शारीरिक गतिविधिले हुने फाइदाहरू

शारीरिक गतिविधि नियमित नगरेमा हृदयाघात र मस्तिष्काघात लगायत अन्य मुटु र रक्तनलीसम्बन्धी रोगहरू (सीभीडी) लाग्ने सम्भावना बढी हुन्छ। नियमित शारीरिक गतिविधिले सीभीडीको सम्भावनालाई घटाउँछ। मधुमेह, रक्तचाप र हृदयाघात आदिबाट पीडित बिरामीलाई नियमित शारीरिक गतिविधिले धेरै फाइदा पुर्याउँछ। नियमित शारीरिक गतिविधि सुरु गरेपछि बन्द गर्नु हुँदैन।
बन्द गरेमा शारीरिक गतिविधिबाट प्राप्त भएको सबै स्वास्थ्यलाभ केही दिनमा नै हराउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा सदैव क्रियाशील रहनु नै हो। नियमित शारीरिक गतिविधिबाट दुईवटा प्रमुख फाइदा हुन्छ।
पहिलो, अङ्गहरुको रक्तसञ्चारमा सुधार ल्याउँछ जसले गर्दा अङ्गहरू स्वस्थ रहन्छन्। दोस्रो क्यालोरी खर्च गर्छ, जसले गर्दा मोटोपना हुन दिँदैन।
साइकल चलाउनु स्वास्थ्यको लागि धेरै राम्रो मानिन्छ। तर वृद्ध अवस्थामा साइकलबाट लडेर दुर्घटना हुने सम्भावना बढी भएकोले हिँड्नु नै राम्रो सल्लाह हुन्छ।
शारीरिक गतिविधिले हुने फाइदाहरू
स्वस्थ मानिसमा मधुमेह, उच्च रक्तचाप, मोटोपना, क्यान्सर आदिको रोकथाम। अस्वस्थ मानिसमा सुगर, रक्तचाप, कोलेस्ट्रोल घटाउँछ र तौललाई नियन्त्रणमा राख्छ।
अन्य फाइदा
स्फूर्ति आउँछ।
आत्मबल राम्रो हुन्छ।
खाना रुच्छ। निन्द्रा राम्रो लाग्छ।
मानसिक तनाव कम गर्छ।
मांसपेशी बलियो बनाउँछ।
शरीरमा अक्सिजनको मात्रा बढाउँछ।
शारीरिक गतिविधि गर्दा ध्यान दिनुपर्ने अवस्थाहरू
हृदयाघात भएको एक महिना भित्र, मस्तिष्कघात भएको, अनियन्त्रित रक्तचाप भएको, मुटु कमजोर भएको, हिँड्दा छाती दुख्ने, मुटुको अपे्रसन भएको पहिलो महिनाभित्र शारीरिक शुरु गर्नु अगाडि चिकित्सकसँग परामर्श लिनुपर्छ।
शारीरिक गतिविधि गर्दा ध्यान दिनुपर्ने कुरा
शरीरिक गतिविधिले रक्तसञ्चारमा सुधार ल्याएर शारीरिक महत्वपूर्ण अङ्गहरुलाई स्वस्थ राखन मद्दत गर्छ। जुुनसुकै उमेरका मानिसहरूको लागि हिँडडुल गर्नु वा खेलकुद फाइदाजनक मानिन्छ। विभिन्न प्रकारका शारीरिक गतिविधिहरु मध्ये जुनसुकै अभ्यास गर्न सकिन्छ। कुनै पनि प्रकारको शारीरिक गतिविधि गर्न मिल्छ। आफूलाई सजिलो र उपयुक्त हुने तरिका छानेर अगाडि बढ्नुपर्छ। समग्र रुपमा हेर्दा सर्वोत्तम तरिका भनेको हिँडडुल नै हो।
जुनसुकै तरिका अपनाए पनि मूल कुराहमा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ। शारीरिक गतिविधि बिस्तारै सुरु गर्नुपर्छ। आफ्नो शरीरको अनुकुल बिस्तारै बिस्तारै समय र गति बढाउँदै लग्नुपर्छ। दैनिक एक घण्टासम्म हिड्न सक्ने अवस्थामा पुग्न केही हप्तासम्मको समय लिनु नराम्रो होइन।
विशेषगरी मुटुका रोगीहरूले हिँड्दा बिस्तारै शुरु गर्नुपर्छ र आफ्नो स्वास्थ्यको अनुकुल केह ीत्यस्तो समस्या छ भने ‘कस्तो किसिमको र कति बेरसम्म शारीरिक गतिविधि गर्ने हो’, आफ्नो चिकित्सकलाई सोध्नु राम्रो हुन्छ। जाडो महिनामा धेरै चिसोमा हिँड्नु हुँदैन। गर्मी स्वस्थ मानिसले भने चिसोमा पनि हिँड्न मिल्छ।
डा.ओममूर्ति अनिलको पुस्तक ‘म पनि डाक्टर’ बाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights