Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हात खुटृा झम्झमाउने समस्या : ‘पेरिफेरल न्यूरोप्याथी’

हात खुटृा झम्झमाउने समस्या :  ‘पेरिफेरल न्यूरोप्याथी’

धेरै मानिसहरूलाई हातखुट्टा झम्झमाउने, निदाउने, पोलेको अनुभव हुने जस्ता समस्या भइरहेका हुन्छन्। मानिसहरूमा यस्तो समस्या किन भएको हो भन्ने कुराको अन्योल भएको देखिन्छ। यस्ता समस्याहरू प्रायजसो हाम्रो शरीरको हाँगा नशा या मसिना नशाहरूको समस्याले गर्दा अथवा कमजोरीले गर्दा देखापदर्छन्।

गिदीबाट मेरुदण्ड भित्र मूल नशा निस्कन्छ  र यसै मूल नशाबाट हाँगाबिँगा भई शरीरका सबै अंगअंमा मसिना हाँगा नशाहरू फैलिएका हुन्छन्। यी मसिना नशालाई पेरिफेरल न्यरोप्याथी भनिन्छ। यी हाँगा नशाहरूमा समस्या भएमा देखिने अवस्थालाई पेरिफेरल न्यूरोप्याथी भनिन्छ। यी हाँगा नशाहरूमा यस्ता समस्या या कमजोरी गरउने कारण तत्त्वहरू विभिन्न खालका हुन्छन्। यी नशाहरूकोे कमजारीले मानिसका छालामा छोएको थाहा पाउने हातखुट्टा चलाउने अथवा विभिन्न भित्री ग्रन्थी, अंगहरूका सञ्चालनका काममा बाधा पुर्याई समस्या उत्पनन गर्छन्।

यस्ता समस्याहरू हल्का खालका देखि अलि गम्भीर प्रकृतिसम्म हुन सक्छन्। त्यसैगरी यस्ता समस्याहरूले एक वा बढी नशाहरूलाई असर गर्न सक्छन्। कतिपय अवस्थामा अचानक लक्षणहरू देखापर्ने खालका समस्या हुन्छन् भने धेरैजसो अवस्थामा लामो समय देखि क्रमिक रूपमा बढ्दै जाने खालका लक्षणहरू हुन्छन्।

लक्षणहरू 

यस समस्याका लक्षणहरू छोएको चाल पालको नशा, शरीर चलाउने नशा या भित्री अंग तथा ग्रन्थी चलाउने नशामध्ये कुन प्रकारका नशामा असर परेको छ, त्यसैको आधामा लक्षणहरू देखिन्छन्।
अथवा छोएको चाल पालको नशाहरूमा समस्या भएको अवस्थामा झमझमाउने, लाटो हुने, दुख्ने त्यस्तै गरी शरीरको सन्तुलन बिग्रिने, हिँडाइमा अप्ठ्यारो हुने जस्ता लक्षणहरू देखिन्छन्। काँडाले घोचेका जस्ता लक्षणहरू पनि हुन्छन्। यस्ता लक्षण प्रायः खुट्टाका र हातका पञ्जाहरूबाट सुरु हुन्छन् र क्रमशः माथि माथि बढ्न सक्छन्।

अथवा शरीरलाई चलाउने नशाहरूमा समस्या भएको अवस्थामा भने हात, खुट्टा कमजोर हुनु, राम्ररी नचल्नु मांसपेशी सुक्नु, बाँउडिनु दुख्नु जस्ता लक्षण देखिन्छन्। अथवा भित्री अंग तथा ग्रन्थीका नशाहरूमा असर भएमा मुख सुख्खा हुने, रिगंटा लाग्ने दिसापिसाबमा समस्या हुने जस्ता लक्षणहरू देखिन्छन्। प्रायः सुरुवाती अवस्थामा सिनरी अथवा चाल पाउने नशाहरूका लक्षणहरू देखिन्छन् र रोग बड्दै जाने क्रममा शरीरलाई चलाउने नशाहरूका लक्षणहरू देखिन थाल्छन्।

कारणहरू

यी समस्या देखिने कारणहरू विविध हुन्छन्। त्यसमध्ये धेरै देखिने कारणहरू–
मधुमेह

थाइरोइड ग्रन्थीको समस्या

कलेजो तथा मृगौलाका रोगहरू

रक्सीजन्य पेय पदार्थ तथा चुरोट सेवन

विभिन्न भिटामिनको कमी, जस्तैः भिटा बी १ भिटा बी १२ आदि

कतिपय औषधिको प्रयोग या विभिन्न रसायनको संसर्गबाट पनि यस्ता समस्या देखिन सक्छन्, जस्तै– केमोथेरापीका औषधि।

माथिका कारक तत्त्वहरू बाहेक पनि वंशाणुगत , नशाका चोटपटक , नशा थिचिने च्यापिने अवस्था त्यस्तै गरी नशाहरू सुन्निने जस्ता अलि जटिल अवस्थामा पनि पेरिफेरल न्यूरोप्याथीका लक्षणहरू देखिन्छन्।

निदान 

याे पेरिफेरल न्यूरोप्याथी को निदान बिरामीका समस्याहरू, चिकित्सकद्वारा जाँच्दा पाइने लक्षणहरू र विभिन्न जाँचहरूको आधारमा गरिन्छ।

यसमा गरिने परिक्षणहरूमा नशाको विशेष जाँच ‘नर्भ कन्डिसन टेस्ट’ र ‘इलेक्टाेमिग्राफी’ प्रमुख जाँचहरू हुन्। त्यसैगरी यो अवस्था सिर्जना गर्ने कारण तत्त्वहरू छन् या छैनन् र छन् भने कुन कति मात्रामा छन् भनी रगतको जाँच गरिन्छ। थाइराइड हर्मोनको अवस्था, शरीरमा सुगरको मात्रा लगायत विभिन्न भिटामिनहरूको मात्रा के कति छन् भनी जाँच गरेर हेर्नुपर्ने हुन्छ।

उपचार

उपचार गर्ने क्रममा यसको प्रमुख कारण तत्त्व पत्ता लगाई त्यो कारकको उपचार गरिन्छ। मधुमेहका बिरामीमा यसरी नशाका समस्या देखिन थालेको अवस्थामा शरीरमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु नै यसको शुरुवाती उपचार हुन सक्छ। त्यसैगरी विभिन्न भिटामिनका कमी छन् भने ती भिटामिनको पूर्ति गर्नु, हर्मोनको गडबडी छ भने त्यसको उपचार गर्नु र कुनै औषधि या रसायनको कारण समस्या देखिएको हो भने ती औषधि रसायन बन्द गर्नुपर्छ। रक्सीजन्य पेयपदार्थ तथा चुरोटको सेवन बन्द गर्नुपर्छ।

यसरी कारक तत्वबाट छुटकारा पाउँदा कतिपय बिरामीका समस्या बिस्तारै राम्रो हुन थाल्छन्।

नशालाई थप कमजोर हुनबाट बचाउन विभिन्न भिटामिनहरू दिनुपर्ने हुन्छ। त्यसै गरी यसरी पेरिफेरल सिम्प्टम्स देखिएका बिरामीलाई नशाका विभिन्न खालका औषधि सेवन गर्नुपर्ने हुन्छ। रोग अलि बढिसकेको अवस्थामा औषधि लामो समयको लागि प्रयोग गर्नुपर्ने हुन्छ। औषधिको प्रयोग गर्दै जाँदा क्रमशः लक्षणहरू कम हुँदै जान्छन्।

डा . प्रबीण श्रेष्ठ र डा . ईशा ढुंगानाकाे स्नायु रोग न्युरो समस्याहरू : एक संक्षिप्त परिचय पुस्तकबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।