जथाभावी मेहन्दी लगाउनु छालाका लागि घातक

नेपालमा पहिलेपहिले मेहन्दी लगाउने चलन खासै थिएन। हिजोआज विशेषगरी महिलाहरूले साउन महिनाभर हातपाखुरा मेहन्दीले रंग्याउने चलन बढेको छ। झन् साउने सोमबारका दिन राता हरिया कपडा, चुरापोते र हातभरि मेहन्दी लगाएर मन्दिर हिँडेका महिलाको चहलपहल बेग्लै हुन्छ। यसैगरी विवाहका वेला पनि बेहुलीलाई मेहन्दी लगाइदिने चलन छ।
मेहन्दी नेपाली महिलाहरूका सौन्दर्यका लागि अनिवार्य तत्त्व बनिसकेको छ। याेविना किशोरी वा युवतीको श्रृंगार पूरा नहुने भइसक्यो। तर विचार नपुर्याइ मेहन्दी लगाउँदा पछुताउनुपर्ने अवस्था पनि आउन सक्छ।जथाभावी मेहन्दी लगाउनु छालाका लागि घातक पनि हुनसक्छ। बजारमा पाइने मेहन्दी स्वस्थकर हुन्छ भन्ने छैन। सबैको छालामा मेल खान्छ भन्ने छैन।
कालो र खैरो रंगको मेहन्दीमा पीपीडी (पारा फेनिल डाइमिम) मिसाइएको हुन सक्छ। खासमा शरीरमा लामो समयसम्म रहिरहाेस् भनेर मेहन्दीमा पीपीडी मिसाइएको हुन्छ। मेहन्दीमा मिसावट रहेछ भने हाम्रो शरीरमा एलर्जी हुन्छ। चिलाउने र रातो फोका आउने जस्ता समस्या देखा पर्छ।
मेहेन्दी थुप्रै किसिमका हुन्छन्। हरियो खालको मेहन्दीचाहिँ तुलनात्मक रूपमा राम्रो हुन्छ। कालो र खैरो रंगको मेहन्दीमा पीपीडी (पारा फेनिल डाइमिम) मिसाइएको हुन सक्छ। खासमा शरीरमा लामो समयसम्म रहिरहाेस् भनेर मेहन्दीमा पीपीडी मिसाइएको हुन्छ। मेहन्दीमा मिसावट रहेछ भने हाम्रो शरीरमा एलर्जी हुन्छ। चिलाउने र रातो फोका आउने जस्ता समस्या देखा पर्छ।
यदि केमिकल मिसावट मिसाएको मेहन्दी रहेछ भने लगाएको २४ देखि ४८ घण्टासम्ममा असर देखाउन सक्छ। कसैलाई ढिलो त कसैलाई छिटो असर देखिन सक्छ। कतिपयको छालामा पहिलोपटक नदेखिएर दोस्रो वा तेस्रो पटक देखिन सक्छ।
मेहन्दी घरमा बनाएर लगाउन सकिन्छ भने त धेरै राम्रो! यस्तो मेहन्दी लगाउँदा स्वास्थ्यलाई असर गर्दैन। सबैभन्दा राम्रो त घरमै लगाइएको बिरुवाको पातमा केही कागती राखेर बनाइएको मेहन्दी स्वस्थकर हुन्छ।
केशलाई विभिन्न रंगकाे बनाउन पनि मेहन्दी प्रयाेग गरिन्छ। केशमा लगाउने मेहन्दीमा पनि स्वास्थ्यलाई खराब गर्ने रसायनहरू हुन्छन्। यसले केश सुख्खा बनाउने, अनुहारका भाग सुन्निने र आँखा रातो हुने जस्ता समस्या देखिन्छन्। त्यसैले पीपीडी फ्री मेहन्दी खोजेर लगाउँदा यी समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ।
अत्यधिक रसायनयुक्त मेहन्दीको प्रयोग गर्दा कहिलेकाहीँ शरीरमा तत्काल असर देखाउन सक्छ। छालामा राता डाबर आउने, त्यसको गन्धले टाउको दुख्ने र कसैकसैलाई सास फेर्न समेत गाह्रो हुने हुनसक्छ। यस्तो समस्या देखिए ढिला नगरी डाक्टरको सल्लाह लिनुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights