ऋषिपञ्चमीमा दतिवनको प्रयोग किन?
भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमीका दिन हिन्दु धर्मावलम्बी महिला बिहान सबेरै उठेर ३६५ दतिवनले दाँत माझ्ने र ३६५ वटा पातले स्नान गर्छन्। यसो गर्दा रजस्वला हुँदाका वर्षभरिका दोष नाश हुने धार्मिक विश्वास छ।
स्वास्थ्यका हिसाबले यो दिन महत्त्वपूर्ण मान्न सकिन्छ। स्वास्थ्य चेतना जगाउनलाई नै यो पर्व मानिएको विश्वास गर्न सकिन्छ। रजस्वलाको दोष हटाउने भन्ने धार्मिक विश्वाससँग स्वास्थ्यरक्षाको सन्दर्भ पनि गाँसिएको छ। रजस्वला(महिनावारी) हुँदा सरसफाइमा ध्यान दिनुपर्ने पक्षलाई पनि यो पर्वले उजागर गरेको छ। ऋषिपञ्चमीमा प्रयाेग गर्ने दतिवनकाे संख्या ३६५ अर्थात् ३६५ दिन। वर्षभर नै प्रयोग गर्न नसकिएकाले एकै दिन गरिएको बुझ्न सकिन्छ।
दतिवनलाई संस्कृतमा अपामार्ग भनिन्छ। यो हाम्रो घर छेउछाउ हुने वनस्पति हो। बर्खामा एकपटक लगाएपछि यसकाे बिरूवा आफैँ फैलिन्छ। यसको दिनहुँ प्रयोगले दाँत मजबुत गराउँछ। दतिवनले ज्वरो निको पार्न पनि सहयोग गर्छ। यसले पिसाबसम्बन्धी खराबीमा पनि औषधिको काम गर्छ।
अपामार्गको क्षारले मिर्गौलाको पत्थरी झार्छ। यसले बात रोगमा पनि फाइदा गर्छ। २–३ थोपा रस राख्दा कान दुखेको बिसेक हुन्छ। अपामार्ग अरू धेरै रोगमा प्रयोग गरिन्छ ।
सुत्केरी हुन नसक्दा पनि यसको प्रयोग गरिन्छ। प्रसव पीडा हुँदा अपामार्गको जरा छुनासाथ बच्चा जन्मिने विधि आयुर्वेदमा उल्लेख छ।
दतिवनको बिज दूधमा पकाएर खाँदा मस्तिष्क रोग हटाउँछ। कतै टाढाको यात्रा गर्नुपर्दा याे सेवन गरेर हिँड्दा धेरैबेर भोक लाग्दैन।
यसकारण वर्षमा एक दिन मात्र नभई दिनदिनै प्रयोग गरेर दतिवनबाट फाइदा लिन सकिन्छ।
कुराकानीमा आधारित



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य