Health TV Online
Health TV Online

यौन दुर्बलता पनि निम्त्याउँछ मधुमेहले

यौन दुर्बलता पनि निम्त्याउँछ मधुमेहले

मधुमेहले मिर्गौला, मुटु, नसा,आँखामा असर गर्छ भन्ने कुरा धेरैलाई थाहा छ तर यसले यौन दुर्बलता पनि निम्त्याउँछ भन्ने कुरा कमै व्यक्तिलाई मात्र जानकारी छ।

मधुमेह भएको पाँचदेखि १० वर्ष भएका ५० प्रतिशत पुरुषमा यौन दुर्बलता हुने एक तथ्यांकले देखएको छ। यस्ता व्यक्तिमा यौन इच्छा कम हुने, लिंगको उत्तेजनामा कमी आउनेलगायत समस्या देखिन्छ। तर मधुमेहका कारण यस्तो भएको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ। थाहा भए पनि धेरै मानिस बाहिर यो कुरा गर्न चाहँदैनन्।

मधुमेहका बिरामीको लिंगको रक्त धमनीमा बोसो जमेर रक्तसञ्चारमा कमी आउने समस्या हुन्छ, जसले गर्दा उत्तेजना कम हुने र यौन इच्छा कम हुने समस्या हुन्छ। यसलाई ‘डाइबेटिक न्यूराेप्याथी’ भनिन्छ। यसले हातखुट्टाका नसामा असर गरेजस्तै पुरुष अंगको नसामा असर गर्छ ।

साथै मधुमेह भएका पुरुषमा हर्मोनको कमी हुँदै जान्छ कतिपय अवस्थामा यस्ता व्यक्तिमा ‘डिप्रेसन’ हुने सम्भावना पनि हुन्छ। महिलाको हकमा खासै अध्ययन नभए पनि महिलामा पनि यौन इच्छा कम हुने भने देखिन्छ ।

सम्भव छ उपचार 

मधुमेह रोगले धेरै रोगलाई निम्त्याउँछ । त्यसैले यसलाई नियन्त्रणमा राख्नु नै पहिलो उत्तम उपाय हो। यससँगै यौन दुर्बलताको पनि उपचार सम्भव छ। चिकित्सकको परामर्शअनुसार औषधि खाने हो भने यो समस्या कम हुँदै जान्छ। कतिपय अवस्थामा पुरुष हर्मोन कम छ भने यो हर्मोन औषधि दिने गरिन्छ। अन्य उपचार प्रणली पनि छन्। तर बिरामी मलाई समस्या छ भन्न हिच्किचाउँछन्।

आजभोलि मकहाँ आउने हरेक बिरामीलाई उनीहरूको यौन इच्छाको बारेमा सोध्ने गरेको छु। शुरुमा अप्ठेरो मान्ने भए पनि बिस्तारै खुल्न थालेका छन्। यौन जीवन सौहार्द नहुँदा पारिवारिक अन्य समस्या भएका बिरामीहरू पनि छन्, जो खुल्न सकेका छैनन्। मधुमेह रोग लागेर यस्तो भयो होला वा उमेर सँगै यस्तै होला भन्दै बस्छन्।

निको पार्न सकिने समस्यामा पनि बिरामी चुप लागेर बस्दा जीवन निरस बन्दै जान्छ । यस्ता व्यक्तिमा हीनताबोध पनि हुन थाल्छ। त्यसैले यदि मधुमेह भएको पाँच वर्षभन्दा बढी भएको छ भने र यौनचाहना घट्दै गएको छ यसको उपचार हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ।

हामीले यस्ता धेरै पुरुषहरुको उपचार गरेका छौँ। हुन त यो सेवा शुरु गरेकाे धेरै भएको छैन।  छाेटो समयमै धेर व्यक्तिले सेवा पाइसकेका छन्। आफूले छोटो समयको उपचारमै स्वस्थ भइन्छ भन्ने सोच्न जरुरी छ। अर्को कुरा, बिरामीले हरेक पटक चिकित्सकलाई भेट्दा आफ्ना सबै समस्या खुलेर भन्ने बानी बसाल्ने हो भने उपचार गर्न सहज हुन्छ।

अमेरिकामा गरिएको एक अध्धयनले हृदयाघात भएर आएका केही मधुमेहका बिरामीमा पाँच, छ वर्ष अघि नै बिरामीको लिंगमा उत्तेजना कमी भएको भेटिएको छ। त्यसैले उनीहरुले मधुमेहीमा हृदयाघात हुने एउटा महत्त्वपूर्ण ‘इन्डिकेटर’ यो हुनसक्छ भनेर थप अनुसन्धान गरिरहेका छन्।

  • डा.विनय भट्टराई

    मधुमेह राेग विशेषज्ञ डा.भट्टराई मेट्राे काठमाडाैं अस्पतालमा कायर्रत छन्।

थप समाचार

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या