Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गर्भवतीलाई आइरन चक्की बाँडेर रक्तअल्पता कम हुँदैन,  गाउँघरमा पाइने खानेकुराबारे बुझाउन जरुरी छ

गर्भवतीलाई आइरन चक्की बाँडेर रक्तअल्पता कम हुँदैन,  गाउँघरमा पाइने खानेकुराबारे बुझाउन जरुरी छ

काठमाडौं : सरकारले गर्भवती महिलालाई रगतको कमी नहोस् र यसबाट आउने जटिलता कम गर्न भनेर आइरन चक्की बाँड्ने गरेको छ। यसो गर्दैमा उनीहरूमा भएको रक्तअल्पता घटेको छ त? आउनुहोस् यसबारे चर्चा गरौँ,

सन् २००६ मा सरकारले गरेको अध्ययनअनुसार नेपालमा गर्भवतीमध्ये ३६ प्रतिशतमा रक्तअल्पता भएको पाइएको थियो। यसैगरी आइरन चक्की बाँडिरहको अवस्थामा सन २०१६ मा गरेको अर्को अध्ययनमा यसको संख्या बढेर ४१ प्रतिशत पुगेको छ। यो अध्ययनले पनि के देखाउँछ भने आइरन चक्की बाँड्दैमा रगत बढ्ने होइन रहेछ। योसँगै जोडिएका कैयौँ कुरा छन् भन्ने यो गतिलो उदाहरण हुनसक्छ।

अझ प्रदेश २ मा त ५५ प्रतिशत गर्भवतीलाई रक्तअल्पता भएको पाइएको छ।

मलाई त के लाग्छ भने यो आइरन चक्कीमा सरकारले यति धेरै रकम खर्च गर्नै पर्दैन। हाम्रो गाउँघरमा यस्ता प्रशस्त खानेकुराहरू छन जसले रगत बढाउने काम गर्छन् । गर्भ जाँच गराउन जाने बेलामा चिकित्सक एवं स्वास्थ्यकर्मीले के के खानेकुरामा आइरन पाइन्छ, पोषणयुक्त खानेकुरा कसरी बनाउने, खाने, भन्ने कुरा बुझाउन जरुरी छ। तर हामीकहाँ खासै यस्तो गरिँदैन ।

आइरन चक्की मात्र बाँडेर हुँदैन। उनीहरूले राम्रो प्रोटिन पाइरहेका छैनन् भने त्यसले काम गर्दैन त्यससँगै अन्य सूक्ष्म पौष्टिक तत्व पनि मिलेको हुनुपर्यो। त्यसैले एउटा समस्या समाधान गरेर मात्र सबै समस्या समाधान हुने होइन। हामीले त्यसरी पनि सोच्नुपर्छ। राम्रो खाना नै खाएका छैनन् भने यसले कसरी काम गर्छ ?

मलाई त के लाग्छ भने यो आइरन चक्कीमा सरकारले यति धेरै रकम खर्च गर्नै पर्दैन। हाम्रो गाउँघरमा यस्ता प्रशस्त खानेकुराहरू छन जसले रगत बढाउने काम गर्छन् । गर्भ जाँच गराउन जाने बेलामा चिकित्सक एवं स्वास्थ्यकर्मीले के के खानेकुरामा आइरन पाइन्छ, पोषणयुक्त खानेकुरा कसरी बनाउने, खाने, भन्ने कुरा बुझाउन जरुरी छ। तर हामीकहाँ खासै यस्तो गरिँदैन ।

पोषणले भरिपूर्ण खानेकुरा हाम्रै वरिपरी छन् तर, खान जानेका छैनौँँ। बाहिरबाट दिइएको चक्कीले सबै ठिक पार्छ भन्ने ठान्छौँ। गर्भवतीलाई गाउँघरमा पाइने भटमास, गहत, पिँडालु, सजिवन, गडागुडी, लट्टेको साग जस्ता खानेकुरा खानेकुराको महत्त्व बुझाउनुपर्छ। मासको दाल फलामको भाँडामा पकाएर खाँदा राम्रो हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ। काेदाे फापर सजिलै पाइन्छ जुन पौष्टिकताले भरिपूर्ण हुन्छ ।

यो स्वास्थ्य समस्या भन्दा पनि विकासको मुद्दा हो सामाजिक समस्या हो। हाम्रै घरआँगनमा पाइने खानेकुराबाट कसरी शक्ति लिन सकिन्छ भन्नेबारे बहस चलाउन जरुरी छ।

गर्भवतीलाई मात्र नभई बच्चालाई पनि सानै उमेरदेखि खानेकुरामा ध्यान दिन सिकाउनु पर्छ। ‘जंक फुड’ खुवाउने बानी गर्नु हुँदैन। गर्भवतीले त यस्ता खानेकुरा खानै हुँदैन। आमालाई त खराब गर्छ नै पेटभित्र रहेको बच्चालाई समेत असर गर्छ। यसबाट हुने हानिको बारेमा जानकारी दिनुपर्छ।

कतिपय गर्भवतीलाई आइरन चक्की खाएपछि वाकवाकी आउँछ। यसपछि उनीहरू औषधि नै खान छोड्छन्। यसले उनीहरूमा समस्या निम्त्याउँछ । यस्ता समस्या देखिए चिकित्सकसँग सल्लाह लिनुपर्छ।  गाउँघरमै पाइने खाेकुरामा जाेड दिनुपर्छ न की बजारमा पाइने विभिन्न थरीका रंगीचंगी खानेकुरा र भिटामिनका रुपमा आएका चक्कीहरु ।

 

 

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या