औषधि र यसका विशेष पक्ष जुन, बिरामीले थाहा पाउनुपर्छ

औषधि संवेदनशील वस्तु हो, यसको सही प्रयोगले बिरामीलाई फाइदा पुग्छ भने दुरुपयोगले नकारात्मक असर गर्न सक्छ। औषधिको प्रयोग जहाँ जहाँ हुन्छ, प्रयोगका वेला त्रुटिको सम्भावना पनि उत्तिकै हुन्छ। विशेषगरी डाक्टरले औषधि लेख्ने वेलादेखि फर्मासिस्टले त्यसको वितरण र बिरामीले उपयोग गर्ने वेलासम्म यस्तो त्रुटिहरू हुनसक्ने सम्भावना रहन्छ।। यसलाई मेडिकल भाषामा ‘मेडिकेसन एरर’ भनिन्छ।
धेरैजसो त्रुटिहरू बिरामीसम्म पुगेर उनीहरूलाई हानि नगर्ने किसिमका पनि हुन सक्छन् तर पनि बिरामीसमम नपुगोस् भन्नका लागि समयमै त्यसको पहिचान गरी बिरामीसम्म पुग्नबाट जोगाउनुपर्छ र उनीहरूमा पर्नजाने प्रतिकुल अवस्थालाई रोक्न सकिन्छ। विशेषगरी अस्पतालभित्रै यस्ता त्रुटिहरू हुने सम्भावना रहेकाले विकसित राष्ट्रहरूमा ‘क्लिनिकल फर्मासिस्ट’ले रोकथामका लागि अस्पतालभित्र डाक्टर, नर्स र बिरामीहरूसँग प्रत्यक्ष रूपमा काम गरिरहेका हुन्छन्।
यो सेवाभित्र बिरामीको उपचारमा प्योग हुने औषधिको अनुगमन दिनहुँजसो गरिन्छ। त्यसका लागि क्लिनिकल फर्मासिस्ट डाक्टरसँगै अथवा एक्लै पनि बिरामीको बेडसम्म पुग्ने गर्छन्। त्यसरी गर्ने अनुगमनका क्रममा औषधिसँग सम्बन्धित कुनै पनि त्रुटि भेटिए तुरुन्तै डाक्टरलाई जानकारी गराइन्छ र बिरामीमा पर्नसक्ने जोखिम समयमै न्यूनीकरण गरिन्छ
विशेष कुरा के छ भने हामी जति बढी औषधि बिरामीका लागि ‘प्रेस्क्राइब’ गर्छौँ, उति नै औषधि औषधिबीच अन्तरक्रिया भई कतिपय ठाउँमा बिरामीलाई नकारात्मक असर पर्नसक्छ। यसका कारण बिरामीको रोग समयमै निको नहुने, लामो समयसम्म बिरामी अस्पतालमा भर्ना हुनुपर्ने, उपचारमा लाग्ने खर्च वृद्धि हुने तथा उपचार कठिन हुन जानेजस्ता जोखिम बढ्न सक्छ। त्यसैले औषधि औषधिबीचको यस्तो अन्तरक्रियालाई वेलैमा पत्ता लगाई बिरामीको सुरक्षा गर्ने काम अस्पतालभित्र क्लिनिकल फर्मासिस्टले गरेको हुन्छ।
रोगको निदानका लागि प्रयोग गरिने औषधिको मात्राको समायोजन (डोज एड्जस्टमेन्ट) गर्नु पनि उत्तिकै आवश्यक छ। विशेषगरी यो कुरा जब बिरामीको मिर्गौला र कलेजोका काम गर्ने क्षमतामा कमी आउँछ र यस्ता औषधि जुन पिसाबबाट बढी बाहिरिन्छन् त्यो वेला औषधिको मात्र समायोजन संवेदनशील मानिन्छ।
मुख्यतः क्यान्सर रोगको उपचारको कुरा गर्दा केमोथेरापी पाइरहेका बिरामीहरूको रोग प्रतिरोधात्मक क्षमता सामान्यको भन्दा कम हुन्छ। कतिपय बिरामी क्यान्सर मात्र नभई सँगसँगै मुटु, मधुमेह र थाइराइडजस्ता रोग पनि लिएर आएका हुन्छन्, जसका कारण उनीहरूले प्रयोग गर्ने औषधि ती सबै रोगका लागि हुने गर्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको ‘आशा’ म्यागाजिनमा संग्रहित लेख
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights