‘इलेक्ट्रोनिक ग्याजेटले’ निम्त्याइरहेकाे छ बालबालिकाकाे आँखामा समस्या

‘इलेक्ट्रोनिक ग्याजेटले’ निम्त्याइरहेकाे छ बालबालिकाकाे आँखामा समस्या

बालबालिकाहरुले आजभोलि ‘इलेक्ट्रोनिक ग्याजेट’हरु धेरै नै प्रयोग गर्छन्। उनीहरू धेरैजसो समय मोबाइल, ल्यापटप, टीभी, भिडियो गेमहरु मै रमाइराखेका हुन्छन्। यस्ता कुरामा अभिभावकहरूले पनि त्यति ध्यान दिएको पाइँदैन।

इलेक्ट्रोनिक ग्याजेटहरुमा निरन्तर खेल्दा, हेर्दा सानै उमेरमा टाउको, आँखा दुख्नेदेखि लिएर आँखाको सामान्य झिमझिम गर्ने दरमा समेत कम हुन्छ। त्यसले गर्दा जुन आँसु सबैतिर फैलिनु पर्ने हो त्यो फैलिन कम हुन्छ। यसले गर्दा आँखा सुख्खा हुन्छ अनि ‘आँखा पोल्यो, बिझायो’ भन्ने गर्छन्। त्योबाहेक पनि लगातार इलेक्ट्रोनिक ग्याजेटहरुमा हेरिरहँदा ‘ग्लेयर लाइट’ उनीहरूको आँखामा पर्छ। त्यसपछि आँखा थाक्ने जस्ता समस्या देखिन्छन्।

टाढाबाट हेर्ने टीभीहरुभन्दा पनि नजिकबाट प्रयोग हुने मोबाइल अथवा ग्याजेट झन् खराब हुन्छ। यसले ‘मायोपिया’ एक प्रकारको रोग निम्त्याउँछ, जसमा टाढाको राम्ररी देखिँदैन। मायोपिया नजिकबाट प्रयोग गरिने ग्याजेटले निम्त्याउँछ अथवा बढाउँछ । त्यसकारण नजिकबाट प्रयोग गरिने ग्याजेटलाई सकेसम्म धेरै चलाउन दिनु हुँदैन। यदि कोही मायोपिक नै छ, पहिलेबाट नै चस्माको प्रयोग पनि गरिराखेको छन् भने उनीहरुले नजिकबाट प्रयाग गर्ने ग्याजेट प्रयोग गर्दा ‘माइनस पावर’लाई अझ बढाउँछ।

हामीले देखिरहेको हुन्छौँ बच्चाहरु भनेको मान्दैनन्। रोए भने उनीहरूलाई फकाउन इलेक्ट्रोनिक ग्याजेटहरु दिने गर्छौँ। यो हामीले नै बिगारेको बानी हो। त्यसलाई हामीले केही हदसम्म रोक्नैपर्छ। यसमा अभिभावकको भूमिका त ठूलो नै हुन्छ। त्यसकारण अभिभावकहरुले इलेक्ट्रोनिक ग्याजेटहरु बच्चाहरुलाई सकेसम्म कम प्रयोग गर्न दिए राम्रो हुन्छ। कम्प्युटरमा बढी काम गर्नेलाई मेडिकल भाषामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भनिन्छ। बच्चा मात्र नभएर ठूला मान्छेलाई पनि हुन्छ।

यसको असरबारे बच्चाहरूले बुझ्नेगरी बताइदिए उनीहरु आफैँ पनि सचेत हुन सक्छन््। बच्चाहरूले सँधै त मान्दैनन्। त्यसकारण अभिभावकले नै इलेक्ट्रोनिक ग्याजेटको प्रयोग सिमित गरिदिनुपर्र्छ। कम्प्लिकेसन भन्दा पनि कम्प्लेन लिएर आउँछन् बिरामीहरू। कैयौँ घण्टा लगातार इलेक्ट्रोनिक ग्याजेटमा हेर्दा आँखामा जोड परेर टाउको दुख्ने, आँखा पोल्ने, धेरै आँसु आउने जस्ता समस्या बोकेर आउँछन्।

धुलो र धुवाँले पनि आँखामा ‘एलर्जिक रियाक्सन्’ हुन्छ जसले गर्दा आँखा चिलाउने जस्ता समस्या आउँछन्। पहिले काठमाडौंमा ‘एलर्जिक कन्जन्क्टिभाइटिस’को समस्या लिएर बतास चल्ने मौसममा धुलो, फूलको ‘पोलेन्स’हरु बढी उड्ने भएर बढी आउने गर्थे। अहिले धुलो, धुवाँ यति बढेको छ कि यसले गर्दा आँखा बिजाउने, चिलाउने, रातो हुने, आँखाबाट आँसु आउने जस्ता समस्या धेरै नै बढेको छ।

मोटरसाइकल चलाउनेहरु अझ बढी यसको खतरामा छन्। मोटरसाइकल चलाउँदा ‘प्रोटेक्टिभ ग्लास’को गर्दा कम्तीमा धुलोबाट बच्न सकिन्छ। बिहान, बेलुका मुख धुँदा सफा पानीले दुवै आँखा पखाल्ने गर्दा पनि यसबाट बच्न सकिन्छ। दिनभरि काम गरेर घर आएपछि सफा पानीले मुख धुँदा आँखामा जमेको धुलो पखालिन्छ। यो हामीले सँधै गर्यौँ भने आँखालाई स्वस्थ राख्न मद्दत गर्छ।

आँखा उपचारका लागि हरेक किसिमका बिरामीहरु आउने गर्छन्। आँखा पाक्ने रोग लागेर वर्षभरि नै आउँछन्, पहिले गर्मीमा बढी हुन्थ्यो भने अहिले जाडोमा पनि धेरै आउने गरेका छन्। धेरै जस्तो दृष्टिदोष भएका बिरामी आउन्छन्, जसलाई ‘रिफ्य्राक्टिभ एरर्’ भनिन्छ। बच्चाहरुमा डेढो आँखा, अल्छी आँखा भएका बिरामी धेरै आउँछन् भने ठूलोमा मोतिबिन्दु भएको बिरामी धेरै आउँछन्। त्योबाहेक अहिले ‘सिडेन्ट्रि ह्याबिट’, जीवनशैलीको परिवर्तनले गर्दा भएको समस्या लिएर आउँछन्। मधुमेहका कारण हुने ‘डायबेटिक रेटिनोप्याथी’का बिरामी अहिले बढेका छन्।

लेखपढ गर्दा सही रूपमा ‘इलुमिनेसन’ हुन पर्यो, धुलो, धुवाँमा गएपछि आँखा धुनु पर्यो। आफूलाई आँखामा केही समस्या हुँदा औषधि पसलमा गएर फर्मासिस्टले दिएको औषधि आफैँ किनेर आँखामा हाल्ने काम गर्नुभएन। किन्दा कहिलेकाहीँ कडा किसिमको औषधि पर्नसक्छ। यसले आँखामा राम्रोभन्दा नराम्रो बढी गर्छ। आँखामा कुनै किसिमको समस्या आएको खण्डमा सम्बन्धित चिकित्सककहाँ पुगेर उपचार गराउनु पर्छ।

सबैभन्दा जरुरी, बालबालिकाले आँखामा भएको समस्या आफैँ नबताउने भएकाले नियमित रूपमा आफैँले ६–६ महिनामा आँखा जाँच गराउन चिकित्सककाेमा लैजानु पर्छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?