दुखाइ व्यवस्थापन र फिजियोथेरापी
फिजियोथेरापी दुखाई ब्यवस्थापन गर्न निकै महत्वपूर्ण मानिन्छ । अझ त्यसमा पनि जीवनशैलीसँग सम्बन्धित दुखाइमा फिजियोथेरापी निकै लाभदायक हुन्छ । जनमानसमा दुखिरहेको बेला फिजियोथेरापी गर्न हुँदैन आराम गर्नुपर्छ भन्ने भ्रम छ । यस्तो बेला आराम गर्दा झनै समस्या भएका उदाहरणहरु पनि हामीले उपचारका क्रममा थुप्रै भेट्ने गछौं । यो गलत धारणा हो । जस्तो सुकै दुखाइमा पनि फिजियोथेरापी गर्न सकिन्छ । तर अनुभवी एवम दक्ष फिजियोथेरापिस्टबाट मात्र थेरापी गराउनुपर्छ ।
धेरै दुखेका बेला गरिने थेरापी पनि हुन्छन । बिरामीको अवस्था हेरेर हामी कस्तो थेरापी दिने भन्ने निर्णय गर्छौ । दुखाइ भइरहँदा म्यानुअल थेरापी अर्थात हातको माध्यमबाट दुखाइको प्वाइन्ट पत्ता लगाएर तुरुन्त दुखाइ कम गर्न सकिन्छ । यस्ता दुखाइ केही समयमै कम हुँदै जान्छन्। तर दुखाइमा फिजियोथेरापी गर्न हुँदैन भनेर घरमै बस्दा उल्टो यसले शरीरलाई हानी गर्नसक्छ । औषधिको प्रयोग बिना नै दुखाई कम गर्न सकिन्छ ।
पछिल्लो समय मानिसहरुको बसाई अर्थात पोस्चर , काम गराइ नमिल्दा पनि ढाड, गर्धन, घुँडा आदीको दुखाई बढिरहेको छ । यस्तो दुखाइमा पेनकिलर खाएर केही समयका लािग दुखाइ कम त गर्छ । तर औषधिको डोज सकिएपछि पुन दुख्न थाल्छ । यस्तो बाहिरी दुखाई वा मेकानिकल दुखाईमा फिजियोथेरापी गर्नैपर्छ । यसले निकै फाइदा पुग्छ ।
घरमा गृहिणीहरु घण्टौसम्म भान्सामा उभिएर काम गरिरहेका हुन्छन जसले गर्दा कम्मरमा समस्या देखिन्छ । दुखाई शुरु हुन्छ । यसैगरी कम्युटरमा धेरै काम गर्नेको घाँटी ,गर्धन दुख्ने बढी हुन्छ। यसका साथै बाइक चलाउनेहरुमा कम्मरको दुखाई बढी छ । घरमा बढी तल माथि गरिरहने र बढी मोटा ब्यक्तिहरुमा घुँडा दुख्ने समस्या बढ्दो छ । यस्ता जीवनशैलीसँग सम्बन्धित दुखाइ कम गर्न फिजियोथेरापी उपयुक्त उपचार विधि हो । हामी यहाँ फिजियोथेरापीका विभिन्न विधिहरु जस्तै म्यानुअल थेरापी, इलक्ट्रोथेरापीको प्रयोगगरी उपचार गछौं र दुखाइमा तातो चिसो थेरापी पनि प्रयोग गर्न सकिन्छ ।
फिजियोथेरापी अहिले प्राय हरेक अस्पतालमा एउटा महत्वपूर्ण विभागमा रुपमा स्थापित भइसकेको छ जसमा बिरामीलाई जतिसक्दो चाँडो दुखाई कम गर्दै उसको जीवन सहज बनाउने काम गरिन्छ। फिजियोथेरापिस्टले सिकाएबमोजिम घरमै पनि केही फिजियो आफैले पनि गर्न सकिन्छ । यसो गर्दा दुखाई बल्झिने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
स्पार्क हेल्थ होम अस्पतालका कन्सल्ट्यान्ट फिजियोथेरापिस्ट डा. अनिल महतोसँग गरिएकाे कुराकानीमा आधारित :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण