चिनीको विकल्पमा प्रयोग हुने ‘स्याकरिन’ र ‘अस्पारटेम’ कति स्वास्थ्यवर्धक?
बिहान चिनी, बेलुकी चिनी
मीठो हुन्छ चिनी
त्यसैले बेलुकीको खानामा पनि खानु चिनी…
गीतका यी पङ्क्तिले चिनीप्रतिको मोहको राम्रो चित्रण गरेको छ। प्रत्येक अमेरिकीले एक दिनमा सरदर १२ देखि २० चम्चा चिनी खान्छन्। चिनी खानेमा हामी दक्षिण एसियाका मानिस पनि अमेरिकीभन्दा कम छैनौँ। गुलियोको सम्बन्धमा निकै होहला गरिन्छ र यो किन भन्ने प्रश्न उठ्छ।
किनभने चिनी हाम्रो शरीरमा शक्ति जम्मा हुन्छ जसले तौल बढाइदिन्छ । हामीले तौल घटाउन चिनी वा चिनीबाट बनेका चिज र चिल्लो पर्दाथ कम खानुपर्छ। साथसाथै शारीरिक गतिविधि पनि बढाउँदै जानुपर्छ।
चिनीका विकल्पहरू
बजारमा चिनीको विकल्पमा चिनीजस्तै काम दिने वस्तु पाइन्छ। यी वस्तुलाई ‘कृत्रिम चिनी’ भनिन्छ । चिनीको जस्तै काम दिने वस्तु पाइन्छ। यी वस्तुलाई कृत्रिम चिनी भनिन्छ। चिनीभन्दा बढी गुलियो हुने तर ‘क्यालोरिज’को मात्रा नगण्य भएका यी वैकल्पिक चिजहरूले शरीरको तौललाई सन्तुलनमा राख्न मद्दत गर्छन्।
संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासनले ‘स्याकरिन’ र ‘अस्पारटेम’लाई चिनीको विकल्पका रूपमा खानामा प्रयोग गर्न स्वीकृति दिएको छ। यी विकल्पहरूमध्ये स्याकरिन र अस्पारटेमको प्रयोग केही विवाद उठेका छन्। स्याकरिनको विवाद झण्डै २० वर्षअघि सुरु भएको हो। अस्पारटेमचाँहि केही समयअघि प्रकाशित एक प्रतिवेदनका कारण विवादित भएको हो। उक्त प्रतिवेदनले मस्तिष्कमा हुने ट्युमर र अरु स्वास्थ्यसम्बन्धी गडबडीलाई आस्पारटेमको प्रयोगसँग जोडेको छ। यसपछि भएका अध्ययनले पनि यसको प्रयोग सुरक्षित छ भनेका छन्।
अमेरिकी मुटु संघले मधुमेहका रोगी तथा तौल घटाउने खाना खान पर्नेहरुका लागि स्याकरिन प्रयोग गर्नु उपयुक्त छ भनी सिफारिस गरेका छ ।
भान्छामा प्रयोग हुने सदियौँ पुरानो चिनीको विकल्प स्याकरिन चिनीका विकल्पको बराजु भने पनि हुन्छ। दुवै विश्वयुद्धमा चिनीको कमी तथा नियन्त्रणका लागि स्याकरिन प्रयोग भएको थियो। यसको गुलियो चिनीको गुलियोभन्दा ३०० गुना बढी हुन्छ। स्याकरिन आज पनि सबैभन्दा बढी प्रयोग हुने चिनीको विकल्पमा छ। यो विभिन्न नामका चिनी एकपटक प्रयोग हुने प्याकेटमा बजारका रेस्टुराँहरूमा पाइन्छ। स्याकरिन आस्पारटेमभन्दा धेरै समयसम्म भण्डारण गरेर राख्दा हुन्छ र पकाउँदा आस्पारमेटमा जस्तो गुलियोपनको ह्रास हुदैन। उत्पादन खर्च कम लाग्ने हुनाले स्याकरिन धेरैले मन पराँउछन् र प्रयोगमा पनि छ ।
के स्याकरिन सुरक्षित छ ?
आजको विवादित स्थितिमा के उपभोक्ताले स्याकरिनको प्रयोग गर्नु उपयुक्त हुन्छ? जनावरहरूमा गरिएको अध्ययनबाट स्याकरिनको प्रयोगले क्यान्सर हुने सम्भावना देखिाएको छ। तर जनावरमा देखिएको वा पाइएको जस्तो असर मानिसमा हुन्छ नै भन्ने ठोकेर भन्न सकिँदैन। अमेरिकन नेसनल क्यान्सर इन्स्टिच्युटको ‘क्यान्सरको वास्तविकता’ भन्ने प्रकाशनमा सरुवा रोग विशेषज्ञहरूको अध्ययनले यसको प्रयोगबाट मानिसमा क्यान्सर हुन्छ भन्ने कुनै अधार छैन भनी उल्लेख गरेको छ। अमेरिकन क्यान्सर सोसाइटी र अमेरिकन आहार संघ स्याकरिनको प्रयोग गर्न हुन्छ भन्ने पक्षमा छन् ।
अस्पारटेमको विवाद
अमेरिकाको खाद्य तथा औषधि प्रशासन र अमेरिकी चिकित्सक संघ जस्ता संस्था आस्पारटेम प्रयोग गर्न नहुने भन्ने विषयमा कुनै विश्वसनीय आधारहरु छैन भनी चुनौती दिन्छन्। उनीहरु के मान्छन् भने अस्पारटिक एसिडमा दिमागलाई नोक्सान पुरयाउन सक्ने बैगुन छ तर ज्यादै धेरै परिमाणमा खाएमा मात्र यस्तो सम्भावना छ।
चिनीको साटोमा मानिसले खाने यसको मात्रा ४ देखि ७ प्रतिशतमात्र छ जुन ज्यादै न्यून परिमाण हो। यही नै यी संस्थाले सिफारिस गरेको मात्रा हो अझै पनि केही प्रतिवेदनले अस्पारटेमलाई बेहोस हुने तथा जन्मजात हुने विकलांगतासँग लगेर जोडेका छन्, जुन सत्य छैन। बजारमा पाइने अस्पारटेमको १०० भन्दा बढी विषादी जाँच र प्रयोगशालीय अध्ययन भइसकेको छ र ती जाँचले अस्पारटेमको प्रयोग सामान्यतया हानिकारक छैन भनी सिफारिस गरेका छन् ।
आस्पारटेम साधारण चिनीभन्दा १८० गुना बढी गुलियो हुन्छ। यसले सन् १९८१ मा मानिसले खानयोग्य भनेर स्वीकृति पाएको हो। अहिले पेय पदार्थहरुमा बिहानको खानामा प्रयोग हुने पदार्थहरूमा गुलियो मिठाइहरूमा र चुइंगम र टेबुलमा राखिने गुलियो पदार्थहरूमा प्रचुर मात्रामा आस्पारटेमको प्रयोग गरिन्छ। सामान्यता स्याकरिन र अस्पारटेम तोकिएको न्यूनतम मात्रामा सेवन गर्ने हो भने हानिरहित छन् भन्न सकिन्छ।
डा. रावतको ‘स्वस्थ जीवनशैली स्वस्थ मुटु’ पुस्तकबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights