Health TV Online
Health TV Online
Health TV Online

अरुको सेवा गर्ने महिलाले पहिले आफ्नै शरीरलाई माया गर्नुपर्छ

अरुको सेवा गर्ने महिलाले पहिले आफ्नै शरीरलाई माया गर्नुपर्छ

हाम्रोजस्तो सामाजिक संरचना भएको देशमा विशेषगरी महिलाहरू अरुको सेवा गर्छन् तर आफ्नो स्याहार गर्न भ्याउँदैनन् वा आवश्यकता नै ठान्दैनन्। त्यसैले उमेरै नपुगी स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भाेग्न बाध्य हुन्छन्।

खाना बनाउने, खुवाउने, भाँडा माझ्ने, कपडा धुनेलगायत सरसफाइका काम, श्रीमान्–छोराछोरी–सासूससुराको ख्याल राख्ने काम महिलाकै जिम्मामा हुन्छ। कामकाजी महिला भए पनि कतिले यी सबै काम गर्नुपर्छ। उनीहरूलाई सघाउने काेही हुँदैनन्। त्यसैले उनीहरू आफ्नाे लागि समय नै निकाल्न पाउँदैनन्।

घरायसी वा कार्यालयकाे कामबाट समय निकालेर महिलाहरूले आफ्नो शरीरककाे ख्याल राख्नुपर्छ। आफैँलाई पनि माया गर्नुपर्छ। महिलाहरूले शारीरिक व्यायाम गर्ने गर्नुपर्छ।  यसले शरीरमा  फूर्ति दिन्छ। जसरी भगवानको पूजा गर्न समय निकालेजस्तै दिनको आधा घण्टा समय दिनुपर्छ। यसले मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ। काम गरेपछि थाकिन्छ। आराम गर्ने बानी पनि गर्नुपर्छ।

घरपरिवारमा रहँदा महिलालले कामको व्यवस्थापन गर्न सक्नुपर्छ। एकआपसमा कामको बाँडफाँड गर्नुपर्छ। अरुको सेवा गर्ने महिलाले पहिले आफ्नै शरीरलाई माया गर्नुपर्छ। बिहान योगासान गर्न नभ्याए बेलुका गर्न सकिन्छ। अफिसमा रहँदा पनि एकनास बसिरहने गर्नुहुँदैन। उठ्ने वा हिँड्ने गर्नुपर्छ।

महिलाहरूले खानेकुरामा पनि ध्यान दिनपर्छ। स्वास्थ खाना खाने स्वस्थ्य व्यायाम गर्नुपर्छ। आफूलाई सहज हुने योगासान गर्न सकिन्छ। म हरेक दिन एक घण्टा योगा गर्छु। यसले दिनभर काममा स्फूर्त बनाउँछ।

घरपरिवारमा रहँदा महिलालले कामको व्यवस्थापन गर्न सक्नुपर्छ। एकआपसमा कामको बाँडफाँड गर्नुपर्छ। अरुको सेवा गर्ने महिलाले पहिले आफ्नै शरीरलाई माया गर्नुपर्छ।

बिहान योगासान गर्न नभ्याए बेलुका गर्न सकिन्छ। अफिसमा रहँदा पनि एकनास बसिरहने गर्नुहुँदैन। उठ्ने वा हिँड्ने गर्नुपर्छ। धेरै महिलाहरूमा भिटामिन डी कमी भएको पाइन्छ त्यसका लागि  क्याप्सुल खाने भन्दा पनि कम्तीमा हप्तामा तीन दिन घाममा बस्ने गर्नुपर्छ। यसका साथै दुध ,दही प्रसस्त खाने बानी गर्नुपर्छ । रोग लागिसकेपछि पछुताउनु भन्दा अघि नै सोच्न जरुरी हुन्छ ।

पहिले आफू स्वस्थ हुनुपर्छ। अनि मात्र अरुको सेवा गर्न सकिन्छ। अन्यथा सकिँदैन। त्यसैले नारी दिवस एक दिन मनाउने भन्दा पनि सँधै आफैँलाई सम्मान गर्ने र शरीरलाई माया गर्ने गर्नुपर्छ ।

महिलाहरूले नियमित स्वास्थ्य जाँच गर्नुपर्छ।  रोग लाग्न नदिन वा समयमै पक्ता लगाउन जन्म दिन वा कुनै अवसर पारेर आफनो शरीरको अवस्था बुझ्न जाँच गर्ने बानी बसाउनुपर्छ । पछिल्लो समय महिलाहरूमा क्यान्सर बढिरहेको छ त्यसलाई समयमै पत्ता लगाउन नियमित जाँच गर्नुपर्छ। घरपरिवारका लागि स्वास्थ्य जाँचका लागि बजेट छुट्याउने बानी पनि गर्नुपर्छ, जसले गर्दा रोग लागिहालेमा ऋणको भारी खोज्ने चिन्ताबाट मुक्त हुन सकिन्छ।

नारी दिवस मनाउने नारीले मात्र होइन, पुरुषलाई पनि सहभागी गराउनुपर्छ। किनकि पुरुषले समस्या नबुझिदिने हो भने महिला एक्लै अघि बढ्न गाह्रो पर्छ। घरमा मर्का बुझ्ने श्रीमान् छ भने श्रीमतीलाई काम गर्न निकै सहज हुन्छ।

नारीकाे सम्मानमा यो दिवस मनाउन थालिएको हो । हुन त एक दिन नारी दिवस मनाएर एकैपटक समग्र महिलाकाे  हित हुने होइन। यसलाई सबैले मनाऔँ र आफ्नो स्वास्थ्यको विशेष ख्याल गरौँ। प्रत्येक दिनलाई नारी दिवस बनाऔँ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?