Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यसम्बन्धी अध्ययन–अनुसन्धानका लागि एनएचआरसीकाे लाइब्रेरी

स्वास्थ्यसम्बन्धी अध्ययन–अनुसन्धानका लागि एनएचआरसीकाे लाइब्रेरी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) द्वारा सञ्चालित छ, डिजिटल लाइब्रेरी। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा रहेको यो लाइब्रेरी स्वास्थ्य पुस्तकका लागि दक्षिण एसियामै चर्चित छ।

स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्नेहरूलाई लक्ष्य गर्दै सन् १९९१ मा स्थापना भएको लाइब्रेरी २००८ देखि मात्र सशक्त ढंगले अघि बढेको हो। स्वास्थ्यसम्बन्धी अनुसन्धानका क्षेत्रमा विकसित राष्ट्रसँग पनि प्रतिस्पर्धा गर्न सकियोस् भनेर स्थापना भएको हो यो लाइब्रेरी।

स्वास्थ्यसम्बन्धी शिक्षा र सूचनाका प्रवाह गर्ने फरक उद्देश्य बोकेको यो लाइब्रेरी मुलुकका ठूलो पुस्तकालयमध्ये एक हो। यहाँ स्वास्थ्यसम्बन्धी ५० हजार ‘जनरल कलेक्सन’ छ भने ६० हजार जति ‘ई–बुक’।

यहाँ स्वास्थ्यसम्बन्धी लेख, विभिन्न अध्ययन र तथ्यांकलगायत पाइन्छ। विभिन्न समयमा भएका स्वास्थ्यसम्बनधी अध्ययन–अनुसन्धानका रिपोर्टहरू यहाँ सजिलै पाइन्छ। यहाँको मुख्य आकर्षण भनेको ‘वेभ बेस लाइब्रेरी’ हो। हामी यहाँ आउने पाठक भिजिटरहरूलाई सूचना मात्र दिँदैनौँ, सामग्रीहरूको प्रयोग कसरी गर्ने भन्ने पनि जानकारी दिन्छौँ।

अन्यत्र नपाएका सामग्रीहरू पाइने हुँदा पाठक, रिसर्चरहरू यहाँ आएर खुशी हुन्छन्। यहाँ सन् १९९१ देखि २०१९ जुलाई २४ सम्मका ९५४ रिसर्च रिपोर्टहरू छन्। यस्तै १९९६ दखि २०१९ ३० जुलाई सम्मका ५२४ थेसिस छन्।

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म लाइब्रेरीमा अध्ययनका साथै आवश्यक पुस्तकको खोजी समेत गर्न सकिन्छ। इन्टरनेटको पहुँच भएको स्थानबाट विश्वको जुनसुकै कुनाबाट निःशुल्क रूपमा यहाँका सामग्री अध्ययन गर्न सकिन्छ। विश्वभरिका स्वास्थ्यसम्बन्धी अनुसन्धानमा संलग्न संघसंस्थाहरूको सहयोगमा परिषदले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ।

आवश्यक पर्दा लाइब्रेरीले विभिन्न विश्वविद्यालयमा आवश्यक सामग्री पनि दिने गरेको छ। स्वाथ्यसँग सम्बन्धित अनुसन्धान गर्न विभिन्न संघ संस्थालाई नैतिक अनुमति प्रदान गर्दै आएको एनएचआरसीले आफैँले पनि विभिन्न समयमा अनुसन्धान गर्दै आएको छ। साथै त्यस्ता अनुसन्धानको प्रतिलिपि राखी स्वास्थ्य अनुसन्धानमा संलग्न हुन चाहनेहरूका लागि पनि आवश्यक अध्ययन तथा खोज केन्द्रका रुपमा यो लाइब्रेरीको प्रयोग हुँदै आएको छ।

एनएचआरसी लाइब्रेरीमा कसरी कुनै विषय खोजी गर्ने र कार्डहरुको प्रयोग कसरी गर्ने भन्ने विषयमा निःशुल्क रूपमा जानकारी प्रदान गरिन्छ। यो लाइब्रेरीलाई रिसर्च फर लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोग प्राप्त छ। अनुसन्धाताहरूकाे विश्वासकाे केन्द्र बनेकाले यो लाइब्रेरीले विभिन्न अवार्ड पनि प्राप्त गरेको छ।

यो लाइब्रेरी ‘रेफरेन्स’ का लागि अत्यन्त प्रभावकारी मानिन्छ। स्वास्थ्यसम्बन्धी अथाह पुस्तकहरू भएका अन्य थुप्रै लाइब्रेरी नेपालमा छन् तर एनएचआरसी लाइब्रेरीले जतिको प्रभावकारी सेवा अरुले दिन सकेका छैनन्। नेपालमा अत्यन्त दुर्लभ पुस्तकहरू समेत यसले हामीले सहजै भित्र्याउने गरेका र्छाैँ। एनएचआरसीले अध्ययनकर्तालाई अनलाइनबाट विभिन्न जर्नलहरु पनि उपलब्ध गराउँदै आएको छ।

त्यसैले पनि स्वास्थ्यक्षेत्रमा अध्ययन अनुसन्धान गर्नेहरूमाझ हामी प्रिय छौँ। पाठक अनुसन्धाताको विश्वास जितेकाले हामी दाबी गर्छाैँ, नेपालमा यो स्वास्थ्यसम्बन्धी जानकारीका लागि एक मात्र अब्बल लाइब्रेरी हो।

हेल्थ टिभी अनलाइनका अशिम सापकाेटाले परिषदका सूचना अधिकृत चन्द्रभूषण यादवसँग गरेकाे कुराकानीको आधारमा

फाेटाे: परिषदकाे वेभसाइटबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या