सेप्टेम्बर अर्थात् दुखाइ सचेतना महिना

हरेक वर्ष सेप्टेम्बरलाई ‘पेन’ अर्थात् दुखाइ सचेतना महिनाका रूपमा मनाइन्छ। इन्टरनेसनल एसोसिएसन फर द स्टडी अफ पेनको आह्वानमा हरेक वर्ष सेप्टेम्बरलाई पेन अर्थात दुखाइ सचेतना महिनाका रूपमा मनाउने गरिएकाे हाे।
यो सन् २००१ मा संयुक्त राज्य अमेरिकाबाट शुरु भएको हो। पहिलेपहिले यसलाई सेप्टेम्बर २७ का दिन एकदिन मात्र मनाइन्थ्यो। अहिले भने महिनाभरि नै विभिन्न कार्यक्रम गरी मनाइन्छ। सेप्टेम्बर २७ लाई ‘ब्लु डे’ को रूपमा निलो कपडा लगाएर पनि मनाइने चलन छ ।
आईएएसपीको छाता संगठनको रूपमा नेपालमा नेपाल एसोसिएसन फर द स्टडी अफ पेन छ। याे संस्थाले विभिन्न कार्यक्रम गरी यो महिना विभिन्न गतिविध गर्न लागेको छ। यो वर्षको मूल नारा ‘लेट्स टक अबाउट पेन सिस्टम’ अर्थात् दुखाइवारे कुरा गराैं हो। यो पटक पनि हामी विगतमा जस्तै विभिन्न कार्यक्रम गर्दैछौँ। असोज १ गते दिउँसो त्रिवि शिक्षण अस्पतालको प्रांगणमा विशेष कार्यक्रम हुँदैछ।
अव्यवस्थित जीवनशैली र अस्वस्थकर खानेकुराका कारण अचेल दीर्घकालीन रोग निकै बढेको छ। यी रोगका कारण कतिपय बिरामीले निकै समयसम्म दुखाइ भोग्नुपर्छ। उपचार नपाएर वा उपचार पाएर पनि राम्रोसँग नहुँदा सामान्य रोगले पनि कहिलेकाँही जटिल रूप धारण गर्छ। उपचार प्रक्रिया पनि ढिलो हुन पुग्छ । त्यो वेला बिरामीले असह्य पीडा भोग्नुपर्ने पनि हुनसक्छ।
शरीरको कुनै पनि भागको दुखाइका कारण कोही मानिस तीन महिनाभन्दा बढी पीडित छन् भने त्यसलाई दीर्घकालीन दुखाइ भनिन्छ। याे आफैमा रोग हो । दुखाइका कारण दैनिक जीवनयापनमा कठिनाइ महसुस हुन्छ भने त्यो रोग हो त्यसलाई समयमै उपचार गराउनुपर्छ यसलाई बेवास्ता गर्नुहुँदैन। कुनै दुखाइ रोगसँगै आउने भए पनि कहिलेकाहीं लामो समयसम्म पनि रहन सक्छ । यस्ताे अवस्थामा उपचारमा जानैपर्छ।
दुखाइको विविधताबारे कुरा गर्न निकै आवश्यक छ। सेप्टेम्बरलाई पेन सचेतनाको महिनाकाे रूपमा मनाउनुको कारण पनि दुखाइबारे बिरामीहरूमा हुने जटिलताका विषयमा उनीहरू खुलेर कुरा गर्न सकुन् भन्ने नै हो। बिरामीहरूले एकअर्काका अनुभव साटासाट गर्न सकुन्, बिरामीको अनुभव सुनेर चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीलाई पनि उपचारमा सहज होस् भन्ने उद्देश्य नै हो।
डा. निनादिनी पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत छिन्।
भिडियाे:
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights