Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आत्तिनु वा चिन्तित हुनुपर्ने समस्या नै हाेइन ‘थाइराइड’

आत्तिनु वा चिन्तित हुनुपर्ने समस्या नै हाेइन ‘थाइराइड’

थाइराइडकाे विषयमा हाम्राे समाजमा अनेकौँ भ्रम छ। अहिले पनि असाध्य रोगहरूको चर्चा गर्दा मानिसहरू थाइराइडलाई अग्रपंक्तिमा राख्छन्। थाइराइड भयो भन्नेवित्तिकै यस्तो होला, उस्तो होला भन्ने किसिमका अनावश्यक शंका गर्ने र डराउने प्रवृत्ति विकास भएको छ।

थाइराइड रोग होइन। यो त हाम्रो घाँटीमा रहेकोे अत्यावश्यक ग्रन्थी हो। त्यहाँ हुने गिर्खाको आकार कम बेसी हुनुचाहिँ रोग हो। थाइराइडको समस्या भएको भनेर भनिएको त्यसैलाई हो। त्यही गिर्खालाई सन्तुलनमा ल्याउने काम हर्मोन विशेषज्ञले गर्छन्। यसमा त्यति साह्रो आत्तिन वा डराउनु पर्दैन। साधारण रूपमा समाधान गर्न सकिने रोगहरूको पोको हो। सामान्य उपचारबाट यसबाट मुक्ति पाउन सकिन्छ।

थाइराइड उत्पादनमै कमी आइसकेको छ, थाइराइडले आफैँ हर्मोन उत्पादन गर्ने क्षमता राख्दैन भने त्यस्ता व्यक्तिले जीवनभर पनि औषधि खानुपर्ने हुनसक्छ। औषधिलाई बोझको रूपमा लिनु भएन। आफ्नो शरीरलाई नपुगेको तत्त्व खाइरहेको छु भन्ने सकारात्मक सोच राख्नुपर्छ।

थाइराइड भएकी आमाबाट रोगी बच्चा जन्मिन्छ भन्ने भ्रम छ। थाइराइड रोगलाई सही तरिकाले उपचार नगरिकन थाहा नभएको अवस्थामा बच्चा गर्भमा आयो भने उसको मानसिक विकास असर गर्न सक्छ भनेर हामी सचेत गराउन खोज्छौँ तर उनीहरू अन्यथा रूपमा बुझ्छन्। हामीले चिकित्सकको रेखदेखमा रहेर थाइराइडलाई नियन्त्रणमा राखेर बच्चा जन्माउनुस् मात्र भनेको हौँ। त्यसलाई उनीहरू के बुझ्छन् भने ‘थाइराइड भएका वेला बच्चा जन्मियो भने उसको शारीरिक मानसिक विकासमा असर पर्छ।’

यो रोगमा यो खान हुँदैन, त्यो खान हुँदैन भन्ने भ्रम छ। कतिपयलाई केराउ, गोलभेडा, बन्दा र काउली खानहुँदैन। काउली बन्दामा ‘थायोसायोमेट’ तत्त्व हुन्छ। त्यसले थाइराइडलाई केही रूपमा नकारात्मक असर गर्छ कि भन्ने हुन्छ। तर तपाईँको थाइराइडले काम गरेको हुँदैन, त्यसको पूर्तिका लागि औषधि खाइरहनु भएको छ वा उपचारको क्रममा थाइराइड ग्रन्थी काटेर फालिसकेको छ भने खानामा बन्देज गर्नुपर्दैन। साधारण खाना सक्नुहुन्छ, जस्तै– दाल भात तरकारी।

यो समस्यामा आयोडिनयुक्त नुन खानु हुँदैन भन्ने पनि भ्रम छ। मानिसलाई गलगाँडबाट जोगाउन आयोडिनको नुन संसारभर प्रचार गरिएको छ। नुन आयोडिनयुक्त नै खानुपर्छ। यसले थाइराइडलाई कुनै असर गर्दैन।

थाइराइडको समस्या भएपछि जीवनभर औषधि खानु त पर्दैन भन्ने चिन्ता आम मानिसमा पाइन्छ। अन्य असाध्य रोगको जस्ता जीवनभर खाइरहर्नुपर्छ कि भन्ने सोच पनि पाइन्छ। यो कुरा हामी ठ्याक्कै भन्न सक्दैनौँ। बिरामीको अवस्था हेरेर हुन्छ।

थाइराइडको मात्रा बढ्यो भने ‘वेट एण्ट वाच’को अवस्थामा रहन्छौँ। आफैँ हराएर जान्छ। जीवनभर औषधि खानुपर्दैन। थाइराइड उत्पादनमै कमी आइसकेको छ, थाइराइडले आफैँ हर्मोन उत्पादन गर्ने क्षमता राख्दैन भने त्यस्ता व्यक्तिले जीवनभर पनि औषधि खानुपर्ने हुनसक्छ। औषधिलाई बोझको रूपमा लिनु भएन। करकाे रूपमा भन्दा पनि आफ्नो शरीरलाई नपुगेको तत्त्व खाइरहेको छु भन्ने सकारात्मक सोच राख्नुपर्छ।

थाइराइड बिरामीलाई धेरैथरी समस्या हुन्छ। थाक्ने, जिउ गल्ने, काम्ने, दुब्लाउने वा मोटाउने जे समस्या भए पनि डाक्टरको अनुसार जाँचेर ल्याब परीक्षण गरेर उनीहरूको गाइडअनुसार अघि बढ्दा समस्या समाधान हुन्छ। मलाई यो रोग लाग्यो, यस्तो भयो भनेर आत्तिएर वा चिन्तित भएर बस्नुपर्ने समस्या नै होइन यो।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या