मानसिक तनावबाट मुक्ति पाउने सूत्र

मानसिक तनाव धेरै रोगहरुको प्रमुख कारण हो। उच्च रक्तचाप मधुमेह हृदयाघात हुनुपछाडि मानसिक तनावको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। मानसिक तनावबाट मुक्त हुन सकेको खण्डमा यस्ता रोगहरूलाई नियन्त्रणमा राख्न सजिलो हुन्छ। स्वस्थ जीवनशैली भनेको मानसिक तनावमुक्त जीवनशैली हो। मानसिक तनावबाट मुक्ति व्यवस्थित जीवनशैलीको एक महत्त्वपूर्ण पक्ष हो।
अलिअलि चिन्ता मानसिका लागि आवश्यक पनि हुन्छ। यसले केही मात्रामा प्रतिस्पर्धाको भावना जगाएर उत्साह थप्छ। चिन्ता नै भएन भने आजको विकासको युगमा मानिस पछाडि पर्न सक्छ। तर चिन्ता बढी हुनेबितिकै उसले नकारात्मक असर पार्छ। चिन्ता लिनु हुँदैन भनेर पुग्दैन।
चिन्ता यस्तो चीज हो जुन नचाहँदा नचाहँदै पनि आँउछ। मानिसले चिन्तालाई कसरी ग्रहण गर्ने कसरी सुल्झाउने र कसरी व्यवस्थित नगर्ने भन्ने जान्नुपर्छ। यसलाई मानसिक तनाव नियन्त्रण गर्न सर्वप्रथम तनावको कारण थाहा पाउनु जरुरी हुन्छ। कारण थाहा पाएपछि सो कारण हटाउन केही गर्न सकिँदैन।
यस्ता केही गर्न नसकिने कारणहरूलाई सहज रूपमा ग्रहण गर्नुपर्छ र यसप्रति शान्त तवरले प्रतिक्रया व्यक्त गर्न सिक्नुपर्छ, जसको कुनै औषधि छैन। त्यसलाई ग्रहण नगरी सुखै छैन। यस्ता कुराहरूमा नकारात्मक टिप्पणी र प्रतिक्रिया नदिएको खण्डमा यो आफैँ समय बित्दै गएपछि सेलाएर जान्छ। मानसिक तनाव व्यवस्थापन गर्ने तरिकाबारे यहाँ वर्णन गरिएको छ—
काम र समयलाई व्यवस्थित गर्ने
जीवनका महत्त्वपूर्ण अवसरहरूलाई एकसाथ नजुधाउने
के गर्न सकिन्छ भन्ने बारे व्यावहारिक हुने
बुद्धिमानीपूर्वक निर्णय लिने
आफूलाई मन पराउन सिक्ने
सकारात्मक सोचाइ राख्ने
आफ्नो दुःख अरुसँग बाँड्ने
सुखी परिवारको निर्माण गर्ने
धेरै साथीहरू बनाउने
शरीरलाई स्वस्थ राख्ने
आफ्नो लागि केही समय छुट्याउने
मानसिक तनाव घटाउने केही अभ्यासहरू सिकिराख्ने।
क. गहिरो श्वासप्रश्वासको अभ्यास प्राणायाम
अनुलोम–विलोम प्राणायाम
भ्रामरी प्राणायाम
ख. मांसपेशी खुकुलो शाान्त पार्ने
कुर्सीमा आरामसँग बस्ने
आँखा बन्द गर्ने
कुनै एउटा हातको मुठी बलियोसँग एकैछिन कसिराख्ने
दिमागलाई त्यस मुठीमा केन्द्रित गर्ने
एकछिनपछि बिस्तारै मुठी खोल्ने तनाव मुठीबाट बाहिर निस्किरहेको अनुभव गर्ने
यो अभ्यास शरीरका अन्य भागहरू ज्स्तै अनुहार आँखा कुमहरु पेट हात खुटा आदिमा दोहोर्याउने।
ग. मनलाई शान्त पार्ने
मीठो सङ्गीत बजाउने
कुर्सीमा आरामसँग बस्ने वा भुइँमा पल्टिने
आँखा बन्द गर्ने
शरीरलाई खुकुलो पार्ने
मनलाई प्रकृतिमा पुर्याउने
नीलो आकाश हरियो पहाड रुख बिरुवा फलका बीच आफू भएको अनुभूति गर्ने
लामो लामो सास फेर्ने
आफू तनावमक्त नहुँदासम्म यो अभ्यास दोहोर्याउने।
घ. कुमहरू र घाँटीको मसाज मालिस
कुनै मालिस गर्न जानेको व्यक्तिबाट आफनो शरीरको कुम र घाँटीमा मालिस गराउने। मालिस बाट तनाव छिटै कम हुन्छ। मालिस गर्ने तरिका आफूले पनि सिक्नुपर्छ र परिवारका सदस्यहरुलाई पनि सिकाइराख्नुपर्छ। मालिस गर्ने तरिका जान्यो भने एक अर्कालाई काम लाग्छ। तनाव घटाउन गरिने मालिसको एक सधारण तरिका यहाँ वर्णन गरिएको छ।
जसको मालिस गर्ने हो उ आरामसँग कुर्सीमा बस्ने मालिस गरिदिने व्यक्ति कुर्सीको पछाडि उभिने
आँखाको चश्मा टाउकाको टाेपी गलबन्दी टाई आदि फुकाल्ने। आँखा चिम्लिएर कुनै आन्नददायी प्रकृतिबारे सोच्ने
पछाडि उभिएको व्यक्तिले बसेको व्यक्तिको दुवै कुममा हातले समाउने र मालिस कार्य शुरु गर्ने
कुमबाट घाँटीतर्फ र घाँटीबाट कुमतर्फ बिस्तारै बूढी औँलाले थिच्दै जाने
दुवै कुममाथि र वरिपरि हातहरूले च्याप्प समाउने र छोड्ने गर्दै जाने
घाँटीको तल्लो भागदेखि मेरुदण्डको दायाँ र बायाँतर्फ बूढी औलाहरुले हलुकासँग माथिबाट तल छाती र पिठ्यू हुदै कम्मरसम्म थिच्दै जाने
अनि तलसम्म पुगेपछि आएकै बाटोबाट माथितर्फ बूढी औँलाहरुले थिच्दै जाने । मेरुदण्डको हडीमा भने नथिच्ने दाँया बायाँ नसा निस्किने ठाँउमा मात्र थिच्ने
टाउकोको पछाडिपटिको तल्लो भागको मेरुदण्ड सुरु हुने ठाउँको दायाँबायाँ बूढी औँलाहरुले हलुकासँग चक्का बनाउँदै थिच्ने
एउटा हात घाँटीको पछाडि र अर्को हात चिउँडोमा राखी टाउकोलाई बिस्तारै दाँया र बायाँ मोड्ने
हातहरुलाई दायाँ बायाँबाट निधारमा राख्ने र निदारको भित्र बाहिर औँलाहरुले बिस्तारै थिच्दै जाने
अन्त्यमा शुरुमा जस्तै दुवै हातहरू कुमहरूमाथि राख्ने र च्याप्प समाउने।
जीवनशैली परिवर्तनबाट
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने