मोटोपन घटाउन के गर्ने?

मोटोपन घटाउन, खानाद्वारा शरीरभित्र लिइने क्यालोरी (शक्ति) भन्दा शारीरिक गतिविधिद्वारा खर्च हुने क्यालोरीको मात्र बढी हुनु अनिवार्य छ। यसलाई ‘काम बढी माम बढी’ को सिद्धान्त भने हुन्छ। मोटोपन घटाउनका लागि जप्नुपर्ने दुई मन्त्रहरू हुन्–
खानामा क्यालोरी नियन्त्रण (माम कम) शारीरिक गतिविधि वृद्धि (काम बढी) जसको तौल आवश्यकभन्दा १० प्रतिशतभन्दा बढी छ, उनीहरूहरूले खानामा क्यालोरीको हिसाब गरिराख्नु सट्टा कुन खानेकुरा प्रशस्त खाने, कुन नियन्त्रित रूपमा खाने र कुन खाँदै नखाने आदिमा ध्यान पुर्याए पुग्छ।
प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थहरू हरियो तरकारी, सलाद (गाजर, मुला, काँक्रो, टमाटर) ताजा फलफूल (केरा, आँपबाहेक) माछा। नियन्त्रित रूपमा खान हुने खाद्यपदार्थहरू दूध (दैनिक २५० मिलि अर्थात् १।५ गिलाससम्म(चिया र कफीमा मिसाउने दूधसमेत हिसाबमा गन्ती गर्नुपर्ने हुन्छ।)
बटर, घिउ, तेल, क्रिम (दैनिक २ देखि ३ सानो चम्चासम्म) सुख्खा गहुँको रोटी (दैनिक ३–४ वटा मात्र) पाउरोटी (ब्राउन ब्रेड भए राम्रो, दैनिक ३–४ पिस मात्र) भात (दैनिक एक कचौरा) आलु (दैनिक दुई वटा मझौला साइजसम्म) धेरै नै नियन्त्रितरूपले बार्नुपर्ने खाद्यपदार्थहरू गुलियो (बिस्कुट, केक आदि) आइसक्रिम चिनी, चकलेट, मिठाइ, जाम घिउ, तेल र तारेका खाद्यपदार्थहरू रक्सी। जसको तौल आवश्यक तौलको तुलनामा २० प्रतिशतभन बढी छ उनीहरूले तौल घटाउन खाद्यपदार्थमा कडा नियन्त्रण राख्नुपर्छ।
तौल घटाउन साधारण शारीरिक कार्य कार्य गर्ने व्यक्तिले दैनिक १००० देखि १४०० क्यालोरीसम्म शक्ति दिने खाना लिनुपर्छ। यसलाई लो क्यालोरी डाइट भनिन्छ। तौल घटाउँदा प्रत्येक हप्ता बढीमा एक किलो मात्र घटाउने उद्देश्य राख्नुपर्छ। तौल घटाउन भोकै बस्नुपर्छ भन्ने धारणा गलत छ। खानाको मात्राभन्दा यसको गुणको छनोट तौल घटाउनका बढी महत्त्वपूर्ण छ।
कम क्यालोरी प्रदान गर्ने कतिपय खाद्यपदार्थहरू जस्तै– मुला, गाँजर, बाँक्रो, बन्दाकोभी, हरियो सागसब्जी, टमाटर आदि जति मात्रामा खाए पनि पनि फरक पर्दैन। भोक लाग्दा यस्तै खाद्यपदार्थ खाएर भोक मेटाउन सकिन्छ।
डा. प्रकाशराज रेग्मीको पुस्तक ‘मुटुका रोगहरूको रोकथाम र नियन्त्रण’ बाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights