‘डाइलाइसिस गराइरहेका बिरामीले सकेसम्म क्वाँटी नखाएकै बेस’

जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन । यस दिन विशेष गरेर केराउ, मास, चना, भटमास लगायतका विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । जनैपूर्णिमाको दिन क्वाँटी खाने चलनले सांस्कृतिक महत्त्व पनि त्यत्तिकै राखेको छ। चेलीबेटी र आफन्तहरुलाई क्वाँटीसहित अनेक परिकार बनाई ख्वाउने चलनले सामाजिक र पारिवारिक सद्भाव पनि झल्काउँछ। स्वास्थ्य राम्रो राख्न पोषणयुक्त भोजन खानुपर्छ भनेर सन्देश पनि दिन्छ।
तर सबैजनालाई यसले फाइदा नै गर्छ भन्ने चाहिं हैन । केही रोगमा चाहिं यसले उल्टो बिगार गर्नसक्छ । जस्तै डाइलाइसिस गराइरहेका बिरामीले क्वाँटी खाँदा यसले हानी गर्नसक्छ । क्वाँटी बनाउँदा ज्वानो, मरमसाला हालेर बनाउने गरिन्छ । ज्वानोमा हाइ पोटासियम हुन्छ जसले यस्ता बिरामीलाई झनै असर गर्छ । जब मिर्गौला फेल हुन्छ तब यसले पोटासियम फिल्टर गर्न सक्दैन । पोटासियम शरीरमा बढी भएमा मिगौंलामा अझै बढी असर गर्ने हुँदा यस्ता बिरामीलाई हामी सकेसम्म क्वाँटी नखान सल्लाह दिन्छौं ।
यसका साथै गेडागुडीमा प्रसस्त मात्रामा प्रोटिन हुन्छ । यस्ता बिरामीले सजिलै पचाउन पनि गाह्रो हुन्छ । मसाला राखेकाे झोलिलो क्वाँटी खाँदा शरीरमा पानीको मात्रा बढी भएर शरीर फुल्लिने, सास फेर्न गाह्रो हुने समेत हुनसक्छ । मिगौंला फेल भएपछि बिरामीलाई पिसाब हुँदैन । त्यसैले शरीरमा जति झोल पदार्थ बढी भयो त्यति छिटो डाइलाइसिस गरेर निकाल्नुपर्ने हुन्छ । त्यसैले थोरै चाख्नका लागि खान सकिए पनि डाइलाइसिस गराइरहेका बिरामीले सकेसम्म क्वाँटी नखाएकै राम्रो हुन्छ ।
रश्मि बजिमय श्रेष्ठ, डाइटिसियन
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights