सास गन्हाउने समस्या र निदानका उपाय

कतिपय व्यक्तिको नजिकै जाँदा सास गन्हाउने समस्या हुन्छ यसलाई मेडिकल भाषामा ‘हेलिटोसिस’ भनिन्छ। यसका कारण कतिपय आफन्त र साथीभाइ पनि टाढा टाढा हुन खोज्छन्। दाँत तथा गिजाको समस्याको कारण सास गन्हाउने समस्या बढी हुन्छ।
सास गन्हाउन नदिने विभिन्न उपाय पनि छन् यसका लागि निम्न विधि अपनाउन सकिन्छ–
सास गन्हाउने व्यक्तिले धेरै पानी पिउने र कुल्ला गरिरहने गर्नुपर्छ। कुल्ला गर्दा दाँत सफा हुन्छ र अड्किएका फोहोर निकाल्न पनि मद्दत गर्छ। यसले पूरै मुख पनि सफा हुन्छ।
कतिपय अवस्थामा जिब्रोमा भएका फोहोरका कारण पनि सास गन्हाउँछ। बिहान र साँझ राम्ररी दाँत ब्रस गर्ने र जिब्रो सफा गर्ने गरेमा पनि यो समस्या कम हुँदै जान्छ।
रासायनिक विधिअन्तर्गत ‘माउथवास’ को प्रयोग गरेर अस्थायी रूपले सास गन्हाउने समस्याबाट मुक्त गराउँछ। यसलाई थोरै प्रयोग गर्नुपर्छ। तर समस्याको दीर्घकालीन उपाय यो होइन।
ब्रस गर्दा बिस्तारै सबै दाँतको सतहलाई छोएर कम्तीमा दुई मिनेटसम्म गर्नुपर्छ। ब्रस गराई नमिलेका कारण पनि धेरै मानिसको दाँतमा फोहोर अड्किने समस्या हुन्छ। दाँतको बिचमा अड्केको खानालाई ‘फलोसिङ’द्वारा निकालिन्छ। जिब्रो सफा गर्दा यहाँ रहेका जिवाणु दूर गर्न मद्दत पुग्छ।
मदिरापान वा धूमपानका कारण पनि मुख गन्हाउँछ। यी बानी मुख वा सास गन्हाउने समस्याका मात्र होइनन्, क्यान्सर र मुटुरोगका पनि कारण बन्छन्। त्यसैले सुर्तीजन्य पदार्थ र मद्यपानबाट टाढै रहनुपर्छ।
दाँत सफा राख्न र सास गन्हाउने समस्याबाट टाढा रहन खानेकुरामा पनि ध्यान दिनुपर्छ। फाइबरयुक्त खानेकुरा, फलफूल र तरकारी सेवन बढी गर्नुपर्छ।
दन्त चिकित्ससलाई प्रत्येक ६ महिनामा दाँतको जाँच गराउने र ‘स्केलिङ’ (सफा गराउने) गर्दा दाँतमा अन्य समस्या भए पनि पत्ता लाग्छ र वेलैमा उपचार हुनसक्छ।
शरीरमा अन्य रोगका कारण पनि सास गन्हाउने हुनसक्छ। यदि दाँत, गिजा स्वस्थ छन् भने अन्य कारण पत्ता लगाएर उपचार गर्नुपर्ने हुन्छ। सास गन्हाउने व्यक्तिले मुख सुख्खा हुन दिनु हुँदैन। यसले रोग निम्त्याउँछ।
त्यसैले सास गन्हाउने समस्यालाई समयमै उपचार गर्नु र रोकथाम गर्नु बुद्धिमानी हुन्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights