नेपाल विश्वभरको योग गन्तव्य बन्नसक्छ

माघ १ अर्थात् राष्ट्रिय योग दिवस। विश्वव्यापी रूपमा जुन २१ लाई योग दिवस मानिए पनि हामी भने माघे संक्रान्तिका दिन मान्छौँ। नेपाल लगायत २४ वटा देशले योग दिवस मनाउन थालेको २०३६ सालदेखि नै हो।
हामीले त्याे वेलादेखि नै योगलाई महत्त्व दिनुपर्छ यो हाम्रो पहिचान हो भनेर शुरु गरेका थियौँ। यो विषयलाई लिएर पञ्चायतकालदेखि नै प्रयास गर्दै आएका थियौँ। तर त्यतिवेला कसैले पनि हाम्रो कुरा सुनेनन्।
जब भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए त्यसबेला उनले योगलाई मुख्य एजेण्डा बनाएर अन्तर्राष्ट्रिय फोरममा कुरा गरे। त्यसपछि मात्र आधिकारिक रूपमा यो दिवस मनाउन थालियो ।
नेपालमा योगको प्रादुर्भाव भएको हो। यहीँबाट शुरुवात भएको हो। यही कुरा बुझाउन हामीले धेरै नै प्रयास पनि गर्यौँ। तर अहिले अरुले चर्चा गरेपछि मात्र नेपालले पनि यसको महत्त्व बुझ्दैछ।
तर वास्तवमा भन्ने हो भने योग हाम्रोे हो। नेपालमा योगको प्रादुर्भाव भएको हो। यहीँबाट शुरुवात भएको हो। यही कुरा बुझाउन हामीले धेरै नै प्रयास पनि गर्यौँ। तर अहिले अरुले चर्चा गरेपछि मात्र नेपालले पनि यसको महत्त्व बुझ्दैछ।
शिव, जनक र बुद्धको सभ्यता योगसँग जोडिएर आउने कुरा त हामी सबैलाई थाहा नै छ।
नेपाल साँच्चिकै योगको गन्तव्य बन्नसक्छ। प्राकृतिक रूपमा पनि सुन्दर हाम्रो देशले योग पर्यटनमा ध्यान दिन सके देशलाई पनि समुन्नत बनाउन सकिन्छ। अहिले पनि भारत र चीनमा योगगुरुको माग अत्यधिक छ। अझ विशेषगरी चीनमा नेपाली योग गुरुको माग धेरै छ। कमाइ पनि निकै राम्रो छ। २०\३० हजार रुपैयाँ कमाउन धेरै युवा खाडी मुलुक जान्छन्।एक जना योग प्रशिक्षकले मासिक रूपमा एक लाखदेखि चार लाखसम्म कमाउन सक्छन्। यसतर्फ सरकारको ध्यान गएको छैन।
अर्को कुरा सरकारले योगलाई माध्यमिक तहदेखिको उच्च शिक्षासम्म पाठ्यक्रममा राख्न सक्यौँ भने यसले एक त व्यक्तिलाई अनुशासित बनाउन सिकाउँछ अका आर्थिक रूपमा पनि सम्पन्न बनाउँछ। हामीले यसका बारेमा धेरै पटक छलफल समेत गरेका छौँ। अहिले ‘सर्ट टर्म’ कोर्स छन् तर, उच्च शिक्षा दिनेगरी योगको पढाइ शुरु हुन सकेको छैन।
योगका फाइदा
योगका धेरै फाइदा छन् भन्ने तथ्य हामीमध्ये धेरैलाई थाहा नै छ तर हामी यसलाई व्यवहारमा भने लागू गर्न सकेका छैनौँ। यो एउटा ‘सिस्टम अफ मेसिडसिन’ हो।
पछिल्लो समय विश्वभर नै नसर्ने रोगको बिगबिगी छ। त्यसलाई कम गर्न योगको महत्त्वपूर्ण भूमिका छ। यसका साथै योगको औपचारिक शिक्षा शुरु गरेर हामीले देशलाई आर्थिक समृद्धितर्फ लग्न सहयोग गर्न सक्छौँ। अहिले भारतबाट प्रशिक्षक आएर एक हप्ताको तालिम दिएर जान्छन् र नेपालको पैसा उतै लग्छन्। यी कुरा रोक्नका लागि हामीले पहल गर्नुपर्छ।
अस्पतालमा समाजका विभिन्न तहमा योग युनिट खडा गरी हामीले यसलाई सञ्चालन गर्न सके तनावबाट हुने रोगलाई धेरै हदसम्म कम गर्न सकिन्छ। विश्वविद्यालयले पनि योग विभाग खडा गर्न जरुरी छ।
हामीले वर्षको एक दिन योग दिवस मनाएर मख्ख पर्ने होइन, यसलाई प्राथमिकतामा राखेर अघि बढाउने हो भने नेपाल विश्वभरको योग गन्तव्य बन्नसक्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights