Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुखाइमा आफूखुशी तातोले सेक्दा वा मालिस गर्दा झनै हानि हुन सक्छ

दुखाइमा आफूखुशी तातोले सेक्दा वा मालिस गर्दा झनै हानि हुन सक्छ

‘इन्टरनेसनल एसोसिएसन फर स्टडिज अफ पेन’का अनुसार  बिरामीले जे महसुस गरेर रिपोर्ट गर्छन्, त्यही नै दुखाइ हो। दुखाइ व्यक्त गर्ने शैली बिरामीअनुसार फरक फरक हुन्छ। दुखाइ साधारणतया दुई किसिमका हुन्छन्, ‘एक्युट’ र क्रोनिक ।

दुर्घटना हुँदा वा अन्य कारण शरीरको कुनै भागमा अचानक चोटपटक लाग्दा हुने दुखाइ एक्युट हो। एक्युट दुखाइको कारण पत्ता लगाएर छिटो निको पार्न सकिन्छ। लगातार तीन महिनाभन्दा बढीसम्म दुखाइ हुनुचाहिँ क्रोनिक हो। यो प्रकृतिको दुखाइ कम गर्न निकै समय लाग्छ।

बिरामी आफ्नो जीवनकालमा सबैभन्दा धेरै अस्पताल आउने भनेको दुखाइको कारण हो भनिन्छ। नेपालमा मांसपेशी,जोर्नी, ढाडको दुखाइ  क्रोनिक खालको दुखाइ दिनप्रतिदिन बढ्दो छ। यो मानिसको जीवनशैलीसँग सम्बिन्धत छ। हामीले बस्ने तरिका वा जीवनयापन गर्ने शैली आदिका कारण दुखाइ शुरु हुन्छ। धेरै जसाे त  ‘पोस्चर’ नमिलेको कारण दुखाइ सुरु हुन्छ।

दुखाइकाे उपचारकाे सन्दर्भमा स्पार्क अस्पतालमा हामी विभिन्न विधि प्रयोग गछौँ। बिरामीको अवस्था हेरेर कुन थेरापी सबैभन्दा बढी राम्रो हुन्छ भनेर हेर्नुपर्छ। हामीसँग ३७५ भन्दा बढी प्रकारका थेरापी छन्। कुन बिरामीलाई कुन विधि प्रयोग गर्ने भन्ने निर्णय हामी बिरामी हेरेर गर्छौँ।

क्रोनिक दुखाइ साधारण दुखाइबाट असाधारण बन्दै जान्छ। केही समय ठिक हुन्छ। जीवनशैली परिवर्तन गरिएन भने पुनः बल्झिन सक्छ।

मानिसको शरीर बसिरहनका लागि होइन। चलायमान हुनका लागि हो चारखुट्टे जनावर जति उभिँदा पनि केही फरक पर्दैन तर मानिस चलायमान हुनैपर्छ। निहुरिने बनोट होइन हाम्रो शरीरको। शरीरको बनावटविपरीत काम गर्दा शरीरकाे कुनै अंगले असहज महसुस गर्छ र त्यहीँ दुखाइ शुरु हुन्छ।

एकै प्रकारको काम। एकै प्रकारको बसाइ। नियमित व्यायाम छैन। यी कारणले शुरुमा एक्युट पेन दिन्छ। पछि यो बिस्तारै क्रोनिक बन्छ। क्रोनिक पेनमा सबैभन्दा धेरै मेरुदण्डको दुखाइ नै हो। यसको मुख्य कारण पोस्चर नै हो। हाम्रो बस्ने तरिका ठिक छैन्। काम गर्दा पनि एउटै पोजिसनमा लामो समयसम्म बसेर काम गछौं ।

एक्युट पेनमा बिरामीलाई ‘इमरजेन्सी’ नहुँदा घरमै आइसले सेक्दा राम्रो हुन्छ र दुखाइ कम हुन्छ । तर मानिसहरू तातोले सेक्छन्। यसले दुखाइ झनै बढाउँछ। तर मांसपेसीको समस्या वा हड्डी खिइएको ‘केस’मा चाहिँ तातोले सेक्दा फाइदा गर्छ। यस्ताे वेला तातो तेल, तातो ज्वानो, बालुवा आदिले पनि सेक्न सकिन्छ। कुनै कुनै दुखाइ चिसो र तातो दुवैले सेक्न सकिने हुनसक्छ। तर, कुन दुखाइमा के गर्ने भन्ने कुरा विशेषज्ञकाे राय लिएर मात्र गर्नुपर्छ।

दुखाइकाे उपचारकाे सन्दर्भमा स्पार्क अस्पतालमा हामी विभिन्न विधि प्रयोग गछौँ। बिरामीको अवस्था हेरेर कुन थेरापी सबैभन्दा बढी राम्रो हुन्छ भनेर हेर्नुपर्छ। हामीसँग ३७५ भन्दा बढी प्रकारका थेरापी छन्। कुन बिरामीलाई कुन विधि प्रयोग गर्ने भन्ने निर्णय हामी बिरामी हेरेर गर्छौँ।

हामीकहाँ दुखाइ लिएर आउने बिरामीमध्ये धेरै आफूखुशी तातोले  सेकेर वा मालिस गरेर आउँछन्। यसले केस झनै जटिल बनाउँछ। दुखाइ सबै मानिसको जीवनमा आउँछ। कस्तो दुखाइमा के गर्ने के नगर्ने भन्ने तयारी गरिराख्नुपर्छ। सकेसम्म दुखाइकाे समस्या आउनै नदिन अवलम्बन गर्नुपर्ने जीवनशैलीमा ध्यान दिनुपर्छ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?