क्यान्सर उपचारमा पोषणको महत्त्व

क्यान्सर उपचारमा पोषणको औषधिको जति महत्त्व हुन्छ त्यति नै हुनेगर्छ । हेर्दा सरल र सामान्य देखिने, सबैले जानेको तर रोग अवस्थामा औषधि र खानपान मिलाउनु पर्दा निकै जटिल बन्ने गरेको पाउँछौँ।
क्यान्सर उपचारमा खानेकुरा नखाने भन्दा पनि औषधिको असर देखिएमा सोहीअनुसार खाना पकाउने र खाने तरिका दुवैमा परिमार्जन गर्नु पर्दछ । बिरामीमा किमोथेरापी दिँदा दैनिक खाने खाना खान हुँदैन भन्ने गलत धारणा पाइन्छ ।
जसले गर्दा बिरामीलाई पौष्टिक तत्व नपुगेर शारीरिक रूपमा कमजोर बन्दै जान्छन। यसले रोग निको हुन पनि बाधा पुर्याउन सक्छ । क्यान्सरको उपचार मध्ये किमो दिँदा केही ‘साइड इफेक्ट’ हुन्छन्, जसले खानामा अरुचि बढाउने मात्र होइन खाएको नपच्ने, वाकवाकी लाग्ने हुनसक्छ। यसका लागि बिरामीलाई सम्झाएर उनीहरूको रुचिअनुसार र आवश्यकता अनुसार खाना खुवाउनुपर्छ । जुन काम डाइटिसियनले गर्छन ।
हामीले हाम्रो अस्पतालमा डाइटलाई प्रमुख प्रथामिकतामा राखेका छौं। कुन बिरामीलाई कस्तो डाइट चाहिन्छ भनेर हेर्छौ अनि त्यही अनुसार खाना दिने गछौं। यसले उनीहरुलाई कमजोर बन्न दिंदैन ।
केमो लगाउँदा किन पौष्टिक खानपानमा ध्यान दिनुपर्छ ?
शारीरिक तौल कायम राख्न
स्फूर्त रहन
किमोथेरापीको असर कम गर्न
संक्रमणबाट जोगाउन
स्वस्थ र असल खाना भनेको मौसम अनुसारको हो त्यसैले महँगा र बेमौसमी खानेकुरालाई प्राथमिकता नदिनु नै बुद्घिमता हुन्छ । प्रकृतिले क्यान्सरका लागि नै भनेर छुट्टै खानेकुरा दिएको छैन तर प्रकृतिमा भएको खानेकुरालाई नै मिलाएर खान सक्नुपर्छ । क्यान्सरसँग लड्नको लागि चाहिने खानेकुरा भनेको कार्बोहाइडे्रट,प्रोटिन,चिल्लो, भिटामिन,खनिज तत्त्व साथै पानी नै हो। त्यसैले डाइटिसियनको भूमिका यहाँ अझ बढी हुन्छ कसरी बिरामीको अवस्था अनुसार आवश्यक पौष्टिक तत्व योजना गर्ने भन्नेमा।
कार्बोहाइड्रेटको प्रमुख श्रोत चामल, गहुँ, कोदो, मकै, फापर, जौ, साथै पिठो,च्याख्ला, चिउरा,विस्कुट, पाउरोटी, सुजी, किनवा र आलु, तरुल, पिडालु, सख्खर खण्ड हुन्।
त्यस्तै प्रोटिनमा दाल, गेडागुडी, माछामासु, दुध, दही, अण्डा आदी पर्छन्। हाम्रो शरीरलाई चिल्लो पनि चाहिन्छ। चिल्लो पाइने खानाहररूमा तेल घ्यु नौनी,चिज,मायोनिज साथै काजु, पिस्ता, कागजी बदाम आदि पर्दछन्। मौसमी तरकारी फलफूल सबै खान सकिन्छ तर राम्ररी तातो पानीले पखालेर मात्र दिनुपर्छ ।
यी नै खानेकुराहरुलाई मिलाई खुवाउनेलाई हामी ‘डाइट’ भन्छौँ, जसको भूमिका क्यान्सर निको पार्नका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights