आफूभित्रको सुन्दरता यसरी निखारौँ

पछिल्लो समय सुन्दरताको वर्णनको शैली वा सौन्दर्यको अवधारणा बदलिएको छ। तर सुन्दरताको खोजी र त्यसलाई बढाउने चाहना विश्वभरका मानिसहरूमा एकैनासको छ।
भनिन्छ, सुन्दरता छालाभन्दा गहिरो हुन्छ र हाम्रो बाहिरी छाला पनि हाम्रै गहिराइको प्रतिविम्ब हो। हाम्रो छाला हामी भित्रको शारिरीक तथा मानसिक स्वास्थ्यको दर्पणछाया हो।
एउटा स्वस्थ शरीर र एउटा खुशी आत्माको बाहिरी चमक छुट्टै हुन्छ। आजको व्यस्त संसारमा चाहे घरमै बसेर काम गरौँ वा बाहिर कार्यालयमा प्रत्येक नारीलाई आफ्नो छालालाई स्वस्थ्य बनाउने र स्वथ्य राखिराख्ने इच्छा हुन्छ।
गत शुक्रबार मात्र अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। यही सन्दर्भमा स्वस्थ हृदयभित्रको सुन्दरतालाई निखारेर बाहिर ल्याउन सम्पूर्ण नारीहरूलाई केही सुझाव तल दिइएको छ।
छालालाई फाइदा पुर्याउने कुरा
हरेक दिन छालाको हेरविचार गर्ने।
छालालाई सुहाउँदो मोस्चराइजर क्रिम नियमित प्रयोग गर्ने।
छालालाई सकेसम्म घामवाट बचाउने।
बिहान राति राम्रोसँग आफूलाई सुहाउँदो ‘फेस वास’ले धुने ।
स्वास्थ्यवर्धक खाना खाने। जस्तै, मौसमी फलफूल, हरियो सागसब्जी (जसमा छाला कपाल तथा शरीरलाई नै स्वस्थ राखने एन्टस् अक्सिडेन्ट हुन्छ)।
प्रशस्त पानी पिउने।
पर्याप्त मात्रामा सुत्ने। दैनिक व्यायाम गर्ने।
छालालाई जोखिम पुर्याउने कुरा
घाम– हाम्रो लागि घाम आवश्यक भएपनि यसले हाम्रो छालालाई बिगार्छ। घामबाट आउने ‘यूभी’ किरणले छालामा छिटो चाउरी पर्ने तथा कालो दाग बढाउँछ।
प्रदूषित हावा– पानीले हाम्रो भित्री स्वास्थ्यलाई असर गरेजस्तै हाम्रो बाहिरको छालालाई पनि छुन्छ।
भित्री रोगहरू– मधुमेह पोलिसिस्टिक ओभरी सिन्ड्रोम, थाइराइड, कलेजो तथा मिर्गौलाको समस्याले छालालाई असर गर्न सक्छ ।
सन्तुलित खाना– छालालाई चाहिने भिटामिन र पौष्टिक आहार नपुग्दा तथा धेरै चुरोट, मादक पदार्थ सेवनले छाला छिट्टै चाउरी पर्ने तथा चमक घट्ने हुन्छ।
निद्रा र आरामको कमी– पर्याप्त निद्रा नपुग्दा पनि छालामा नकारात्मक असर पर्छ।
योसँगै छालामा दाग आयो वा डण्डीफोर आयो भनेर औषधि पसलमा गएर औषधि लगाउने समेत गरेको पाइन्छ। यसरी जथाभावी औषधि लगाउँदा झनै छालालाई नकारात्मक असर गर्ने र छाला सुख्खा हुने समस्या हुनसक्छ। कहिलेकाहीँ त गलत औषधिको असरले अनुहार नै कुरुप हुनसक्छ। त्यसैले छालामा केही समस्या भए वा अझ निखारता ल्याउन परेमा छालारोग विशेषज्ञसँग सल्लाह लिएर मात्र औषधि वा क्रिम लगाउनुपर्छ।
सम्पूर्ण नारीहरुले सुन्दर हुन चाहने हो भने छालालाई माया गर्न र स्वस्थ राख्न आवश्यक छ। योसँगै हाम्रो भित्र हृदय र सौन्दर्य पनि निकै जरुरी हन्छ। सकारात्मक सोचले पनि छालालाई स्वस्थ बनाउन मद्दत गर्छ।
खुशी हुनुहोस्। अरुलाई पनि खुशी बनाउनुहोस र भित्री र बाहिरी रूपमा सँधै सुन्दर रहनुहोस्।
छालाराेग विशेषज्ञ डा.बस्ताकाेटी र डा. तिमाेथी मेट्राे काठमाडाैं अस्पतालमा कार्यरत छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights