अंकुरित गेडागुडी : पाैष्टिक तत्त्वहरूकाे भण्डार
बालबालिकामा देखिने कुपाेषण हटाउन झनै प्रभावकारी

नेपाली समाजमा जनैपूर्णिमाका दिन विभिन्न गेडागुडीको टुसा उम्रेको (क्वाँटी) खाने चलन छ। यो परम्परा कहिलेदेखि चल्यो भन्न गाह्रो छ। तर मौसमअनुसारका खानपान गर्ने विधि आयुर्वेदमा बताइएको छ। मौसमअनुसार शरीरलाई आवश्यक पर्ने तत्त्वका प्राकृतिक वस्तु सेवन गर्नुपर्ने बताइएको छ। जनैपूर्णिमामा गेडागुडीको रस बनाएर खाने चलन पनि आयुर्वेदको यही मान्यतालाई पछयाउँदै भएको बुझ्न सकिन्छ।
गेडागुडी नेपालीको भान्सामा प्रायः पाक्ने रसिलो खाद्यपदार्थ हो। यो स्वास्थ्यको लागि महत्त्वपूर्ण पौष्टिक पदार्थ हो। विभिन्न गेडागुडी भिजिसकेपछि राम्रोसँग धोईपखाली गरी अध्याँरो स्थानमा फिजाएर राखिन्छ। ठिक्क मात्रामा टुसा उम्रिएको गेडागुडीलाई पकाएर भात वा रोटीसँग खान सकिन्छ। खाजाको रूपमा खाए पनि हुन्छ।
जनैपूर्णिमा साउन महिनामा पर्छ। साउन भनेको बर्खाको समय। नेपालजस्तो देश वर्षातको समयमा मानिसहरू खेतीपातीमा व्यस्त हुन्छन्। यो समयमा तापक्रम घट्ने र बढ्ने क्रम चलिरहन्छ। यो वेला रुघाखोकीलगायत अन्य रोगको भाइरस फैलिने क्रम बढ्छ। यसलाई रोक्न गेडागुडीको रस ज्यादै प्रभावकारी मानिन्छ।
जनैपूर्णिमामा खाइने क्वाँटी धेरै किसिमको गेडागुडी मिसाएर बनाइन्छ। कम्तीमा पनि नौथरी गेडागुडी मिसाउनुपर्छ भनिन्छ। यसरी मिसाइएका गेडागुडीमा एउटामा नपाइने तत्त्व अर्कोमा पाइन्छ। दुई तीन दिनभित्र यो अंकुरित हुँदा गुण झनै बढ्छ। काँचै खाने हो भने यिनमा रहेका पौष्टिक तत्त्वहरू नष्ट हुन पाउँदैनन्। शरीरलाई पनि फाइदा हुन्छ।
जनैपूर्णिमामा खाइने क्वाँटी धेरै किसिमको गेडागुडी मिसाएर बनाइन्छ। कम्तीमा पनि नौथरी गेडागुडी मिसाउनुपर्छ भनिन्छ। यसरी मिसाइएका गेडागुडीमा एउटामा नपाइने तत्त्व अर्कोमा पाइन्छ। दुई तीन दिनभित्र यो अंकुरित हुँदा गुण झनै बढ्छ। काँचै खाने हो भने यिनमा रहेका पौष्टिक तत्त्वहरू नष्ट हुन पाउँदैनन्। शरीरलाई पनि फाइदा हुन्छ।
गेडागुडीमा एनिटअक्सिडेन्टको मात्रा हुन्नाले ‘फ्रि रेडिकल्स’बाट हुने विभिन्न रोगबाट बचाउन मद्दत गर्छ । टुसाएको गेडागुडीमा मासुमा भन्दा धेरै पौष्टिक तत्त्व पाइन्छ। गेडागुडीमा प्रोटिनका साथै भिटामिन ए बी र सीको मात्रा हुन्छ। भिजाएको गेडागुडीमा पाइने तत्त्वहरूले पाचन प्रणाली राम्रो बनाउँछ। उमारेको गेडागुडीले कब्जियत पनि हटाउँछ।
पछिलो समयमा निकै देखा परेका रक्तचाप, कोलेस्ट्रोल जस्ता रोगका लागि पनि फाइदाजनक छ। रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्तिमा पनि बढाउने मात्र नभई यसले मानसिक स्वास्थ्यमा सुधार ल्याउने काम पनि गर्छ। टुसा उमारेको गेडागुडी सेवन महिनावारी रोकएपछिको समस्या र महिनावारी हुनुभन्दा अघि देखापर्ने समस्याका लागि पनि फाइदाजनक मानिन्छ।
यतिमात्र होइन, देशका विभिन्न भागमा देखा परेको कुपोषणको समस्या हटाउन पनि अंकुरित गेडागुडीको सेवन प्रभावकारी मानिन्छ। यसको नियमित सेवनले बालबालिकामा हुने कुपोषण निर्मूल पार्न मद्दत गर्छ। बालबालिकाको शारीरीक वृद्धि विकासमा पनि सहयोग गर्छ। जनैपूर्णिमामा मात्र नभई हरेक दिन मात्रा मिलाएर सेवन गर्ने हो भने बालबालिका निरोगी र कुपोषणमुक्त देश भनेर घोषणा गर्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights