Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सर छिटो पत्ता लगाएर उपचार गरे पीडाविनै लम्ब्याउन सकिन्छ जीवन

क्यान्सर छिटो पत्ता लगाएर उपचार गरे पीडाविनै लम्ब्याउन सकिन्छ जीवन

क्यान्सर अर्बुद रोगको वर्णन चिकित्सा विज्ञानसम्बन्धी साहित्यमा धेरै अघि गरिएको भए पनि धेरैजसो मानिसले यसलाई ‘क्यान्सर’ को रुपमा चिन्छन् जो यो रोगको खास नामको अर्थ भन्दा निकै पर छ। ‘क्यान्सर’ शब्द ल्याटिन भाषाबाट आएको हो र यसको शुद्घ अनुवाद गँगटो हुन्छ।

क्यान्सर एक महिलाको स्तनमा भएको एक घाउलाई वर्णन गर्दा प्रयोग गरिएको हो। त्यो घाउ वास्तवमा एक अर्बुद रोग थियो। क्यान्सर मानिसमा लाग्ने एक जटिल रोग हो। यसमा मुख्यतया असर पारेका कोशिकाहरू अनियन्त्रित र अव्यवस्थित रुपमा बढन थाल्छन्। यो रोग शरीरको कुनै पनि तन्तुबाट उत्पन्न हुन सक्छ। क्यान्सरका कोशिकाहरूले आफ्नो नजिकैका तन्तुका कोशिकाहरूमा फैलिई तिनलाई नष्ट गर्छ।

अन्त्यमा क्यान्सरका कोशिकाहरूले रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर शरीरका टाढा टाढाका अंगहरूमा फैलिन जान्छ र शरीरलाई ध्वस्त पारिदिन्छ। शरीरका अरु कोशिकाहरू झैँ क्यान्सरका कोशिकाहरू नियन्त्रक प्रणालीको नियन्त्रणभन्दा बाहिर हुन्छन् तिनले असामान्य रूप धारण गरेका हुन्छन् आपनो पथ विमुख भएर काम गरिरहेका हुन्छन्।

गहन अन्वेषण, विस्तृत अध्ययनहरूको बावजुद पनि क्यान्सरको मूल अथवा खास कारण अझै पत्ता लागेको छैन। तसर्थ यो रोगको अझैसम्म पूर्णतया निर्मूल हुने पक्का उपचार विधि बन्न सकेको छैन। माथि उल्लेख गरिए झैं क्यान्सरको खास कारण पत्ता नलागे पनि केही कारणहरू त्यस्ता छन् जसले यो रोगको शुरुवातको लागि ठूलो भूमिका खेल्छन्। केही रासायनिक तत्त्वहरू जस्तै बेन्जिनसितको खुला सम्पर्क, विकिरण धूमपान इत्यादि। यी कारण तत्त्वहरूले रोगको शरुवात गर्न भनिए पनि यी तत्त्वहरूको सम्पर्कले सबै प्रकारका क्यान्सर रोग लाग्छ भन्ने छैन। अझ भनुँ भने यी तत्त्वहरूको सम्पर्कबाट त्यही तन्तुका कोशिकाहरूमा अर्बुद लाग्छ नै भन्ने कुनै निश्चित छैन।

गहन अन्वेषण, विस्तृत अध्ययनहरूको बावजुद पनि क्यान्सरको मूल अथवा खास कारण अझै पत्ता लागेको छैन। तसर्थ यो रोगको अझैसम्म पूर्णतया निर्मूल हुने पक्का उपचार विधि बन्न सकेको छैन। क्यान्सरको खास कारण पत्ता नलागे पनि केही कारणहरू त्यस्ता छन् जसले यो रोगको शुरुवातको लागि ठूलो भूमिका खेल्छन्। केही रासायनिक तत्त्वहरू जस्तै बेन्जिनसितको खुला सम्पर्क, विकिरण धूमपान इत्यादि।

उदाहरणका लागि एक किसिमको फाेक्सोको क्यान्सर धूमपान गर्नेहरूमा लाग्छ भने अर्को किसिमका फोक्सोको क्यान्सर प्रायजसो धूमपान गर्नहरूलाई लाग्दैन। अर्बुद रोगको कुनै स्थायी उपचार नभएको हुनाले धेरैजसो व्यक्तिहरू क्यान्सरको बारेमा बोल्न पनि डराउँछन्। यदि कसैले बोल्छन् भने सो रोगबाट कसैलाई पनि हुनसक्ने मध्ये ठूलो पीडाले सताउँछ भन्ने कुरा सोचेर नै बोलिरहेका हुन्छन्।

