‘प्रि डाइबेटिज’ मै नियन्त्रण गरे लाग्न पाउँदैन मधुमेह

मधुमेह हुनुअघिको अवस्थालाई ‘प्रि डाइबेटिज’ भनिन्छ। यस्तो अवस्थामा मानिसको रगतमा चिनीको मात्रा सामान्यभन्दा अलि बढी नै हुन्छ तर मधुमेह नै भनेर पहिचान भइसकेको हुँदैन। यस्तो अवस्थालाई नै प्रि डाइबेटिज स्टेज भनिन्छ।
कुनै पनि व्यक्तिको रगतमा चिनीको मात्रा ‘नर्मल’भन्दा बढी छ भने पूर्ण रूपमा डाइबेटिज हुने खतरा अत्यधिक रूपमा हुन्छ। यसमा रगतमा ग्लुकोजको स्तर सामान्य भन्दा बढी हुन्छ तर मधुमेह नै भने भइसकेको भने हुँदैन।
खाली पेटमा सुगर लेबल जाँच गर्दा १०० देखि १२५ र खाना खाएपछि अर्थात ७५ ग्राम ग्लुकोज खाएपछिको दुई घण्टामा जाँच गर्दा १४० देखि १९९ सम्मको अवस्थालाई प्रि डाइबेटिज अवस्था भनिन्छ।
यदि यस्तो देखियो भने तुरुन्त डाक्टरको सरसल्लाह लिनुपर्छ। तत्काल रोग नियन्त्रण गर्नेतर्फ नलागे प्रि डाइबेटिज केही समयमै पूर्ण डाइबेटिजमा परिणत हुन्छ। तर यो अवस्थामा नै थाहा पाएर खानपान र जीवनशैली परिवर्तन गर्न सके मधुमेह रोक्न सकिन्छ।
खासगरी बढी मोटा, पेटको गोलाइ धेरै भएका, मुटुरोग लागेका, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल भएका, शारीरिक गतिविधिमा सरिक नहुने मानिस डाइबेटिजको उच्च जोखिममा हुन्छन्। यस्ता व्यक्तिले आफै सतर्क भएर नियमित स्वास्थ्य परीक्षण गराउन आवश्यक छ।
प्रि डाइबेडिज भएपछि ‘टाइप टु डाइबेटिज’ हुने सम्भावना बढी हुन्छ, हृदयाघात, पक्षघात, मुटुको समस्या हुने सम्भावना पनि त्यतिकै बढी हुन्छ। प्रायजसो प्रि डाइबेटिज भएको मानिसमा कुनै लक्षण भने देखिने हुँदैन। जसले गर्दा मानिस जाँच वा उपचारमा जाँदैनन्। पछि मधुमेह भइसकेपछि लक्षणहरू आएपछि मात्र थाहा हुन्छ।
त्यसैले हरेक व्यक्तिले ३५ काटिसकेपछि वर्षमा एकपटक ‘सुगर’ जाँच गराउन आवश्यक छ। यसले कम्तीमा मधुमेह हुनसक्ने अवस्था छ कि छैन भन्ने बारेमा थाहा पाउन सकिन्छ र सचेत हुन मद्दत मिल्छ।
खासगरी बढी मोटा, पेटको गोलाइ धेरै भएका, मुटुरोग लागेका, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल भएका, शारीरिक गतिविधिमा सरिक नहुने मानिस प्रि डाइबेटिजको उच्च जोखिममा हुन्छन्। यस्ता व्यक्तिले आफै सतर्क भएर नियमित स्वास्थ्य परीक्षण गराउन आवश्यक छ।
प्रि डाइबेटिज पत्ता लागेमा आत्तिइहाल्नु पर्दैन। यो रोग लाग्नुअगावैको अवस्था हो। त्यसैले बिस्तारै वजन कम गर्दै लग्ने, व्यायाम गर्ने, कम्तीमा बिहान ३० मिनेट हिँड्ने, खानेकुरामा ध्यान दिने हो भने यसलाई बेलैमा नियन्त्रण गर्न सकिन्छ। र मधुमेह लाग्नबाट जोगिन सकिन्छ ।
वेलैमा पत्ता लागेमा मधुमेहले निम्त्याउने अरू विभिन्न समस्याबाट बच्न सकिन्छ। मधुमेह रोग लागिसकेपछि यसले मुटु, मिर्गौला, आँखा र नसाजस्ता अंगलाई असर पुर्याई बिरामीको ज्यानै लिने तथा अंगभंग गराउन सक्छ। त्यसैले यसबारे वेलैमा सचेत बनौँ र नियमित सुगर जाँच गर्ने गरौँ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा