मिर्गाैलाराेग, लक्षण र उपचार

शरीरका महत्त्वपूर्ण अंगहरूमध्ये मिर्गाैला पनि एक हो, जसले शरीरमा रहेका विभिन्न हानिकारक र अनावश्यक वा नचाहिने तत्त्वहरू शरीरबाट निष्कासन गर्छ। यदि कुनै कारणवस मिर्गौलाले यी कार्य गर्न सकेन भने यस्तो अवस्थालाई मिर्गौलाले काम गर्न छाडेको अवस्था मिर्गौला फेल भएको भन्ने बुझिन्छ। मिर्गौला आकस्मिक वा दीर्घरूपमा पनि खराब हुन सक्छ।
मिर्गौलाको खराबीको शुरुवाती अवस्थालाई बेवास्ता गर्दा वा अन्य रोग जस्तै मधुमेह र उच्च रक्तचाप जस्ता रोगका कारण दीर्घरूपमा मिर्गौला खराबी हुन सक्छ। मिर्गौला पूर्णरुपमा खराब भइसकेपछि फेरि कहिल्यै पनि यथास्थितिमा फर्किन सक्दैन वा फेरि आफ्नो कार्यक्षमता प्राप्त गर्न सक्दैन। मिर्गौला पूरै बिग्रिएपछि दुइवटा मात्र विकल्प हुन्छन प्रत्यारोपण र डाइलाइिसस । सबैभन्दा उपयाेगी चाहिं प्रत्यारोपण हाे ।
लक्षण
मिर्गौलाको पनि कुन राेग लागेकाे हाे साेही अनुसार यसका लक्षाण पनि फरक फरक हुन्छन्। मिर्गौलाको कार्यक्षमतामा ह्रास हुन थालेपछि शुरुको अवस्थामा अत्यधिक मात्रामा पिसाब हुन्छ। बिस्तारै पिसाब कम हुँदै गएर शरीरमा पानी जम्मा हुँदै जान्छ, जसले गर्दा शरीरका विभिन्न अंगहरू सुन्निन्छन्। विशेषगरी खुट्टा, अनुहार र पेट सुन्निन्छ। वजन एक्कासी घट्दै जान्छ। शरीरमा रक्तकोषिकाको मात्रामा पनि कमी आउँदै हुनाले रक्तअल्पता पनि हुन्छ।
कमजोरी हुने, वाकवाकी लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, निद्रा नलाग्ने, शरीर झुम्म हुने वा बेहोश भइएला जस्तो हुनेजस्ता समस्या देखिन्छन्। यस्तै रक्तचाप बढ्ने, शरीरमा क्याल्सियमको मात्रामा कम हुने हुनाले शरीरका हड्डीहरु कमजोर हुँदै जाने र खिइँदै जाने हुनाले हात गोडाका जोर्नीहरु दुख्ने बाउडिने, गोडाको मासु फर्किने वा फरफराउने र साथसाथै हात खुटा पोल्ने र हिँडन गाह्रो हुन जस्ता लक्षण देखिन्छन्।
उपचार
यी लक्षणहरू देखिएर मिर्गौलाको खराबीको आशंका हुनासाथ तुरुन्त डाक्टरसँग जाँच गराई तुरुन्तै उपचार गराइ हाल्नुपर्छ। डाक्टरले सल्लाह बमोझिम औषधी सेवन गर्नुपर्छ। आयुर्वेदिक भस्मादि औषधिहरूको भर पर्नुहुँदैन। दीर्घकालीन रोगहरु जस्तै उच्च रक्तचाप मधुमेह मिर्गौलाको पत्थरी आदि नियन्त्रणमा राख्नुपर्छ।
सुरुवाती अवस्थामा केही समयको डाइलाइसिस र कारण पत्ता लगाई औषधि उपचार गरेपछि मिर्गौला पुनः यथास्थानमा फर्किन सक्छ। तर दीर्घरुपमा मिर्गौलाको खराबी भएपछि मिर्गौला कहिल्यै यथास्थितिमा फर्किन सक्दैन। मिर्गौला प्रत्यारोपण गर्नैपर्छ। डायलासिसलगायतका झण्झटिला प्रक्रिया र खर्चिलो उपचार बेहोर्नैपर्छ। उच्च रक्तचाप एवं मधुमेह भएकाहरुले विशेष ख्याल गर्नुपर्ने हुन्छ। त्यसो त सबैजनाले आफनो मिर्गौला स्वस्थ छ की छैन भनेर प्रत्येक वर्ष जाँच गर्दा रोग भए समयमै थाहा हुन्छ र उपचारमा पनि सजिलो हुन्छ ।
मेट्रो अस्पताल काठमाडौंमा कार्यरत मिर्गाैलाराेग विशेषज्ञ डा. दिबा शर्मासँग हेल्थ टिभी अनलाइनका अशिम सापकाेटाले गरेकाे कुराकानीमा आधारित।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights