Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कस्ता बिरामीलाई पेसमेकर राखिन्छ, जानिराखौँ

कस्ता बिरामीलाई पेसमेकर राखिन्छ, जानिराखौँ

सामान्यतया मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटकसम्म धड्किन्छ। यदि मुटुको चाल ६० भन्दा कम भयो भने चाल कम भएको मानिन्छ भने  १०० भन्दा बढी पटक धड्कियो भने यसलाई मुटुको चाल बढी भयो भनिन्छ।

‘शरीरको आवश्यकताअनुसार चाल बढी हुँदा त्यसले समस्या पार्दैन। जस्तै व्यायामको बेला, खुशी हुँदा’ ,‘कामको धपेडीले यदि चाल बढी हुन्छ भने त्यसलाई सामान्य मानिन्छ।’ तर शरीरको आवश्यकताभन्दा बाहिर गएर मुटुको चाल तल माथि हुँदा समस्या निम्तिने गर्छ। चाहिने भन्दा कम या बढी पटक धड्कियो र बिरामीलाई गाह्रो भयो भने त्यसलाई मुटुको चालको गडबडी भएकाे मानिन्छ । मुटुकाे चाल गडबडी भएमा धेरै बिरामीलाई औषधिले खासै काम गदैन यस्ताे अवस्थामा पेसमेकर राख्नुपर्ने  हुन्छ ।

के हाे त पेसमेकर ?

पेसमेकर भनेको एउटा स्वचालित यन्त्र हो, जाे मानिसको छातीमा राखिन्छ। यसले मुटुको चाल कम भएका अवस्थामा ‘सपोर्ट’ गर्छ। पेसमेकर विभिन्न प्रकारका हुन्छन्। कस्तो खालको पेसमेकर राख्ने भन्ने कुरा बिरामीको अवस्था हेरेर विशेषज्ञ डाक्टरले नै तय गर्छन्।

एकतारे पेसमेकर

यस्तो खालको पेसमेकर मुटुको चाल कम भएको अवस्थामा राखिन्छ। तार जति कम भयाे त्यति नै यसकाे मूल्य कम हुन्छ । तर यसकाे मतलब यसले कम काम गर्ने भन्ने हाेइन । बिरामीकाे आवश्यकता अनुसार याे पेसमेकरकाे छनाैट गरिन्छ ।

दुईतारे पेसमेकर

यो पेसमेकर पनि मुटुको चाल कम भएको अवस्थामा नै राखिन्छ। यो एकतारे पेसमेकर भन्दा अझ बढी उपयोगी हुन्छ। तर सबै बिरामीलाई दुईतारे पेसमेकरले राम्रो हुन्छ भन्ने छैन। एकतारे वा दुईतारे पेसमेकर राख्ने भन्ने कुरा बिरामीको समस्या हेरेर विशेषज्ञ चिकित्सकले निर्धारण गर्छन्।

तीनतारे पेसमेकर

यस्तो खालको पेसमेकर मुटुको काम गर्ने शक्ति कम भई श्वासप्रश्वासमा गाह्रो हुने अवस्थामा राखिन्छ, जसलाई सीआरटी भनिन्छ। यस्तो पेसमेकर राखेको खण्डमा मुटुको काम गर्ने शक्तिमा सुधार भई सास फेर्न गाह्रो हुने समस्या समाधान हुन्छ। तर यस्तो किसिमको सेवा नेपालमा गंगालाल अस्पताल र ह्याम्स अस्पतालमा मात्र उपलब्ध छ। यी अस्पतालमा नियमित रूपमा नेपाली विशेषज्ञद्वारा नै सेवा दिइन्छ।

यसको खर्च केही महंगो भए पनि अन्य देशको तुलनामानेपालमा सस्तो छ। यसको मूल्य करिब पाँच लाख रुपैयाँजति पर्छ।

आईसीडी

आईसीडी यस किसिमको यन्त्र हो, जसले चाल अत्यधिक मात्रामा बढी भई बिरामीको मृत्यु खतरा आएको खण्डमा यसले थाहा पाउँछ र यसले करेन्ट मार्फत मुटुको चाल ठिक पारी बिरामीको ज्यान बचाउँछ। याे सेवा पनि हामीले गंगालाल अस्पतालमा दिइरहेका छाैं।

सीआरटीडी

आईसीडी र तीनतारे दुवै भएका पेसमेकरलाई सीआरटीडी भनिन्छ। केही बिरामीलाई सीआरटीडी आवश्यक पर्छ, जसको खर्च नेपालमा करिब दश लाख जति पर्छ। यसले आईसीडी र तीनतारे पेसमेकर दुवैको काम गर्छ।

गंगालाल अस्पतालमा मात्र ३० भन्दा बढी बिरामीमा सीआरटीडी राखिएको छ। उनीहरू यो सेवा लिएर लाभान्वित भएका छन्। यसका साथै गंगालाल अस्पतलामै हजाराैँ बिरामीले विभिन्न खालका पेसमेकर राखेर स्वास्थ्यलाभ गरिरहेका छन्।

 

  • डा. रोशन राउत

    मुटुको चाल गडबडी सम्बन्धी विशेषज्ञ चिकित्सक डा. राउत गंगालाल अस्पतालमा कार्यरत छन्।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या