‘हेड एण्ड नेक क्यान्सर’ प्रत्येक वर्ष बढ्दो छ
विश्व स्वास्थ्य संगठनको आह्वानमा २७ जुलाइमा विश्वभर नै ‘हेड एण्ड नेक क्यान्सर’ दिवस मनाउने गरिन्छ । टाउकोको तल्लो भाग र घाँटीभन्दा माथि विभिन्न अंगमा लाग्ने क्यान्सरलाई ‘हेड एण्ड नेक क्यान्सर’ अर्थात् टाउको तथा घाँटीको क्यान्सर भनिन्छ। यसमा आँखा, नाक कान,घाँटी,मुख,स्वरयन्त्र, जिब्रो लगायतका भाग पर्छन । मुखमा मात्रै १५ देखि २० अंगमा क्यान्सर लाग्न सक्छ ।
प्रमुख कारण
हरेक क्यान्सरको पहिलो कारण सुर्तीजन्य पदार्थ हो भने जस्तै हेड एण्ड नेक क्यान्सरको प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ नै हो । अझ यसमा त ९० प्रतिशत कारण सुर्तीजन्य पदार्थ मान्निछ । सुर्तीजन्य पदार्थमा धुवाँयुक्त चुरोट, बिँडी, हुक्का, पाइप तथा सिगार पर्छन्। चपाएर खाइने खैनी, पान, पानपराग, तम्बाकु, गुट्खा आदि पनि क्यान्सरको कारक तत्त्व मानिएको छ। अन्य क्यान्सर सरह टाउको तथा घाँटीको क्यान्सरको पहिलो कारक नै सुर्तीजन्य पदार्थ हो।
पछिल्लो समय यो प्रकारको क्यान्सरका बिरामी बढ्दै गएका छन्। नेपालमा यकिन तथ्याङ्क नभए पनि अस्पतालको आँकडाअनुसार नेपालमा देखिने विभिन्न क्यान्सरमध्ये हेड एण्ड नेक क्यान्सर चौंथो नम्बरमा पर्छ। सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा यस्ता रोगका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। प्रत्येक वर्ष यो क्यान्सर १० प्रतिशतका दरले बढेको अनुमान गरिन्छ ।
मुखमा घाउ आइरहनु,घाँटीमा गाँठोे एवम गिर्खा आउनु, घाउ लामो समयसम्म औषधिले निको नहुनु, लामो समयदेखि ‘पेन’ हुनु, खाना खान गाह्रोे हुनु, नाकबाट रगत आउनु, ज्रिबोमा घाउ हुुनुलगायत यो रोगका प्रमुख लक्षण हुन्। तर अंग अनुसार यसका लक्षण फरक हुनसक्छन्।
आजभोली सुर्तीजन्य पदार्थको सेवन ‘टिनएज’देखि नै शुरु गर्ने कारणले पछिल्लो समय ३५ देखि ४० वर्षमै यो क्यान्सर धेरै देखिन थालेको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने कानून भए पनि यसको कार्यान्वयन पूर्ण रुपमा हुन सकेको छैन जसका कारण सुर्तीजन्य पदार्थ सबैको पहुँचमा छ । सरकारले यस्ता कानूनमा कडाई गर्नेपर्छ । साथै रोग लागेपछि उपचारमा सहयोग गर्ने मात्रै होइन गाउँ गाउँसम्म जनचेतना बढाउन जरुरी भइसकेको छ । पान, गुटखा जस्ता सुर्तीजन्य पदार्थको सेवन तराइमा धेरै हुने हुँदा त्यहाँ मुख तथा घाँटीका क्यान्सरका बिरामी बढी छन्।
भरतपुर क्यान्सर अस्पतालमा आउने बिरामी मध्ये लगभग १५ प्रतिशत बिरामी हेड एण्ड नेक क्यान्सरका हुने गरेका छन्। शुरुकै अवस्थामा उपचारमा आएमा पूर्ण रुपमा निको पार्न सकिने भए पनि उनीहरु मध्ये ८० प्रतिशत बिरामी तेस्रो तथा चौंथो स्टेजमा आउने गर्छन । त्यसैले पनि जनचेतना बढाउन अब भने ढिला गर्न हुँदैन ।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’