Health TV Online
Health TV Online

लामखुट्टेको टोकाइबाट जोगिए छुँदैन डेंगुले

लामखुट्टेको टोकाइबाट जोगिए छुँदैन डेंगुले

नेपालको सन्दर्भमा कुरा गर्दा पहिलेपहिले अत्यधिक गर्मी हुने ठाउँ अर्थात् तराई मधेशमा मात्र देखिने डेंगु अचेल पहाड र चिसो हिमाली जिल्लामा समेत पुगिसकेको छ। यो वर्ष वैशाखमा पूर्वको धरानबाट देखिएको डेंगुले देशभरको मानिसलाई त्रासमा बस्न बाध्य बनाएको बनाएको छ।

नेपालमा सन् २००६ मा एक जनामा देखिएको पछि नौवटा जिल्लामा देखिएको थियो । त्यसपछि २०१० मा २४ वटा जिल्लामा देखिएको थियो। अहिले त ५५ भन्दा बढी जिल्लामा फैलिसकेको छ। काठमाडौं उपत्यकामै पनि यसको जोखिम बढ्दो रूपमा छ। डेंगुको खतरा प्रि–मनसुन शुरुभए देखि असोज–कात्तिकसम्म हुन्छ।

मुख्य लक्षण

डेंगुको संक्रमण भएपछि मा एक्कासी उच्च ज्वरो आउँछ। ज्वरो पाँच सात दिनसम्म रहन सक्छ। यसका साथै आँखाको गेडी र टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीरमा कटकटी खाने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुनेसम्मका समस्या देखिन्छ। जोर्नी, हड्डी तथा मासंपेशी दुख्नेजस्ता लक्षण देखिएमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने नाक वा गिजाबाट रगत आउने समस्या पनि देखिन सक्छ।

बच्ने उपाय

लामखुटेको टोकाइबाट बच्नु नै डेंगु हुन नदिने उपाय हो। टोकाइबाट बच्न लामखुट्टेलाई हुर्किन दिनुहुँदैन। घर नजिक पानी जमाउने, फोहोर थुपार्ने जस्ता कार्य गर्नु हुँदैन।

काठमाडौंमा त्यसै पनि पानीको अभाव छ। भेटेसम्मका भाँडाकुँडा बटुलेर आकाशे पानी संकलन गर्नुपर्ने बाध्यता छ। पानीको अभाव हुञ्जेल हामी जमाउन छाड्दैनौ। खुलारूपमा पानी जमाउँदा लामखुटेको लागि स्वर्ग हुन्छ। शहरी क्षेत्रमा गमलामा फूल लगाउने कौसीबारी बनाउने भएकाले यहाँ लामखुट्टेले घर बनाउँछ।

डेंगुबाट बच्न घर वरिपरि खाल्डाखुल्डी वा खाली पुराना भाँडा वा बट्टामा पानी जम्न दिनु हुँदैन। पानी जमिहालेको अवस्थामा खाली गरी सफा गर्नुपर्छ। डेंगुबाट बच्न सामूहिक प्रयास हुनुपर्छ। एकजनाको प्रयासले मात्र हुँदैन। म मात्र जोगिएँ वा मेरो परिवार मात्र जोगियो भनेर हुँदैन। परिवार नातागोता वा छिमेकमा कोही संक्रमण भए आफूलाई खतरा हुन्छ।

उपचार प्रक्रिया

डेंगुको उपचार यसको लक्षणको आधारमा रहेर उपचार गरिन्छ। जटिलता आयो भने जटिलताको आधारमा उपचार गरिन्छ। डेंगु उपचारको छुट्टै औषधि भन्ने हुँदैनन। हचुवाका भरमा जथाभावी औषधि खानुहुँदैन।

डेंगु रोग लाग्यो भने आतिनु पर्दैन यसबाट खराब जटिलता उत्पन्न भइहाल्छ भन्ने होइन। तर यो भन्दा रगतको जाँच चाहिँ निरन्तर गर्नुपर्छ। यसको ८ देखि १० दिनको अवधि हुन्छ। धेरै बिरामी चाहि उपचार पछि चाँडै पहिलाको अवस्थामा फर्कन्छन्। डेंगुको संक्रमण भएका वेला प्रशस्त मात्रामा झोलयुक्त खानेकुरा खानुपर्छ। आराम गर्नुपर्छ।

 शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनसँगकाे कुराकानीमा आधारित: 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?