Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरका लागि चाहिने किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया तीन वटै प्रविधि नेपालमै छ

क्यान्सरका लागि चाहिने किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया तीन वटै प्रविधि नेपालमै छ

क्यान्सर भन्नेवित्तिकै अधिकांशले ‘मृत्यु’ भन्ने गरेको कुरा हामी डाक्टरका लागि नौलो कुरा होइन। हामी प्रत्येक दिन बिरामीलाई क्यान्सर लाग्दैमा मर्ने होइन यसको समयमै उपचार गरे निको हुन्छ भनेर भन्ने गर्छौँ।

नेपालमा पछिल्लो समय क्यान्सर उपचारमा प्रविधिले निकै फड्को मारिसकेको छ। यसको उपचारमा प्रयोग हुने किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया यो तीनवटै प्रविधि नेपालमै छ। क्यान्सर लागेपछि आजभन्दा १० -१५ वर्षअघि जस्तो भारत वा अन्य देश जानुपर्ने बाध्यता लगभग पूर्णरूपमा बन्द भएको छ। तर पनि दुखलाग्दाे कुरा अझै धेरै बिरामी उपचारका लागि भारत जान्छन्।

क्यान्सरका  बिरामीकाे मृत्यु भएकाे खबर आइरहेको हुन्छ तर फलानो ब्यक्तिको क्यान्सर रोग निको भयो भन्ने खबर आउँदैन त्यसैले पनि मानिसमा यो रोग लागेपछि त मरिहालिन्छ की भन्ने भ्रम छ । नेपालमै उपचार गरेर निको भएका हाम्रा हजारौं बिरामी छन्। उनीहरु समाजमा मलाई क्यान्सर निको भयो भनेर अघि आउन जरुरी छ । यसले क्यान्सरका बिरामीलाई म पनि निको हुनसक्छु भन्ने मनोबल बढाउँछ ।

यति मात्र होइन भएको जायजेथा सबै सकेर अन्तिममा नेपाल आउँछन् र उपचार गराउँछन्। यहाँ उपचाररत कुनै क्यान्सर रोगीको मृत्यु भयो भने पनि ‘नेपालका डाक्टरले उपचार गर्दा निको भएन’ भनेर भन्ने गरेको सुन्छौँ।

यसले नराम्रो सन्देश दिन्छ जस्तो मलाई लाग्छ। भारतका अस्पतालमा गर्ने उपचार र नेपालमा गर्ने उपचारमा केही फरक छैन। भारतमा जाँदा एक त महिनौँ बस्न पर्ने हुँदा बढी खर्च लाग्नु स्वभाविक हो अर्को कुरा साथी लिएर जानुपर्यो। त्यसमा पनि खर्च बढ्यो। स्वाभाविक रूमा नै नेपाल भन्दा भारतमा उपचार महंगो छ ।

यी सबै पक्ष विचार गर्दा आफ्नो देशमा परिवारसँगै बसेर उपचार गर्दा बिरामीलाई सहज हुन्छ। बिरामीको आत्मबल पनि बढ्छ। यही कुरा हामी वर्षौँदेखि गरिरहेका छौँ। तर पनि ‘एकपटक भारतमा देखाएर आऊँ’ भन्दै जान्छन्। सबै पैसा सकेर रोग झन् बढाएर आउँछन्। यसको मतलब भारतामा रोग निको हुँदैन भन्ने होइन। जुन रोग भारतमा निको हुन्छ त्यो भन्दा निकै सस्तोमा घरमै बसेर नेपालमै निको हुन्छ मात्र भन्न खोजेको हुँ।

अर्को कुरा क्यान्सरका  बिरामीकाे मृत्यु भएकाे खबर आइरहेको हुन्छ तर फलानो ब्यक्तिको क्यान्सर रोग निको भयो भन्ने खबर आउँदैन त्यसैले पनि मानिसमा यो रोग लागेपछि त मरिहालिन्छ की भन्ने भ्रम छ । नेपालमै उपचार गरेर निको भएका हाम्रा हजारौं बिरामी छन्। उनीहरु समाजमा मलाई क्यान्सर निको भयो भनेर अघि आउन जरुरी छ । यसले क्यान्सरका बिरामीलाई म पनि निको हुनसक्छु भन्ने मनोबल बढाउँछ ।

पछिल्लो समय हाम्रो अस्पतालमा भारतमा उपचार गरेर ‘फलो अप’ यहाँ गर्ने बिरामी धेरै छन्। उनीहरू अहिले यहाँ उपचार गर्न थालेपछि बल्ल ‘किन उता गएँ हुँला’ भनेर पछुताउने गर्छन्।सरकारले क्यान्सर रोगीका लागि एक लाख रुपैयाँ सहयाेग उपलब्ध गराउँछ।

आज क्यान्सर दिवस मनाइरहँदा म बिरामीलाई के भन्न चाहन्छु भने यो रोगको उपचार नेपालमै सम्भव छ। त्यसैले नेपालमै परिवारसँगै बसेर उपचार गराउँदा मनाेबल पनि उच्च हुने हुनाले यसबारे बुझ्न र बुझाउन जरुरी छ।

  • डा.सुदिप श्रेष्ठ

    क्यान्सर रोग विशेषज्ञ डा.श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष हुन्।

थप समाचार

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा

यस्तो छ ‘हट स्टोन मसाज’ को फाइदा