Health TV Online
Health TV Online
Health TV Online

हर्लिक्स–भिभाले बुद्धि र उचाइ होइन फजुल खर्चचाहिँ बढाउँछ (भिडियाे सहित)

Subscribe our Youtube channel

हर्लिक्सको वर्गमा पर्ने भिभा, बर्नभिटा र कम्प्लेन आदि खानेकुरा जौ, गहुँ आदिबाट बनेका हुन्छन्। बिक्रीका लागि सञ्चारमाध्यममा बढाइचढाइ गरी विज्ञापन गरिन्छ। आम मानिसको ‘सेन्टिमेन्ट क्याच’ गर्न यस्ता खानेकुराको विज्ञापनमा ‘सेलिब्रेटी’को प्रयोग गरिएको हुन्छ।

फिल्मी कलाकार, खेलाडी आदिले ‘यो खानेकुरा पौष्टिक छ, यो खाँदा बुद्धि बढ्छ, हड्डी बलियो बनाउँछ, उचाइ बढ्छ’ भनेपछि सर्वसाधारण नझुक्किने कुरा भएन। हानि गर्ने हुँदो हो त त्यत्रा त्यत्रा कलाकारले किन खान हुन्छ भन्ने सोच आममानिसमा पाइन्छ।

अझ कतिपय डाक्टरले समेत यसको सिफारिस गर्छन्। तर यी सबै कुरा गलत हुन्। यस्ता खानेकुरा केबाट बन्छन् भन्ने बुझ्न जरुरी छ। जौ वा गहुँको पिठो, दूध र चिनीको मिश्रणबाट तयार हुन्छ, कम्प्लेन, हर्लिक्स र बर्नभिटा ।

हर्लिक्स कम्पनीले बेलायत, अमेरिका जस्ता विकसित राष्ट्रमा यो किसिमको प्रचार गर्न पाउँदैनन्। किनभने ती राष्ट्रमा नीति, नियम कडा छ, गलत कुराको प्रचार गर्न पाइँदैन। हाम्रो देशमा पनि त्यस किसिमको कानुन र लिखित नीति त छ तर कानुनले बेवास्ता गरेका कारण जसले जे बोल्न पनि छुट पाएका छन्। सर्वसाधारणमाथि भ्रम फैलाउन पाइरहेका छन्।

यदि हर्लिक्स, बर्नभिटा खाएर हड्डी बलियो हुने, बुद्धि बढ्ने, उचाइ बढ्ने हुन्थ्यो भने ती कम्पनीका मालिक र कामदारका छोरा–छोरी, आफन्त सबै बलवान् र बुद्धिमान् हुन्थे होला।

यस किसिमको प्रचारले प्रायः आमाबुबा ‘मेरो छोरा–छोरीमा कुपोषण त छैन’ भन्ने भ्रममा पर्छन्। घरमा भएका पौष्टिक खाना छोडेर यस्ता खानेकुरा खुवाउन थाल्छन्।

यी खानेकुराले हड्डी बलियो बनाउने, बुद्धि बढाउने, शरीरको लम्बाइ बढाउने जस्तो केही काम गर्दैनन्। बरु फजुल खर्च बढाउने काम मात्रै गर्छन्। यदि हर्लिक्स, बर्नभिटा खाएर हड्डी बलियो हुने, बुद्धि बढ्ने, उचाइ बढ्ने हुन्थ्यो भने ती कम्पनीका मालिक र कामदारका छोरा–छोरी, आफन्त सबै बलवान् र बुद्धिमान् हुन्थे होला।

यस किसिमका विज्ञापन रोक्न र सर्वसाधारणमा भ्रम फैलाउने काम बन्द गर्न मैले स्वास्थ्य मन्त्रालयमा कुरा राख्दा बेवास्ता गरियो। त्यसैले सामाजिक सञ्जाल, पत्रत्रिका, रेडियो, टीभी र अनलाइनमा लेख, अन्तर्वार्तामार्फत यी कुराको विरोध गर्दै आएकी छु।

यस्ता पदार्थ खानुको खासै फाइदा रहेनछ भन्ने चेतना शहरी भेगमा बिस्तारै आउँदैछ तर गाउँघरमा यो विकृति झन् फस्टाउँदै गएको छ। घरमा भएको सातु, मकै खान छोडेर बजारको खानेकुरा बढी उपभोग गर्न थालेका छन्।

हामी घरमै पाइने स्वस्थकर अन्न सस्तोमा बेच्छौँ अनि महँगोमा अस्वस्थकर खानेकुरा खान्छौँ। घरमा भएको कागती–पानी खान छोडेर बजारबाट ल्याएर चिसो पेय पदार्थ पिउँछाैँ।

बिरामी भेट्न जाँदा यस्ता हर्लिक्स, भीभा र विभिन्न किसिमका जुस बोकेर जाने चलन छ तर, यसको कुनै औचित्य नै छैन। अझ मधुमेह भएको बिरामीलाई त झन् बढी अस्वस्थकर हुन्छ। बरु घरमा नै भएको स्वस्थ खानेकुरा दिँदा राम्रो हुन्छ।

हाम्रो घरमा भएको ५० देखि ६० रुपैयाँ पर्ने जौ, गहुँबाट बनेको हर्लिक्स, भिभा, बर्नभिटा आदि जस्ता खानेकुरा अहिले बजारमा प्रतिकिलो सातदेखि आठ सय रुपैयाँमा बिक्री हुन्छ। यो स्वास्थ्यको उचित छैन नै मूल्य पनि सर्वसाधारणले धान्नसक्ने खालकाे छैन। त्यसैले व्यापारीहरूको यस किसिमको भ्रमजालबाट उपभोक्ता आफैँ मुक्त हुनुपर्छ।

बालबालिकालाई अस्वस्थकर खानाबाट बचाउन अभिभावक सँधै सचेत बन्नुपर्छ। स्कुलमा पनि शिक्षकशिक्षिकाले विद्यार्थीलाई यस्ता पदार्थबाट दूर रहन सिकाउनुपर्छ।

बुझ्नैपर्ने एउटा कुरा के भने, जुन कुराको बढी प्रचार हुन्छ, विज्ञापन गरेर राम्रो भनिन्छ, त्यसमा पक्कै खराबी छ।

हेल्थ टिभी अनलाइनका संवाददाता दिवाकर तिमिल्सिनासँगकाे कुराकानीमा आधारित

 

 

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?