Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेह छ? आँखामा त असर गरेको छैन, जाँच गर्नुहोस्

मधुमेह छ? आँखामा त असर गरेको छैन, जाँच गर्नुहोस्

मधुमेह अर्थात् डाइबेटिजले गर्दा आँखाको पर्दामा हुने असरलाई ‘डाइबेटिक रेटिनोप्याथी’ भनिन्छ। मधुमेह नियन्त्रणमा नहुने बिरामीलाई यो समस्या बढी हुन्छ। डाइबेटिज सँगसँगै चुरोट खाने व्यक्ति, मिर्गौलामा असर भएका, उच्च रक्तचाप भएका, कोलेस्ट्रोल बढी भएका व्यक्तिलाई यो समस्या अझ बढी हुन्छ।

पछिल्लो समय जसरी मधुमेह बढिरहेको छ त्यसैगरी डाइबेटिक रेटिनोप्याथी पनि बढ्दो क्रममा छ। नेपालमा मधुमेह भएका १३ प्रतिशत बिरामीलाई डाइबेटिक रेटिनोप्याथी भएको तथ्यांक छ। यो संख्या निकै धेरै हो। त्यसो त विकसित देशमा पनि ४ देखि ५ प्रतिशतलाई यो समस्या देखिन्छ।

हामीकहाँ डाइबेटिक रेटिनोप्याथी भएपछि मात्र मधुमेह पत्ता लाग्ने बिरामी पनि धेरै छन्। लक्षण बिना नै मधुमेह भइरहेको हुन्छ । मलाई केही भएको छैन भनेर बस्दा भित्रभित्रै आँखाको पर्दामा असर गरिसकेको हुन्छ। मधुमेह भएको जति जति समय बढ्दै जान्छ त्यति त्यति आँखामा क्षति पुग्ने क्रम पनि बढ्दै जान्छ। मधुमेह भएपछि धेरैले यसको उपचार गराइरहेका हुन्छन्। आँखा जँचाउनु पर्छ भन्ने थाहासम्म पनि हुँदैन।

मधुमेह दीर्घकालीन रोग हो। यसले अन्य अंगमा समेत असर पुर्याउँछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। मधुमेह भएका हरेक व्यक्तिले कम्तीमा वर्षमा एकपटक आँखाको रेटिना परीक्षण गर्न जरुरी हुन्छ। आँखा जाँच गर्दा चस्मा जाँच मात्रैले पुग्दैन। यसमा विशेषगरी आँखाको पर्दा ठिक छ कि छैन भनेर नानी फुलाएर विशेष जाँच गराउनु पर्छ। अथवा डाक्टरको सल्लाह बमोजिम जाँच गर्न सकिन्छ।

३० वर्षको उमेरभन्दा पहिले हुने मधुमेहमा २० वर्षमा लगभग सबैलाई डाइबेटिक रेटिनोप्याथी हुने सम्भावना हुन्छ। त्यसैगरी ३० वर्षभन्दा माथि उमेरमा हुने मधुमेहमा रोग लागेको २० वर्षमा ६० देखि ७० प्रतिशतलाई डाइबेटिक रेटिनोप्याथी भएको पाइन्छ। मधुमेह भएको समय जति जति लम्बिन्छ त्यति नै डाइबेटिक रेटिनोप्याथी हुने जोखिम पनि बढ्छ।

मधुमेह दीर्घकालीन रोग हो। यसले अन्य अंगमा समेत असर पुर्याउँछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। मधुमेह भएका हरेक व्यक्तिले कम्तीमा वर्षमा एकपटक आँखाको रेटिना परीक्षण गर्न जरुरी हुन्छ। आँखा जाँच गर्दा चस्मा जाँच मात्रैले पुग्दैन। यसमा विशेषगरी आँखाको पर्दा ठिक छ कि छैन भनेर नानी फुलाएर विशेष जाँच गराउनु पर्छ। अथवा डाक्टरको सल्लाह बमोजिम जाँच गर्न सकिन्छ।

समयमै पत्ता लागे आँखा जोगाउन सकिन्छ तर पर्दामा धेरै क्षति भएपछि दृष्टि फर्काउन गाह्रो हुन्छ। जलबिन्दु, मोतिबिन्दु हुने सम्भावना पनि बढेर जान्छ।

डाइबेटिज भएपछि महत्त्वपूर्ण अंगहरू बिगार्छ। तीमध्ये आँखा प्रमुख अंगमा पर्छ। आँखा समयमै देखाइएन भने दृष्टिविहीन समेत बनाउँछ। आँखामा असर छैन भने पनि वर्षमा एकपटक देखाउन जरुरी हुन्छ । एकपटक उपचार गरेर अब सकियो भन्ने हुँदैन ‘फलोअप’मा गरिरहनुपर्छ। नियमित आँखाको रेटिना जाँच गर्नुपर्छ।

आँखामा समस्या त्यो वेला मात्र देखिन्छ जुनबेला धेरै बिग्रिसकेको हुन्छ। लक्षण नै नदेखिईकन पनि आँखाको ज्योति गुम्न सक्छ। बिरामीले आँखामा समस्या छ भन्ने कुरा धमिलो देख्न थालेपछि मात्र हो। त्यसबेला सम्म ढिला भइसकेको हुन्छ।

डाइबेटिज भएकाहरूले आँखाको रोगको पनि जोखिममा छु भनेर बुझ्न जरुरी हुन्छ। मधुमेह नियन्त्रणमा छ कि छैन भनेर जाँच गरेजस्तै आँखामा असर गरेको छ कि छैन भनेर नियमित जाँच गराउनुपर्छ। समयमै सजग भई आँखा जाँच गराए समस्या भए बेलैमा पत्ता लाग्छ र उपचार गरी नियन्त्रण गर्न सकिन्छ।

समयमै उपचार गरिएन भने यसले मानिसलाई दृष्टिविहीन बनाइदिन्छ। उपचारमा जति ढिला भयो त्यति आँखाको दृष्टि फर्काउन गाह्रो हुन्छ। रेटिना एकपटक बिग्रेपछि फेरि फर्काउन सकिँदैन। समय समयमा आँखाको रेटिना विशेषज्ञसँग सल्लाह गरी जाँच गर्नुपर्छ। आँखाको विषयमा ‘अपडेट’ बस्न सके आँखाको दृष्टि गुम्नबाट जोगिन सकिन्छ।

थप समाचार