ज–जसलाई क्यान्सर रोग लाग्छ तिनलाई देउताको सराप वा पूर्वजन्ममा गरेका पापको कारण नै लागेको हो भन्ने सोचाइका साथ अनावश्यक रूपमा नीच दृष्टिले हेरिन्छ। अर्बुद रोग खासगरी रक्तसम्बन्धी क्यान्सरबारे धेरै अघिदेखि थाहा भए पनि हाम्रो देशमा यो रोग प्रचुर मात्रामा पत्ता लगाएर थालिएको हालसालै मात्र हो। चिकित्सकहरूमा यो रोगबारे अधिक चेतना र रोगबारेमा राम्रो ज्ञान हुनु हो। बिरामीहरूमा पनि यसबारे चेतना हुनु र चाँडचाँडो स्वास्थ परीक्षण गर्न जानुले पनि नेपालमा क्यान्सर छिटो छिटो पत्ता लाग्न थालेको हो भन्ने कुरामा शंका छैन।

विगतका केही वर्षहरूमा क्यान्सरका बिरामीहरू एकनासले बढी रहे पनि संसारका अन्य भागहरूमा जस्तै उपचार विधि नेपालमा सन्तोषजनक छैन। सन्तोषजनक उपचारहरू नहुनुमा धेरै कारणहरू छन्। प्रथमतस् रक्त क्यान्सर भयो भन्ने बित्तिकै मानिसहरू पूणतया निराश हुने गर्छन् र उपचार गराउन हतपत मान्दैनन्। उपचारका लागि चाहिने खर्च यति बढी छ कि क्यान्सर पीडित धेरैजसोको गच्छेले भ्याउँदैन।

औषधि तथा अरु चिजबिज जस्तै, रगत र तत्सम्बन्धी तत्त्वहरू सजिलैसित उपलब्ध हुँदैनन्। अतः यो रोग धेरैको लागि उपचारयोग्य हुँदैन। बिरामीहरूको भाषमा यो रोग असाध्य भए पनि चिकित्सक वा शल्य चिकित्सक भाषामा रोग निदान भएको पाँच वर्षसम्म बिरामीको आयुरेखा लम्ब्याउन सकिएमा वा बिरामीहरूलाई रोगको लक्षणबाट मुक्त राख्न सकिएमा रोग निको भएको मानिन्छ। यस्तो अवस्था तब आउँछ जब क्यान्सरलाई प्राथमिक अवस्थामा नै पत्ता लगाइन्छ। प्रत्येक एकदेखि दुई वर्षमा स्वास्थ परीक्षण नियमित रुपमा गराइनु तथा क्यान्सरको चेतावनी दिने खालको लक्षणहरू देखा पर्नासाथ स्वास्थ परीक्षण गराएमा क्यान्सर छिटै पत्ता लगाउन सकिन्छ।

क्यान्सरको चेतावनीको रूपमा आउने लक्षणहरू

दिसापिसाबका बानी व्यहोरामा परिवर्तन आउनु।

निको नहुने घाउहरू।

असामान्य रक्तस्राव अथवा बहाव।

शरीरको कुनै भागमा अथवा स्तनमा छाला बाक्लो हुनु वा कुनै डल्लो निक्लिनु।

खाना अपच हुनु अथवा खाना निल्न गाह्रो पर्नु।

कुनै मुसो अथवा कोठीमा हठात् परिवर्तन आउनु।

पिरोलिने खोकी लाग्नु र घोक्रो स्वर हुनु।

खानामा असामान्य रुचि कम हुनु।

र, धेरै समयसम्म हल्का ज्वरो आइरहनु।

क्यान्सर छिटो पत्ता लगाएर उपचार गरेमा पीडायुक्त लक्षणहरूबिनै जीवन लम्ब्याउन सकिन्छ। कसलाई थाहा छ र त्यस अवधिभित्र क्यान्सरको निश्चित एवं प्रभावकारी उपचार पत्ता लागिहाल्छ किरु

डा. झाको डाक्टर साहेब भन्नुहुन्छ पुस्तकबाट

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या