Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘उपचारात्मक खानाले नै नियन्त्रण गर्छ मधुमेहलाई’

‘उपचारात्मक खानाले नै नियन्त्रण गर्छ मधुमेहलाई’

डा‍. ज्योती भट्टराई औषधि बाहेक मधुमेह नियन्त्रणका विभिन्न उपायको खोजी गरिरहेकी हुन्छिन्। अचेल उनको मेट्रो काठमाडौं अस्पतालमा मधुमेह भएर गएपछि हरेकले ‘डाइट क्लास’ लिनैपर्छ। यो कक्षामा डाइटिसियनले मधुमेह भएपछि के खाने, के नखाने, मात्रा मिलाएर कसरी खाने आदिबारे जानकारी दिन्छन्।

‘हामीकहाँ मधुमेह भएपछि यो पनि खान हुन्न, त्यो पनि खान हुन्न भनेर शरीर कमजोर बनाएर आउने धेरै छन्’, डा. भट्टराई भन्छिन्, ‘त्यसैले यस्ता बिरामीका लागि काउन्सिलिङ जरुरी छ भनेर नियमित कक्षा लिन लगाउँछु।’ यसबाहेक ‘एक्सराइज’ गर्न पनि सिकाइन्छ।

मधुमेहका बिरामी औषधि खान झण्झट मान्छन्। यो कुराले उनीहरूलाई सधैँ तनाव दिन्छ। ‘औषधि मात्र खाएर पुग्दैन भन्ने मलाई लाग्छ’, उनी भन्छिन्, ‘औषधिसँगै खानपानमा ध्यान दिइएन भने मधुमेह मात्र होइन कुनै पनि रोग निको हुन सक्दैन।’

अर्को कुरा बिरामीलाई मानसिक तनाव पनि भइरहेको हुन्छ। यस्तो अवस्थामा मनोपरामर्शको पनि आवश्यकता पर्नसक्छ। सबै कुरा मिलाएर उपचार दिन सके मात्र बिरामीलाई लाभ हुने डा.ज्योतीको बुझाइ छ।

पछिल्लो समय उनले बिरामीलाई उपचारात्मक खानामार्फत मधुमेह नियन्त्रण गर्न सुरु गरेकी छिन्। डा. ज्योतिका अनुसार यसको परिणाम असाध्यै राम्रो आएको छ। ‘हुन त यो हामीले शुरु गरेको एक महिना पनि भएको छैन’, उनी भन्छिन्, ‘तर एक सातामै यसको परिणाम देखिन थालेको छ।’

उनका अनुसार यो उपचारात्मक खाना उपचार विधि मोटोपन बढी भएका व्यक्तिहरूका लागि ल्याइएको हो। ‘जो व्यक्ति मोटा छन्, उनीहरूलाई सुगर नियन्त्रण गर्न निकै गाह्रो हुन्छ। त्यसैले हामीले यस्ता व्यक्तिलाई दैनिक ८०० मात्र क्यालोरी भएको खानाको चार्ट दिन्छौँ’, डा. ज्योती भन्छिन्, ‘यसमा भात, रोटी, तरकारी र फलफूल सबै पर्छन्। तर क्यालोरी लिमिट भने क्रस गर्न पाइँदैन।’

यो विधि प्रत्यक्ष रूपमा डाक्टर र पोषणविदको निगरानीमा हुन्छ। उनले मोटा बिरामीलाई छानेर कतिपयलाई त औषधि छुटाएर र कतिपयलाई औषधिको मात्रा कम गराएर उपचार शुरु गरेकी छिन्। यसो गर्दा एक सातामै दुई किलोसम्म तौल घटेको उनले पाएकी छिन्। सुगर पनि नियन्त्रणमा आएको पाइएको छ। हाम्रो उदेस्य सुगर नियन्त्रणमा ल्याएर औषधी खान नपर्ने बनाउने नै हो ।

‘हामीले खाएको खानाका कारण शरीमा बोसो बनेर जमेको हुन्छ। पहिला भए परिश्रम गरेर पग्लिन्थ्यो’, डा. ज्योती भन्छिन्, ‘तर अहिले धेरैले शारीरिक परिश्रम गर्दैनन्। त्यसकारण शरीरमा बोसो थुप्रिँदै जान्छ पेटको गोलाइ बढ्छ र अनेक समस्या निम्तिन्छ।’

मधुमेहका रोगीलाई औषधिको झन्झटबाट कसरी छुटाउन सकिन्छ होला भनेर प्राध्यापक माइक लिनले ठूलो अध्ययन गरेका छन्। जसको नाम हो ‘डाइरेक्ट’। यो प्रमाणित अध्ययन हो। धेरै देशले यसलाई ‘फलो’ पनि गरेका छन्। उनको अध्ययनको क्रममा मधुमेह भएका मोटा बिरामीलाई उपचारमुखी खाना दैनिक ८०० क्यालोरी र अर्को समूहलाई औषधि दिइयो।

यो खानाले ५० प्रतिशत मधुमेह हराएर गयो। डा. ज्योतीका अनुसार यो प्रमाणित तथ्य अमेरिकन डाइबेटिज एसोसिएसनले पनि प्रकाशित गरेको छ।

पेटको गोलाईै घटाएपछि सुगरको समस्या आफैँ हराएर जान्छ भन्ने अध्ययनले देखाएको छ। यसमा दुई महिनामा १० किलोसम्म वजन घटाएका बिरामी छन्। यसले जथाभावी खाना नै बदमास हो भनेर देखाउँछ।

‘तर यो सधैँ यस्तो खाने होइन। एक महिना दुई महिना वा तीन महिना हेरेर निर्धारण गर्न सकिन्छ’, डा. ज्योती थप्छिन्, ‘कम खानुको मतलब बोसो घटाउने नै हो। बोसो घट्ने बित्तिक्कै अन्य समस्या पनि कम हुँदै जाने रहेछन्।’

सुगर राम्रो घेरामा आउने र यो बेलामा कम खाएका कारण बिरामीले कमजोर समेत महसुस नगरेको उनको बुझाइ छ। वजन घटेका कारण फुर्तिलो भएको अध्ययनले देखाएको छ। डा. ज्योतीका अनुसार ‘आज मेरो भाइको बिहे’, ‘साथीको पार्टी’ भन्दै आफूखुशी खान पाइँदैन। डाक्टर र पोषणविद्को सल्लाहबिना कुनै पनि बाहिरको खाना खान हुँदैन।।

‘यो विधि नेपालमा पनि किन सुरु नगर्ने भनेर हामीले मेट्रो काठमाडौं अस्पतालमा सुरु गर्यौँ। परिणाम निकै राम्रो छ’, उनी भन्छिन्, यसलाई पूर्ण रूपमा लागू गर्न सफल भइयो भने मधुमहेका बिरामीलाई मात्र नभई हामी चिकित्सकका लागि पनि निकै खुशीको कुरा हुनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या