शरीर नै नचल्ने बिरामी उपचारपछि आफैँ हिँडेर गएको देख्दा निकै खुशी लाग्छ

मेनुका कार्कीले कालीमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा काम गर्न थालेको १२ वर्ष भइसकेको छ। उनले जनकपुरबाट अनमीको पढाइ सकेपछि इलेक्ट्रोथेरापीसम्बन्धी विशेष तालिम लिएर काम गर्न थालेकी हुन्। अन्य अस्पताल र प्राकृतिक रुपमा उपचार गरिने अस्पतालमा काम गर्ने नर्समा केही भिन्नता छ भन्ने उनको बुझाइ छ। यसपालिको नर्सका कुरा स्तम्भमा उनै मेनुकाका भोगाइका कुरा उनकै शब्दमा–
सामान्यतया हाम्रो काम भनेको बिरामीको सेवा गर्नु नै हो। कसरी बिरामीलाई सहज हुन्छ र छिटो निको हुन्छ भन्नेमै हाम्रो ध्यान केन्द्रित हुन्छ। मेरो पनि त्यही नै हो। म विगत १२ वर्षदेखि यस अस्पतालमा इलेक्ट्रोथेरापी विभागमा काम गरिरहेकी छु। अरुले जस्तै बिरामीको सेवा गरिरहेकी छु। अन्य अस्पतालमा मजस्तै अनमीको काम भनेको बिरामीलाई औषधि दिने, सुई दिने सँगसँगै अन्य रेखदेख पनि गर्नुपर्छ । तर हामीकहाँ औषधि र सुई बोकेर हिड्न पर्दैन । हामी बिरामीको जीवनलाई सहज कसरी बनाउने भन्नेमा फोकस हुन्छौं ।
शरीर नै नचल्ने बिरामीलाई आफैँ हिँडेर गएको देख्न पाउँदा निकै खुशी लाग्छ। बूढाबूढी बिरामीको मैले धेरै नै सेवा गरेकी छु। उनीहरूले जाने बेलामा मलाई आशिष दिएर जान्छन्। मैले आफ्नो जीवनमा धेरै आशिष थापेकी छु। उनीहरूको अनुहारमा झल्किने खुशीले थप काम गर्न उत्साह दिन्छ। कति बिरामी निको भएपछि पछिसम्म भेट्न आउँछन्। कतिले त गिफ्ट समेत ल्याउँँछन्।
नशा च्यापिएका ,हाडजोर्नीमा समस्या भएका ,‘प्यारालाइसिस’ भएका बिरामी हामी कहाँ धेरै आउँछन्। कसैको एक पाखाे नचल्ने हुन्छ कोही पूरै शरीर नचल्ने हुन्छ। उनीहरूलाई निको हुन धेरै समय लाग्छ। हामीले त्यही सेवा दिनुपर्छ। हाम्रो अस्पताल औषधिरहित अस्पताल हो । यहाँ हामीले बिरामीको आवश्यकता अनुसार मसाज, फिजियोथेरापी, अकुपञ्चरलगायत उपचार दिन्छौँ।
सबैको आ–आफ्नो विशेषज्ञता हुन्छ। त्यही किसिमका तालिम लिएर आएका साथीहरू छन्। मचाहिँ इलेक्ट्रोथेरापी विभागमा छु। जुन बिरामीलाई इलेक्ट्रोथेरापीको आवश्यकता पर्छ उनीहरूलाई सेवा दिने काम गर्छु। प्यारालाइसिसले शरीर नै नचल्ने भएका बिरामीलाई ‘रिकभर’ हुन महिनौँ लाग्छ त्यसैले एकै बिरामीलाई सधैं भेट्दा एक किसिमको ‘अट्याचमेन्ट’ हुन्छ। ह्वील चेयरमा शरीर नै नचल्नेगरी आएका कैयौँ बिरामीलाई हामीले निको बनाएर पठाएका छौँ।
कतिपय बिरामी अब मेरो जीवन यक्तिकै हो भनेर निराश हुन्छन्, उनीहरूलाई हामी सम्झाउँछौँ। उनीहरु जस्तै समस्या भएर निको भएका बिरामीको उदाहरण दिन्छौँ। यसले बिरामीलाई ठलो ढाडस मिल्दोरहेछ ।
शरीर नै नचल्ने बिरामीलाई आफैँ हिँडेर गएको देख्न पाउँदा निकै खुशी लाग्छ। मैले बूढाबूढी बिरामीको धेरै नै सेवा गरेकी छु। उनीहरूले जाने बेलामा मलाई आशिष दिएर जान्छन्। मैले आफ्नो जीवनमा धेरै आशिष थापेकी छु। उनीहरूको अनुहारमा झल्किने खुशीले थप काम गर्न उत्साह दिन्छ। कति बिरामी निको भएपछि पछिसम्म भेट्न आउँछन्। कतिले त गिफ्ट समेत ल्याउँँछन्।
हामीकहाँ आउने बिरामीलाई औषधिरहित सेवा दिनु हाम्रो काम हो। हामी बिरामीको बानीव्यहोरा र रुचि हेरेर काम गर्छौँ। बिरामीले हामीसँग सजिलो महसुश गर्छन्। आफ्नो पेशाप्रति मलाई असाध्यै गौरव छ।
मेनुका कार्कीसँग कुराकानीमा आधारित:
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights