तपाईँलाई पाइल्स छ? यस्तो गर्नुहोस् खानपान

पाइल्स
अल्काई अर्थात् पाइल्स। धेरै छलफल नगरिए पनि सम्पूर्ण जनसंख्याका आधाभन्दा बढी व्यक्तिलाई जीवनकालको कुनै बेला यो समस्या हुसक्छ। अल्काईको प्रतिरोध गर्ने तरिका एवं उपचार सजिलो छ।
के हो पाइल्स?
अल्काई भनेको तपाईँको गुदद्वारको भित्री तहबाट निस्केको एउटा डल्लो हो। यो गुदद्वारको नसाको गुच्छा जस्तै हो।
कसरी लाग्छ?
अरु नसाको गुच्छा जस्तै मलद्वारमा धेरै चाप पर्दा अल्काई निस्किन्छ। कब्जियतले गर्दा जम्मा भएको कडा दिसा जसलाई निकाल्न धेरै बल पर्छ र पेटमा ठूलो चाप उत्पन्न हुन्छ। त्यसैले गर्दा अल्काई निस्किने हुन्छ।
यी हुन् पाइल्स हुने अवस्थाहरू
गर्भवस्थामा बच्चाको कारण ठूलो आन्द्रा र मलद्वारमा थिचिने हुनाले उमेरको साथै मलद्वार गुदद्वारको भित्र तह पातलिँदै जानाले अल्काई निस्किन सजिलो हुन्छ।
यदि पाइल्स आफ्नो पारिवारिक रोग हो भने तपाईँमा भित्री तह या द्वारको नसाको खराबी आउन सक्छ।
के यो पाइल्स मात्र हो?
अल्काईले धेरैजसो रक्तस्राव गराउँछ। यो रगत उज्यालो रातो हुन्छ र कहिले त सिंगान जस्तो चिप्लो पदार्थसित मिसिएको हुन्छ। पाइल्सको रक्तस्राव धेरैजसो तपाईँको पुछारको तल्लो भागको भित्री ठाउँमा या यसको वरपरको छालामा पोल्ने चिलाउने वा दुख्ने हुन्छ।
आफ्नो मलद्वार बाहिर एउटा डल्लो निस्किएको पनि हुनसक्छ। एक किसिम बाहिर पाइल्स या ‘पेरिएन हेमामा’मा त अचानक मलद्वार बाहिर भयानकसित दुख्ने हुन्छ। दुखाइ आफसेआफ २ ३ दिन भित्र कम हुँदै हराउँछ। तर तपाईँलाई यो कुरा पहिल्यै थाहा भए तपाईँको चिकित्सकले रगतको डल्लो ‘हेमाटोमा’ हटाएर सुविस्ता पाउन सक्नुहुन्छ।
पेट रोग विशेषज्ञलाई कहिले भेट्ने?
मलद्वारबाट रगत बगेको कुरामा ध्यान दिनु जरुरी छ। किनभने आन्द्राको क्यान्सरको प्राथमिक लक्षण मलद्वारबाट रगत बग्ने हुनसक्छ। यदि तपाईँलाई कहिल्यै पाइल्स भएको थिएन र अल्काईको पक्का लक्षण मात्र छ भने पनि चिकित्सकलाई देखाउन जानुपर्छ।
यदि, बगेको रगत गाढा रातो या कालो छ भने
दिसासित मिसिएको रगत हो भने
दुखाइ नभएको अवस्था डल्लो या चिलाउने नभएको अवस्थामा रगत बग्न जारी रहेमा
दिसा पातलो भयो या दुई हप्ताभन्दा बढी समयमा धेरैपटक दिसा भयो भने
खाना खान मन नलागेमा वजन घट्दै गएमा ।
स्वस्थ आहार, स्वस्थ पेटको लागि
कब्जियतले तपाईँलाई लोसे र पेट ढुस्स भएको बनाइदिन्छ। कब्जियतले गर्दा पाइल्स वा पेटको अरु समस्या आउन सक्छ। हामीले प्रतिदिन रेशाजन्य पदार्थ २५ ग्राम खानुपर्छ। हामीमध्ये ८० प्रतिशतभन्दा बढीले यसो गर्दैर्नौँ। तपाईको ठूलो आन्द्रा, गुदद्वार र मलद्वार ठीकठाक पारिएको ठीकठाक पारिराख्न यस्तो कुराको कोसिस जारी राख्नुपर्छ।
दिनको शुरुवात धेरै रेशा भएको अन्नले गर्नुहोस्।
दानेदार रोटी या पास्ता खानुहोस्।
पातलो बोक्रा भएका फलफूलहरुे बोक्रा नताछिकनै खानुहोस्।
हरियो सागसब्जी धेरै रेशा हुनाले यी कुरा खानु अत्यावश्यक छ।
यदि तपाईँलाई फलफूलको रस खाऊँ खाऊँ लाग्यो भने त्यसको सट्टा पूरा फल खानाले तपाईँको तृष्णा मेटिन्छ र धेरै रेशा हुने फाइदा पनि सिंगो फल खानाले मिल्छ।
कट्याङकुटुङ खाजा खाने मन छ भने मिहीन पिठोले बनेको बिस्कुटभन्दा सुकाइएको फल खानुहोस्।
तरल पदार्थ दिनमा दुईदेखि अढाइ लिटर अर्थात् ६\८ कप पिउनुहोस्।
नियमित व्यायामले पनि तपाईँको आन्द्रालाई चलायमन गराउँछ।
डा. सुनिल चन्द्र झाको पुस्तक डा. साहेब भन्नुहुन्छबाट। डा. राहुल पाठकको लेख डा. झाले अनुवाद गरेका हुन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा