Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कस्मेटिक सर्जरीले राम्रो देखाउने मात्र हाेइन आत्मविश्वास पनि बढाउँछ

कस्मेटिक सर्जरीले राम्रो देखाउने मात्र हाेइन आत्मविश्वास पनि बढाउँछ

तपाईँ हामी जोकोहीलाई पनि सुन्दर बन्ने चाहना हुन्छ। यो स्वभाविक पनि हो। त्यसका लागि हामी विभिन्न उपायको खोजीमा पनि हुन्छौँ।
शरीरको बनावट नै परिवर्तन गरेर अझ राम्रो बनाउने प्रविधि हो, कस्मेटिक सर्जरी। जस्तै, सानो आँखा भए ठूलो बनाउने, नाक धेरै चुच्चो भए कम गराउने, थेप्चो भए मिलाउने, स्तन सानो ठूलो बनाउने चाउरीपना हटाउने आदि।

पछिल्लो समय नेपालमा पनि कस्मेटिक सर्जरी गराउनेको संख्या बढ्दो छ। अर्थात् कस्मेटिक सर्जरीमा निकै आकर्षण देखिएको छ।

साधारणतया सुन्दर बन्नका लागि गरिने सर्जरी नै कस्मेटिक सर्जरी हो तर कहिलेकाहीँ कुनै रोग विशेष एवं स्वास्थ्य समस्याका लागि पनि सर्जरी गरिन्छ। त्यसलाई हामी ‘रिकन्स्ट्रक्टिभ सर्जरी’ भन्छौँ। नेपालमा कस्मेटिक सर्जरी गरेर अनुहार, आँखा,  नाक र स्तन मिलाउन धेरै आउँछन्।

उमेर ढल्किँदै जाँदा छाला चाउरी पर्छ। कस्मेटिक सर्जरीकै माध्यमबाट अनुहारको छाला पनि ‘टाइट’ गर्न सकिन्छ, जसलाई ‘फेस लिफ्ट’ गर्ने भनिन्छ।

विशेषगरी मंगोलियन समुदायका व्यक्तिको सानो र चिम्से आँखाको कारण र ‘आई लिड’ देखिँदैन। यस्तो आँखा मिलाउनु पर्यो भनेर धेरै जना आउँछन्। कस्मेटिक सर्जरी गरेर चिम्सो आँखालाई गोलो बनाउन सकिन्छ। सानो आँखा ठूलो बनाउन सकिन्छ। सामान्यतया १८ देखि ३० वर्षका युवती धेरै आउँछन्, आँखा मिलाउन।

अर्को कुरा धेरै उठेको नाक छ भने सर्जरी गरेर नाकको भाग मिलाउन सकिन्छ। बांगिएको नाक सिधा गर्न सकिन्छ भने सर्जरी गरेर थेप्चो नाक उठाउन पनि सकिन्छ।

नेपालमा धेरै महिला स्तन सानो वा ठूलो भएको समस्या लिएर हामीकहाँ आउँछन्। हामी सर्जरी गरेर आवश्यकता अनुसार सानो वा ठूलो बनाइदिन्छौँ।

कस्मेटिक सर्जरी राम्रो बन्न मात्र गरिने होइन। कतिपय युवतीको स्तन नै हुँदैन यो अवस्थामा उनलाई समाजमा घुलमिल हुन गाह्रो भइरहेको हुन्छ। यो वेला कस्मेटिक सर्जरी रहर नभई बाध्यता बन्छ। रोग र स्वास्थ्य समस्यामा पनि यसको प्रयोग हुन्छ।

उमेरका कारण कसैकसैलाई आँखाको ढकनीको छाला लत्रिएर हेर्न अप्ठ्यारो समेत हुन्छ। यस्ताे वेला पनि समस्या समाधानकाे एक मात्र उपाय सर्जरी हुन्छ। नमिलेको आँखा अप्रेसनबाटै मिलाउन सकिन्छ।

बुझ्नुपर्ने कुरा केहो भने कस्मेटिक सर्जरीले व्यक्तिलाई राम्रो देखाउने मात्र हाेइन आत्मविश्वास बढाउन  पनि सहयोग पुर्याउँछ।

नेपालमा अन्य देशको तुलनामा कस्मेटिक सर्जरी निकै सस्तो पनि छ। तर कस्मेटिक सर्जरी संवेदनशील पनि छ। कस्मेटिक सर्जरी गराउँदा अनुभवी चिकित्सककहाँ पुग्न जरुरी छ। जहाँ पायो त्यहीँ र जोकोहीसँग गराउँदा शरीरका अंगहरूको ‘सेप’ झन् बिग्रिन पनि सक्छ।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या