Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चस्मा झन्झटिलो भयाे ? गराउनुस् लेजर सर्जरी

चस्मा झन्झटिलो भयाे ? गराउनुस् लेजर सर्जरी

रिफ्रेक्टिभ सर्जरी भनेको आँखामा भएको दृष्टि दोषमा चश्मा लगाउनेलाई लेजर प्रविधिबाट चस्मा हटाउने सर्जरी हो । यो सर्जरी गर्न जम्मा ५ मिनेट लाग्ने गर्छ । सर्जरीमा न त बेहोस पारिन्छ नत दुख्छ नै । त्यसो त सर्जरी मात्र त २५ सेकेण्डमै सकिन्छ ।

हामी आजभोलि धेरै जनाको आँखामा चस्मा देख्छौं। विविध कारणले आँखामा दृष्टि दोष भएपछि चस्मा लगाउनुको विकल्प नै छैन । तर पछिल्लो समय चस्माको पनि विकल्प आएको छ । त्यो विकल्प हो लेजर प्रविधि ।
धेरै पावर वाला चस्मा लगाउनेलाई थाहा हुन्छ एक छिन पनि चस्मा भएन भने कस्तो समसय आउँछ भन्ने । चस्माले हेर्न सजिलो बनाए पनि धेरै कुरामा बाधा बन्न जान्छ । खुट्टा नभएको ब्यक्तिलाई बैशाखी जति आवश्यक हुन्छ त्यसै गरी चश्मा लगाउनेलाई यो त्यति आवश्यक हुन्छ ।

यही समस्या कम गर्न तिलगंगा आँखा अस्पतालले सात वर्ष अघि लेजर प्रविधि मार्फत चस्मा लगाउन नपर्ने सर्जरी शुरु गर्यो । यो बिचमा झण्डै ८ हजारको सर्जरी भइसकेको छ । सर्जरी आफैमा ठुलो हैन तर सबैलाई गर्न मिल्दैन । आँखाको अवस्था कस्तो छ, स्वस्थ छ छैन सबै हेरेपछि मार्फत यो सर्जरी गर्न मिल्छ । आँखाको स्क्यान गरेर लेजर गर्न मिल्छ की मिल्दैन भनेर हेर्ने गरिन्छ । यो निकै महत्वपूर्ण प्रोसेस हो। अठार  वर्ष  भन्दा माथिका ब्यक्तिलाई मात्र यो सेवा दिइन्छ।

नेपालमा निकै सस्तोमा हामीले यो सेवा शुरु गरेका हौं । जसले गर्दा धेरैले चस्माको झण्झट बाट मुक्त पाएका छन्। अस्पतालमा धेरै जसो युवाहरु आउने गरेका छन्। अझ त्यसमा पनि विदेशमा बस्ने नेपालीहरु नेपालमा आएर लेजर गरेर जाने गरेका छन् । अर्को सेवा लिनेमा आर्मी पुलिसमा जान चाहानेहरु पनि हामीकहाँ आउने गर्छन । ब्रिटिस र इन्डियन आर्मीमा जानका लागि चस्मा लगाउनेलाई प्रवेश गर्न दिंदैन त्यसैले पनि उनीह्रु आँखाको लेजर गरेर चस्मा हटाएर जानका लागि आउने गर्छन्।

चस्मा ब्यक्तिका लागि अत्यन्त झन्झटिलो हुन्छ। चस्मा लगाउनेले कतिपय चाहेका कामहरु गर्न सक्दैनन् । स्विमिङ गर्न होस या स्पोर्टस् खेल्दा यसले निकै गाह्रो हुने गर्छ ।

धेरै पावरवाला चस्मा लगाउनेहरुलाई राती उठनुपर्यो भने र चस्मा भेटिएन भने उनीहरु केही पनि गर्न सक्दैनन। कहिलेकाहीं चस्मा फुट्न सक्छ यस्तो अवस्थामा पनि अत्यन्त गाह्रो हुने गर्छ । त्यसैले पनि यो प्रविधि मार्फत चस्मा हटाउन चाहनेहरु धेरै छन्। वर्षौ देखि चस्मा लगाउनेहरुलाई त यो नहुँदा संसार नै अन्धकार हुनपुग्छ।

गृहिणीलाई पनि चस्मा निकै झन्भटिलो बन्ने गर्छ । भान्सामा खाना बनाउँदै गर्दा वाफका कारण चस्मा भरी पानी भरिन्छ। चस्मा कतिपटक पुछ्ने? समस्या हुन्छ । यसैगरी निहुरिएर गर्ने काममा चस्मा खस्ने भाँचिने समस्या त्यक्तिकै हुन्छ ।
यो लेजर सर्जरी दुई तरिकाले गरिन्छ । लेसिक र स्माइल प्रविधि मार्फत । लेसिक सेवा काठमाडौं बाहिर विराटनगरमा पनि शुरु भएको छ । तर स्माइल प्रविधि भने तिलगंगा आँखा अस्पतालमा मात्र उपलब्ध छ ।

स्माइल प्रविधि लेसिक भन्दा बढी आधुनिक र सुरक्षित हुन्छ । त्यसैले हामीले यहाँ धेरै स्माइल मार्फत नै सर्जरी गछौं । यो अलि महंगो पनि छ । त्यसो त नेपालमा यो सेवा निकै सस्तो मानिन्छ । युरोप अमेरिकामा यही सेवा लिंदा ५ लाख देखि ७ लाख सम्म लाग्छ तर नेपालमा हामीले ४० हजारबाट शुरु गरेका हौं । अहिले भने सामानहरु सबै महंगो भएर आएकाले अलि महंगो भएको छ । दुबै आँखाको सर्जरी का लािग हामीले ८० देखि ९० हजार रुपैयाँ लिने गछौं। यो रकम हेर्दा केही महंगो जस्तो लागे पनि यसले चस्माको वर्षौदेखिको झण्झटलाई भने हटाएर जीवन सहज बनाउन ठुलो मद्धत गर्छ ।