महिनावारी रोकिएपछि महिलामा देखिने परिवर्तन

महिनावारी रोकिनुलाई रजनिवृत्ति, अंग्रेजीमा ‘मेनाेपज’ भनिन्छ। रजनिवृत्ति त्यतिवेला भएको मानिन्छ, जब महिलालाई १२ महिनासम्म मासिक धर्म हुँदैन।
रजनिवृत्ति महिलाको उमेरका साथै प्रकृतिक प्रक्रिया हो। तर सर्जरी रेडियसन थेरापी, केमोथेरापी जस्ता उपचारका कारणले डिम्बाशयमा कम ‘एस्ट्रोजन’ उत्पादन हुँदा रजनिवृत्ति चाँडै हुन सक्छ।
म हाल मेवार विश्वविद्यालय, राजस्थान, भारतमा पीएचडी गर्दैछु। मेरो अध्ययनको सिलसिलामा मैले महिनावारी रोकिएपछि जीवनको गुणस्तर परिवर्तनसम्बन्धी अनुसन्धान गरेकी थिएँ। यस क्रममा महिनावारी रोकिएपछिका लक्षणहरू, वैवाहिक तथा प्रजनन स्वास्थ्य, व्यक्तिगत बानीव्यहोरा महिनावारी रोकिएपछि व्यक्तिगत अनुभव तथा जीवनको गुणस्तर परिवर्तनसम्बन्धी विषयमा अनुसन्धान गरिएको थियो।
महिनावारि रोकिइसकेका महिलाहरू, जो ४५ वर्ष माथिका तथा कामकाजी महिलाहरू उपत्यकाभित्र काठमाडाैं , ललितपुर तथा भक्तपुरमा अन्तर्वार्ता लिएको थिएँ।
महिवारी रोक्नुको मुख्य कारण एस्ट्राेजन उत्पादनमा कमी हो। एस्ट्रोजन एक यस्तो हर्मोन हो जुन डिम्बाशयले उत्पादन गर्छ। कम्ती मात्रामा एस्ट्राेजन उत्पादन हुँदा जीवनको गुणस्तरमा परिवर्तन भएको पाइएको छ। जस्तै,
रक्तसञ्चारसम्बन्धी लक्षणहरूमा मुख रातो हुनु ८४ प्रतिशत, पसिना आउनु ९० प्रतिशत, पसिना बग्नु ९४ प्रतिशत पाइएको छ।
मानसिक लक्षणहरू तनाव र अप्ठ्यारो महसुस २२ प्रतिशत, बिर्सनु सात प्रतिशत, धैर्यमा कमी १० प्रतिशत, एक्लै बस्न मन लाग्ने दुई प्रतिशत पाइएको छ।
शारीरिक लक्षणहरू पेट दुख्नु, दुई प्रतिशत मांसपेशी तथा जोर्नीको दुखाई ६० प्रतिशत थकाइ लाग्नु, ९५ प्रतिशत सुत्न गाह्राे हुनु, ७७ प्रतिशत घाँटी तथा टाउकोको पछाडि दुख्नु, चार प्रतिशत शारीरिक बल घट्नु, ८९ प्रतिशत बलियो नहुनु ४० प्रतिशत छाला सुख्खा हुनु,४० प्रतिशत तौल बढ्नु, ८२ प्रतिशत अनुहारमा रौँ आउनु, एक प्रतिशत छालाको नरमपन घट्नु, ९० प्रतिशत ढाड दुख्नु, ८० प्रतिशत छिनछिनमा पिसाब आउनु, ५२ प्रतिशत पिसाब चुहिनु, ४८ प्रतिशत आदि लक्षण पाइएको छ।
यौन इच्छामा परिवर्तन ९३ प्रतिशत, यौनसम्पर्क गर्दा सुख्खा हुनु ८९ प्रतिशत, याैन इच्छा नहुनु ७९ प्रतिशत पाइएको छ। त्यसैले यस्ता समस्या निराकरणका लागि यी उपाय अपनाउनुपर्छ–
शरीर तातो हुन, मुख रातो हुन पसिना जानुबाट बचाउनका लागि
पसिना सोस्ने, सूतीको लुगा लगाउनुहाेस्।
कसिएका लुगा नलगाउनुहाेस्।
कोठाको तापक्रमलाई न्युन सेटिङमा राख्नुहोस्।
तातोपानीले ननुहानुहाेस्। हावाका लागि पंखाप्रयोग गर्नुहोस्।
मसलायुक्त खानाबाट बच्नुहोस्।
मदिरा सेवन कम गर्नुहाेस्।
हरेक दिन कम्तीमा ३० मिनेटको लागि व्यायाम गर्नुहोस्।
तनाव घटाउनुहोस्।
धूमपानबाट बच्नुहाेस्।
तौल सन्तुलनमा राख्नुहोस्
औषधि प्रयोग गर्दा डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नुहोला। जस्तै भिटामिन बी कम्प्लेक्स, भिटामिन ई, इबुप्राेफेन आदि।
हर्मोन रिप्लसमेन्ट थेरापी एचआईटी डाक्टरको सल्लाह अनुसार लिन सक्नुहुन्छ। हर्मोन रिप्लेसमेन्ट धेरैजसो एस्ट्रोजन र कहिलेकाँही प्रोजेस्टिन दिन सकिन्छ।
आरामदायी निन्द्राका लागि
नियमित निन्द्राको समय बनाउनुहोस्। हरेक दिन एउटै समयमा सुत्नुहोस् र जाग्नुहोस्।
सुत्नुअघि वा राति निन्द्रा खुलेपछि हल्का तातोपानीले नुहाउनुहोस्।
कोठालाई शीतल राख्नुहोस्। हलुका लुगा लगाउनुहाेस्।
साँझमा क्याफिन वा मदिरायुक्त उत्पादन सेवन नगर्नुहोस्।
निन्द्राका औषधिहरूमाथि निर्भर नहुनुहोस्। यसैले तपाईँको आदत हुनसक्छ।
चिन्ता, मुड परिवर्तन हुने समस्या कम गर्न
आफ्नो समस्याको बारेमा आफ्नो परिवार , साथिहरु र डाक्टरसँग छलफल गर्नुहोस्।
आवश्यक परेमा ‘सपाेर्ट ग्रुप’, ‘काउन्सिलर’ को सेवा लिनुहोस्।
तनाव घटाउनुहोस्।
नियमित व्यायाम, योगा र गहिरो स्वास लिने कार्यक्रममा सहभागी हुनुहोस् ।
काममा ध्यान केन्द्रित गर्नुहोस्।
आवश्यक परे डाक्टको सल्लाह बमोजिम ‘एन्डिडेप्रेसेन्ट’ सेवन गर्नुहोस्।
यौन समस्या समाधानका लागि
मोइस्चराइजर्स जस्तै, रेप्लेन्स वा न्युब्रिनले योनिको नलीलाई सहजता प्रदान गर्छ।
एस्ट्रोग्लाइड वा के वाई जस्ता पानीमा आधारित ल्युब्रिकेन्ट्सले सम्भोगका दौरान योनिको सुख्खापनबाट राहत प्रदान गर्छ।
एस्ट्रोजन क्रिम, एस्ट्रोजन रिङ र एस्ट्रोजन चक्कीले योनिको सुख्खापन दूर गर्छ। तर यिनको प्रयोग गर्दा चिधित्सकको सल्लाह भने लिनुपर्छ।
टेस्टोस्टेरोन क्रिमको प्रयोग गरेर यौन इच्छालाई बढाउन सकिन्छ।
सम्भोगभन्दा पहिले पूर्वक्रीडा (फाेर प्ले)लाई बढाउनुहोस्।
केगेल व्यायामहरू गर्दा पनि मांसपेशीलाई मजबुत पार्न मद्दत गर्न सक्छन्।
सुख्खा छाला र केशका लागि
सुख्खा छालामा ‘लोसन’को प्रयोग गर्नुपर्छ।
समय समयमा केश कोर्नुहोस् र कम धुनुहाेस्।
सकेसम्म केश रङ्गयाउने, ‘स्ट्रेनिङ’ गर्न] वा स्थायी ‘बेम्स’ बनाउने कार्य कम गर्नुहोस्।
हड्डी बलियो बनाउन
खानामा पर्याप्त क्याल्सियम खानुहोस्। उच्च क्यालिसियम उुक्त खानाहरुमा दुध दही, चिज , सुन्तला ब्रोकाउली , पालुङ्गो, साग र माछा पर्छ।
भिटामिन डीका लागि घाममा बस्नुहोस् ।
यदि भिटामिन डि कमी छ भने डाक्टरको सल्लाह बमोजिम भिटामिन डी का साथै क्याल्सियम चक्की सेवन गर्न सकिन्छ ।
सुर्तीजन्य पदार्थ सेवन नगर्नुहोस्।
यी क्रियाकलापबाट महिनावारी रोकिएपछि जीवनको गुणस्तर तथा समस्याहरूलाई धेरै मात्रामा क गर्न सकिन्छ। तर केही महिलामा समस्याले विकराल स्थिति पनि पैदा गर्न सक्छ। यसका कारण महिलामा शारीरिक तथा मानसिक समस्याहरू आउन सक्छन्।
यस्तf समस्याहरू जटिल रूपमा देखा परेमा चिकित्सकलाई जँचाउनु पर्दछ साथै परिवारका सम्पूर्ण सदस्यले सहयोग तथा साथ दिनुर्दछ।
वीर अस्पताल स्मारिका २०७५ बाट
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा