धुलाे र धुवाँले दम राेगी बढ्दै
हिजोआज वायु प्रदूषणका कारण छाती र श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढ्दै गएको अवस्था छ। अचेल वृद्धवृद्धामा मात्र नभई बालबालिकामा पनि यस्ता समस्या देखिएको छ।
दम अर्थात् ‘क्रोनिक अब्स्ट्रटिभ पल्मोनरी डिजिज’ (सीओपीडी) फोक्सो सम्बन्धी रोग हो, जसमा विभिन्न हानिकारक तत्त्वहरु वातावरणको धुवाँधुलो, चुरोटको धुवाँ आदिका कारणले श्वासनली र फोक्सोमा क्षति पुर्याउँछ। एलर्जी दमको एउटा प्रमुख कारण हो। यसले श्वासप्रश्वास नलीको आकार घट्ने, त्यहाँ भएका ग्रन्थीहरू बढ्ने र श्वास फेर्न गाह्रो हुने समस्या हुन्छ।
सामान्यतया धूमपान गर्ने ४० वर्ष नाघेका मानिसमा यो समस्या देखिन्छ।तर पछिल्लाे समय सानै उमेरमा पनि याे राेग देखिएकाे छ । औषधिको नियमित सेवनले ठीक हुने रोग हो, सीओपीडी। यो रोग लागेका बिरामीहरूलाई सास फेर्न गाह्रो हुन्छ, जुन क्रमिक रूपमा बढ्दै जान्छ र नियमित खोकी लागिरहन्छ। दम सामान्यत दुई किसिमको हुन्छ। पहिलो क्रोनिक ब्रोन्काइटिस र इम्फासिमा।
सानोमा फोक्सोको राम्रो विकास नभएका र जन्मिँदा कम तौल भएकामा यो समस्या बढी देखिन्छ। धूमपान गर्ने, दाउराको चुह्लोमा खाना पकाउनेहरूमा पनि दमकाे समस्या हुन्छ।
एक अध्ययनले नेपालमा झण्डै ३५ देखि ४० प्रतिशत मानिसमा दमको समस्या रहेकाे देखाएकाे छ। नेपालको प्रदेश २, ३ र कर्णाली प्रदेशमा दमरोगी बढी देखिएका छन्। नेपाल हेल्थ रिर्सच काउन्सिलका अनुसार सीओपीडीका बिरामी प्रदेश १ मा ६.२ प्रदेश २ मा १६.४, प्रदेश ३ मा ११.७, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ९.५ कर्णाली प्रदेशमा २५.१ र सुदूरपश्चिममा १४.३ प्रतिशत दमरोगी छन् ।
सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु, खकार आउनु, वजन घटनु जस्ता दमका लक्षण हुन्। धूमपान नगर्ने, खाना पकाउन सकभर धुवाँ आउने दाउरा आदि प्रयोग नगर्ने, धुलोधुँवाको सम्पर्कमा नआउने गर्नुपर्छ। शहरी क्षेत्रमा बाहिर हिँड्दा मास्क लगाएर हिँड्नुपर्छ। दम रोग भएकाले डाक्टरको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ। नियमित व्यायाम गर्दा पनि दम रोगीलाई फाइदा पुग्छ।
मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छातीराेग विशेषज्ञ डा.नविन कुमार मिश्रसँग हेल्थ टिभी अनलाइनका अशिम सापकाेटाले गरेकाे कुराकानी
भिडियो: https://www.youtube.com/watch?v=a_yzaO5470s




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?