अक्षय तृतीयामा मात्र हाेइन, गर्मीमा सातु–सर्वत दैनिक खाए राम्राे

हाम्रा हरेक चाडबाडहरू कुनै न कुनै रूपमा स्वास्थ्यसँग जोडिएका छन्। माघे संक्रान्तिमा घिउचाकु खाने कुरा होस् वा असार १५ मा दही चिउरा वा साउन १५ मा खीर यी सबैको विशेष महत्त्व छ।
मंगलबार अक्षय तृतीया हो। सातु र सर्वत खाने दिनका रूपमा यसको महत्त्व छ। मौसमका हिसाबले पनि सातु र सर्वतका लागि यो अत्यन्त उपयुक्त मौसम हो। त्यतिबेला वैज्ञानिक कारण खोजेर पक्कै पनि यसरी शुरु गरिएको त होइन होला तर गर्मी मौसममा यसले फाइदा गर्छ भन्ने बुझेर शुरु गरे जस्तो मलाई लाग्छ।
हाम्रा पूर्वजहरूले मौसम अनुसार हाम्रा चाडबाड र खानपान संस्कृति शुरु गरेका थिए, जुन अहिले पनि त्यत्तिकै सान्दर्भिक छन्।
गर्मी ठाउँमा तातो हावाका कारण लु लाग्छ। सातु र सर्वत खाँदा लु लाग्न पाउँदैन। त्यसैले गर्मी स्थानमा बस्नेले त अक्षय तृतीयामा मात्र होइन यसलाई मात्रा मिलाएर दैनिक रूपमा खाँदा राम्रो हुन्छ।
गर्मी मौसममा सातु र सर्वत सेवनले स्वास्थ्यलाई निकै फाइदा गर्छ। हुन त सातु विभिन्न अन्नबाट बनाउन सकिन्छ। तर अक्षय तृतीयाका दिन खाइने सातु जौबाटै बनेको हुनुपर्छ। जौमा असाध्यै धेरै फाइबर र आइरन पाइन्छ। यसबाट शरीरलाई प्रोटिन प्राप्त हुन्छ। यसका साथै कागती र सुप राखिएको सर्वत खाँदा गर्मीको समयमा शरीरमा देखिने ‘डिहाइड्रेसन’ कम गर्छ र शितलता प्रदान गर्छ।
त्यसो त सातु खानका लागि आजकै दिन कुर्नुपर्छ भन्ने छैन। सातु हरेक दिन बिहान दूध वा पानीसँग खान सकिन्छ। यो अत्यन्त पौष्टिक आहार पनि हो। यो आडिलो खानकुरा पनि हो। बिहान सातु खाएर निस्केपछि लामो समयसम्म भोक लाग्दैन। लामो समयसम्म उर्जा प्रदान गरिरहन्छ।
पछिल्लो समय बजारमा पाइने हर्लिक्स, भिभा, बोर्न बिटा जस्ता ‘रिफाइण्ड’ वस्तुभन्दा हजारौँ गुना फाइजाजनक छन् हाम्रा परम्परगत खानेकुरा। अझ परम्परागत खानेकुरासँग अहिलेका यी बजारिया खानाको तुलना नै हुन सक्दैन।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights