‘निःशुल्क औषधि वितरणबाट मात्र चिकित्सा सेवा पूर्ण हुँदो रहेनछ’

मनमा गुठीको पैसाले चिया पनि नखाऊँ त्यो पैसा पनि गरिबको औषधि उपचारमै लगाऊँ भन्ने भाव आइरहँदा त्यही चिया पसलकी साहुनी ‘त्यहाँ सित्तैमा औषधि बाँडिरहेको छ रे, म पनि ल्याएर राख्छु’ भन्दै निस्किन् र केही समयपछि औषधि लिएर आइन्।
तिनलाई ‘के भो नानी, के को औषधी लिएर आएको’ भनी सोध्दा ‘अहिले त केही भएको छैन पछि पेट दुख्यो टाउको दुख्यो भने काम लाग्छ भनी खोपामा जगेडा राख्नलाई ‘मलाई पेट दुख्यो, टाउको दुख्यो’ भनी त्यसैको औषधी लिएर आएको बताइन्। पिछडिएका औषधि सम्बन्धी चेतना नभएका जनताको त्यो मनस्थिति देखेर हाम्रो मनमा एक किसिमको तरंग पैदा भयो।
ती औषधी या त खोपाको खोपामै बिलाउने भयो या म्याद गुज्रेपछि प्रयोगमा आउने भयो या अनावश्यक रूपमा प्रयोग हुने भयो। त्यसपछि त्यसरी निःशुल्क औषधी बाँडेर मात्रै यथार्थमा चिकित्सा सेवा पूर्ण हुँदो रहेनछ र समस्याको जरोमा पुग्न सकिँदो रहेनछ भने अनुभूति भयो। सेवा कार्यमा यो एउटा महत्वपूर्ण सिकियो ।
त्यो वेलामा निशुल्क स्वास्थय परीक्षण गर्ने र औषधी बाँड्ने हाम्रो त्यस्तो कार्यबारे धेरै थाहा पाएका थिए । हाम्रो कार्यबारे जानकारी भएर र त्यसबारे रुचि लिएर त्यतिखेर युनिसेफका नेपाल प्रमुख डा कुलवाईले भने, ‘डा. पाण्डे तपाईँले सहयोग माग गरेर एउटा फारम भर्नुहोस्। म पाँच हजार डलरको चेक तुरुन्तै तपाईलाई पठाइदिन्छु।’
त्यो वेलासम्म मलाई के लागेको थियो भने त्यसरी विदेशी सहयोगको उपहार लिई संस्था चलाएर हुँदैन। गुठी भनेको स्वदेशी पैसाले चलाउनुपर्छ। विदेशी पैसा भने बित्तिकै महत्त्वाकांक्षा बढ्न सक्छ। त्यसैले सहयोगको प्रस्तावको लागि नम्रतासाथ उहाँलाई धन्यवाद दिँदै भनेँ, ‘अहिले हाम्रो पसिनाबाटै यस कामलाई अघि बढाउने सिद्धान्त भएको हुनाले हामी यो लिन चाहन्नौँ। तर तपाईँको दिने इच्छाको लागि धेरै धन्यवाद छ र पछि कुनै बेला हामीलाई ज्यादै खाँचो पर्यो भने मागाैँला।
दाताप्रतिको मेरो त्यस्तो कुरा सुनेर डा. कुलवाई र अरु मानिस पनि अनौठो मानी छक्क परे।
वास्तवमा मैले त्यसो भनु कुनै अनौठो कुरा नभई हामीले सकेसम्म स्वावलम्बी हुने प्रयत्न गर्नुपर्छ भने भावनालाई प्रमुखता दिइएको मात्रै थियो ।
डा. मृगेन्द्रराज पाण्डेको समाजसेवाको यात्रा किताबबाट
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने