मुटुरोगबाट बच्न विचार व्यवस्थापन

मुटुका धेरै रोग मानसिक तनावबाट उत्पन्न हुन्छन्। मानसिक तनाव अव्यस्थित विचार र मानसिक स्थितिको उपज हो। यसकारण मटुरोग नियन्त्रण नियन्त्रणमा विचारको व्यवस्थापन अत्यन्त आवश्यक छ।
व्यस्थापनमा सकारात्मक चिन्तन सबैभन्दा महत्त्वपूर्ण पक्ष हो विचारलाई निम्न प्रकारले व्यवस्थित गर्न अभ्यास गर्नुपर्छ। मानसिक तनाव उत्पन्न हुने कारणहरू धन–सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महात्त्वाकांक्षा नामको भोक आदि मुख्य हुन्। यी पक्षहरूको वैचारिक व्यवस्थापन महत्त्वपूर्ण मुद्दा हो।
विचारमा सकारात्मक चिन्तन प्रबल रहनुपर्छ। उज्यालो र राम्रो पक्षलाई नै समाएर हिँड्न सक्नुपर्छ। सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने कुरा हुन्। धनसम्पत्ति र वस्तुबाटबाट सुख प्राप्त हुँदैन। धन कमाउनुपर्छ, तर थुपारेर राख्नुपर्छ। धन कमाउनेले त्यसको उपभोग गर्नुपर्छ। उद्योगमा लगाएर अरुलाई रोजगारी प्रदान गर्नुपर्छ।
प्रयोग नगरी थुपारेर राखेको धनले तनाव उत्पन्न गराउँछ। कुनै पनि समस्या छ भने त्यसको स्थायी समाधानतर्फ लाग्नुपर्छ। समस्या जति लामो समयसम्म रहन्छ, त्यति नै मनलाई पिरोलिरहन्छ। शत्रुताको भावना राख्नु हुँदैन। चित्त नबुझेको कुरा मनमा राख्नुहुँदैन। सम्बन्धित ठाउँमा भन्नुपर्छ। यसबाट मन शान्त हुन्छ। महत्त्वाकांक्षा र नामको भोकले मानसिक तनाव जन्माउँछ। यसकाो पछाडि लाग्नुहुँदैन। जीवनका विविध पक्षहरूलाई सहज र सरल रूले ग्रहण गर्न सिक्नुपर्छ।
सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने कुरा हुन्। धनसम्पत्ति र वस्तुबाटबाट सुख प्राप्त हुँदैन। धन कमाउनुपर्छ, तर थुपारेर राख्नुपर्छ। धन कमाउनेले त्यसको उपभोग गर्नुपर्छ। उद्योगमा लगाएर अरुलाई रोजगारी प्रदान गर्नुपर्छ।
सबै विचारकै कुरा हो। जस्तो सोच्यो त्यस्तै हुन्छ। पानी पर्दा रमाउन पनि सकिन्छ। दुःखी हुन पनि सकिन्छ। घरमा पाउना आउँदा खुशी हुन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ। यस्तै घरमा चोरी हुँदा चिन्ताले मर्न पनि सकिन्छ। फेरि परिश्रम गरेर अझ धेरै कमाउँला भनी चित्त बुभाmउन पनि सकिन्छ। गल्ती र हार भन्ने हुँदै हुँदेन। यी सबै जीवनका पाठ हुन् भन्ने सोच्नुपर्छ।
विचारलाई व्यवस्थित गर्न योगाभ्यास (विशेषगरी प्राणायाम र ध्यान) अत्यन्त प्रभावकारी हुन्छन्। यस किसिमको जीवनशैलीले मुटुरोगसँग सम्बन्धित धेरै रोग नियन्त्रण गर्न सकिन्छ।
डा.प्रकाशराज रेग्मीको ‘मुटुका रोगहरूको रोकथाम र नियन्त्रण’ पुस्तकबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights