बिग्रेका कोषिकाहरूलाई पुनर्जीवन दिने लेजर थेरापी

बिग्रेका कोषिकाहरूलाई पुनर्जीवन दिने लेजर थेरापी

लेजर भनेको एक प्रकारको विकिरण हो। विकिरणको मद्दतले गरिने उपचारलाई नै ‘लेजर थेरापी’ भनिन्छ।  बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर उपचार थेरापी पद्धतिको प्रयोग गरिन्छ।

साथै यो उपचार विधिलाई ‘हिलिङ थेरापी’समेत भनिन्छ। यसको प्रयोग मुख्यतः शरीरका विभिन्न भागमा हुने दुखाई कम गर्न उपयोगी ठानिन्छ। यस विधिमा लेजर प्रकाशको खास प्रयोग हुन्छ जुन दुखाइयुक्त स्थानमा लक्ष्य गरी उपकरणको माध्यमबाट प्रकाश पार्ने गरिन्छ। त्यसैले यसलाई ‘टार्गेट पद्धति’ समेत भन्ने गरिन्छ।

यसमा कम शक्तिको विकिरणबाट सेकेर विभिन्न चार सय बढी प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ। यसको प्रयोगमा कुनै पनि साइड इफेक्ट हुँदैन। यो अयुर्वेदिक होमियोप्याथिक र एलोपेथिक उपचारसँगै एकै समयमा प्रयोग गर्न सकिन्छ, जसले कोषिकालाई नयाँ जीवन दिन्छ।

लेजर थेरापीमा लेजर मेसिनबाट निस्केको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी गहिराइसम्म सेक्ने काम गर्छ, जसले गर्दा दुखाइ कम हुन्छ। सुन्निएको ठीक हुन्छ। रक्तसञ्चालन सक्रिय गराई अंगको कोषिका र तन्तुलाई नयाँ जीवन दिन्छ र रोग निको हुन्छ।

लेजर थेरापी गर्न सकिने रोगहरू

लेजर थेरापी विभिन्न रोगहरुमा दिन सकिन्छ तर विशेष गरी यो पद्धति दुखाईमा बढी प्रभावकारी हुन्छ । ढाडमा नशा च्यापिएका, घुँडा दुखने समस्या भएका, बाथ रोगका कारण मांसपेशीमा दुखाइ भएका, हाडजोर्नी छालामा विभिन्न किसिमका घाउ दाग भएका बिरामीलाई पनि यो उपचार दिन सकिन्छ । साथै मष्तिष्काघात भएर पक्षघात भएका बिरामीलाई पनि यसले लाभ दिन्छ ।

लेजर थेरापीले असर गर्छ की भनेर डराउने बिरामी पनि छन । तर यसले कुनै पनि साइड इफेक्ट गर्दैन । हामीले हजारौं बिरामीलाई उपचार मार्फत निको बनाएका छौं। यही भ्रमका कारण शुरुमा उपचार गर्न डराउने पनि छन्। लेजरमा विकिरण प्रयोग हुने हुँद यसले तन्तुहरुलाई सक्रिय बनाई दुखाई कम गर्ने काम गर्छ। त्यसैले यो उपचार लिन डराउनुपर्दैन।

लामो समयसम्म कडा औषधिको प्रयोगले पेट र मिर्गौलामा खराब गर्न सक्छ र उपचार गर्दा गर्दै रोग बिग्रिन सक्छ। त्यसैले लेजर थेरापीबाट  उपचार गरेमा यी खराबीबाट बच्न सकिन्छ र रोग पूर्णरूपमा निको हुन्छ।

 

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?