फिजियोथेरापी किन गर्ने ?

सामान्य अर्थमा फिजियोथेरापी भनेको शारीरिक रूपमा भएको क्षति, कमी कमजोरी र अपाङ्गतालाई कम गर्न व्यक्तिको दैनिक क्रियाकलाप सहज गर्दै विभिन्न व्यायाम गराउनु हो। यो पद्धतिले बिरामीलाई गुणस्तरीय र स्वस्थ जीवनयापन गर्न मद्दत गर्छ।
फिजियोथेरापीमा विभिन्न प्रकारका शारीरिक व्यायाम र विद्युतीय उपकरणको प्रयोग गरेर बिरामीको उपचार गरिन्छ। शारीरिक तथा मानसिक रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनयापनतर्फ फर्काउन फिजियोथेरापीको महत्त्वपूर्ण योगदान हुन्छ।
नसा च्यापिने, पक्षाघात, ढाड दुख्ने, सुस्त मनस्थिति भएका अटिजम आदि समस्यामा फिजियोथेरापीबाट धेरै हदसम्म ठीक गर्न सकिन्छ। कुनै पनि शल्यक्रियापछि फिजियोथेरापीको आवश्यकता पर्छ। अझ नसर्ने रोगमा फिजियोथेरापी निकै प्रभावकारी बनिरहेको छ। फिजियोथेरापीका लागि बिरामीको अवस्था हेरेर कति समय गर्ने भन्ने कुराको निर्धारण भने फिजियोथेरापिस्टले गर्छन्।
यसमा ‘एक्टिभ’ रूपमा गराउने व्यायाम र प्यासिभ रूपमा गर्ने व्यायाम हुन्छन्। बिरामीको अवस्था हेरेर हामी कसलाई कस्तो खालको सेवा चाहिन्छ निर्क्योल गर्छौँ। त्यही अनुसार उपचार गर्छौँ।
यसमा विभिन्न प्रकारका मालिस पनि गरिन्छ। यसैगरी विभिन्न प्रकारका इलेक्ट्रोथेरापीद्वारा पनि उपचार हुन्छ। विभिन्न
प्रकारका विद्युतीय तरंग, विकिरण, प्रकाश आदिलाई पनि उपचारको माध्य बनाइन्छ। हट स्टोन मसाज र कोल्ड प्याक लगाएर पनि उपचार हुन्छ।
फिजियोथेरापीका विभिन्न विधि प्रयोग गरेर उपचार गर्दा बिरामीलाई हिँडडुल गर्न सजिलो हुनुका साथै दुखाइ कम गर्न र अपांगता हुनबाट जोगाउन सकिन्छ।
बाथरोग, हड्डी खिइने समस्या, शल्यक्रियापश्चात् हुने जोर्नीको कडापन, शारीरिक सन्तुलन कम हुने, हड्डीमा लागेका चोटपटकमा फिजियोथेरापी असाध्यै उपयोगी हुन्छ। स्ट्रोक अर्थात् पक्षघात, नशा च्यापिएकाे र मुख बांगिने समस्यामा फिजियोथेरापी उपचार पद्धति अपनाउन सकिन्छ।
वेलनेस अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट डा. निरा पाैडेल उपाध्यायसँग कुराकानीमा आधारित:
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights