Health TV Online
Health TV Online

दूधमै छ मानिसलाई चाहिने सम्पूर्ण पोषण

दूधमै छ मानिसलाई चाहिने सम्पूर्ण पोषण

दूधमा बोसो, प्रोटिन, कार्बोहाइड्रेट, ल्याक्टोजको रूपमा क्यालिसयम भिटामिन र पानी हुन्छ। १०० ग्राम गाईको दुधमा ३.५–४.६५ ग्राम बोसो ३.२५–३.६५ ग्राम प्रोटिन ४. ६–४.७ ग्राम ल्याक्टोज १२० मिलिग्राम क्याल्सियम , ६२–७३ क्यालोरी शक्ति हुन्छ । त्यस्तै भैँसीको दूधमा ७.४५ ग्राम बोसो ३.७८ ग्राम प्रोटिन ४.९ ग्राम ल्याक्टो २१० मिलिग्राम क्यालसियम , १०० क्यालोरी शक्ति हुन्छ ।

ल्याक्टोज

ल्याक्टोज भनेको जटिल कार्बोहाइड्रेट हो ल्याक्टोजलाई भन्ने इन्जाइमको मद्दतबाट ग्लुकोज र ग्याल्याक्टोजमा परिणत हुन्छ । ग्यालेक्टोजको कलेजोमा भण्डारण हुन्छ । ग्यालाक्टो सेरीब्रोसाइड भन्ने एक प्रकारकोे बोसो हो जुन अरु नसाहरुमा हुन्छन् त्यसैले ल्याक्टोज नराम्रो कार्बोहाइड्रेट भन्ने जुन धारणा छ त्यो सरासर गलत हो

क्याल्सियम

दुध क्याल्सियमको एक मुख्य स्रोत हो। मानिसको शरीरमा १,१,२ केजी क्याल्सियम हुन्छ । जसमध्ये ९९ प्रतिशत हड्डीमा हुन्छ धने बाँकी मासुमा या अरु नरम तन्तुहरुमा हुन्छ। क्याल्सियम हड्डी र दाँत बन्नमा रगत जम्नका लागि मुटु र मांसपेशी नशाको सञ्चालनका लागि महत्त्वपूर्ण हुन्छ।

दूध र तौल

क्याल्सियम र भिटाटिमिन डी, दूधमा हुने प्रोटिनहरूले भित्री बोसो घटाउन मद्दत पुयाउँछ। यो असर स्वस्थ मानिसमा तथा मधुमेहका बिरामीहरु मोटो मानिसमा पनि देखिएको छ। तसर्थ दूधले तौल बढाउने भन्दा घटाउनमा मद्दत पुयाउँछ।

दूध र उच्च रक्तचाप

‘वे’ प्रोटिनले सिस्टोलिबक (माथिको प्रेसर ) र डायास्टोलिक (तलको प्रेसर) दुवै घटाउँछ। याे प्रोटिन दहीको पानीमा पाइन्छ। यो प्रोटिनले नशामा रगत नजम्नका लागि मद्दत गर्छ भने कुराको पनि अनुसन्धान जारी छ ।

दुध र मधुमेह

दही खानाले मधुमेह हुने जोखिम १८ प्रतिशतले कम हुने अनुसन्धानले देखाएको छ। चीज खानाले मधुमेह हुने जोखिम २० प्रतिशत ले कम हुन्छ ३० ग्राम प्रति दिन। दूधमा भएको बोसोले गराउँछ भन्ने कुरामा कुनै पनि प्रमाण भेटिएको छैन।

दूध र ग्यास्ट्रिक

ग्यास्ट्रिक र अल्सर भनेको बिरामीले दुध खाने कि नखाने भन्ने कुरा विवादित रहेको छ। तर नयाँ अनुसन्धान अनुसार दुध खानाले अल्सर भएको बिरामीमा कुनै हानि पुयाएको देखिएको छैन। प्रोवायोटिक (दही)ले हेलिकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको मात्रामा कमी ल्याएको देखिएको छ। हेलिकोब्याक्टर पाइलोरीले र म्यास्ट्रिक गराउँछ भन्ने कुरा प्रमाणित छ।

दूध र बालबालिका

स्तनपानको नवजात शिशुमा हुने फाइदाको बारेमा बयान जति गरे पनि कम हुन्छ। स्तनपानको पोषणमा, हर्मोनल रोग प्रपिरोधात्मक शक्ति, मानसिक फाइदाहरु छन्। बच्चाहरू हुर्किनका लागि दूध अत्यावश्यक पेय पदार्थ हो। हाम्रो हड्डी र दाँत २१ वर्षको उमेरसम्म बढ्छन्। त्यसको लागि क्याल्सियम आवश्यक हुन्छ, जुन दुधबाट पाइन्छ।

प्रोबायोटिक

दहीमा भएको ल्याक्टोबेसिलस एसिडोफिलस भन्ने राम्रो ब्याक्टेरियाले नराम्रो ब्याक्टेरिया फैलनबाट हामीलाई बचाउँछ। यो ब्याक्टेरिया प्रोबायोटिक बनाउन प्रयोग हुन्छ जुन झाडापखाला, एलर्जी, दम, योनिको संक्रमण जस्ता रोगमा प्रयोग गरिन्छ। ‘नेक्रोटिजिङ इन्टरकोकोलिटिस’ भन्ने ज्यानमारा रोगमा पनि यसको प्रयोग गरिन्छ।

दूध, योग र आयुर्वेद

योगीहरूले दूध र यसबाट बन्ने पदार्थहरुलाई , शरीर र आत्माका लागि उत्कृष्ट खानाको रूपमा लिएका छन्। तातो दूध योग परम्परामा प्राणायाम जस्ता आसनको लागि शक्ति प्रदान गर्नको लागि प्रयोग गरिन्छ। योगीहरूले लामो समयसम्म दूध र जडिबुडी खाएर आफ्नो जीविका गरेका उदाहरण हाम्रो समक्ष प्रशस्तै छन्।

दूधले मानिसलाई चाहिने सम्पूर्ण पोषण प्रदान गर्छ, तसर्थ सम्पूर्ण खाना हो। यसले हामीलाई तौल घटाउन, रक्तचाप, हड्डी पातलिने रोगसँग लड्ने शक्ति दिन्छ। मधुमेह लाग्नबाट बचाउँछ। प्रोबायोटिकको काम गर्छ । त्यसैले दैनिक खानामा दूध खान अत्यन्त जरुरी छ ।

डा. सुनिल चन्द्र  झाकाे ‘डाक्टर साहेब भन्नुहुन्छ’ पुस्तकबाट 

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या