोलयुक्त खानेकुरा खानुपर्छ।
आत्मबल र केयर
कुनै पनि रोग लाग्दा आत्मबल महत्त्वपूर्ण कुरा हो। ‘केयर’ सबैभन्दा ठूलो कुरा हो। रोगलाई जित्न दिने कि आत्मबलले जित्ने? राम्रो केयर गर्ने कि लापरबाही? यो हाम्रै हातमा छ। त्यसैले डेंगु वास्तवमा ज्यानमारा रोगचाहिँ होइन तर आत्मबल नबढाउँदा र लापरबाही गर्दा यो ज्यानमारा बन्न सक्छ। बेवास्ता गर्दा मृत्युकै मुखमा पुर्याउँछ। जब हाम्रो आत्मबल र केयरले शरीरबाट डेंगु भाइरस हटेर जान्छ, दुईदेखि सात दिनपछि ज्वरो आउन छोड्छ। त्यसपछि पनि केही दिन आराम गरेर बिरामी पूर्ववत् काममा फर्किन सक्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights