Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेह र खानासम्बन्धी भ्रम

मधुमेह र खानासम्बन्धी भ्रम

मधुमेह रोगबारे धेरै बिरामीमा खानेकुराबारे भ्रम रहेको पाइन्छ। हुन त यो रोगमा खानेकुरा जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने हुन्छ। तर कहिलेकाहीँ भने बिरामीहरु बढी नै ‘कन्सियस’ भएर आफूखुशी खाना बार्दा पनि समस्या झनै बढिदिन्छ।

बुझ्नुपर्ने कुरा के हाे भने, मधुमेह रोग लाग्दैमा सबै खाना बार्नुपर्छ भन्ने छैन। बिरामीले सबैभन्दा धेरै सोध्ने कुरा पनि त्यही हुन्छ– मैले के के खान हुँदैन?

हामीले खाने हरेक खानाले ग्लुकोज बनाउँछ। अन्न समूहमा पर्ने खानाले भने छिटो र बढी ग्लुकोज उत्पादन गर्ने भएकाले यस्ता खाना कम खान सुझाइएको हो। ‘प्लान्ट प्रडक्ट’ बाहेक हामीले खाने हरेक खानामा कार्बोहाइड्रेट हुन्छ।

म डाइटिसियनको नाताले भन्ने गर्छु, तपाईँले सबै कुरा खान मिल्छ तर मात्रा मिलाउन मात्र जरुरी छ। मधुमेहीले केही खाना पनि बार्नुपर्दैन। तर कुन खाना कति खाने र कसरी कुन कुन समयमा खाने भन्ने कुराचाहिँ महत्त्वपूर्ण हुन्छ।

मधुमेहका बिरामीले औषधि र खाना मिलाएर खाने हो भने वर्षौँसम्म पनि समस्या आउँदैन। यस्ता बिरामीले खाली पेट बस्नु हुँदैन। खाली पेट बस्दा ‘ग्लुकोज लेबल’ घटेर बिरामी बेहोश हुने सम्भावना हुन्छ जसलाई ‘हापोग्लेसिमिया’ भनिन्छ। यस्तो अवस्थामा बिारमीलाई केही गुलियो खानेकुरा दिनुपर्ने हुन्छ। तर यो एक पटकलाई मात्र हो भन्ने बुझ्नुपर्छ। त्यसैले पनि हामी मधुमेहीलाई व्रत नबस्न सल्लाह दिन्छौँ।

धेरै बिरामी ‘भात खान हुँदैन’, आलु र सखरखण्ड खान हुँदैन’ भनेर बार्ने गर्छन्। यसरी खाना पूर्णरूपमा बार्दा झनै स्वास्थ्य झन् जटिल बन्न सक्छ। शरीर कमजोर भई अन्य समस्या आउन सक्छ।

कसरी मिलाउने खाना ?

मधुमेहका बिरामीले औषधि र खाना मिलाएर खाने हो भने वर्षौँसम्म पनि समस्या आउँदैन। यस्ता बिरामीले खाली पेट बस्नु हुँदैन। खाली पेट बस्दा ‘ग्लुकोज लेबल’ घटेर बिरामी बेहोश हुने सम्भावना हुन्छ जसलाई ‘हापोग्लेसिमिया’ भनिन्छ। यस्तो अवस्थामा बिारमीलाई केही गुलियो खानेकुरा दिनुपर्ने हुन्छ। तर यो एक पटकलाई मात्र हो भन्ने बुझ्नुपर्छ। त्यसैले पनि हामी मधुमेहीलाई व्रत नबस्न सल्लाह दिन्छौँ।

यसका साथै कतिपय बिरामी भात खान हुँदैन भनेर टन्न रोटी खानुहुन्छ यसो गर्नु पनि राम्रो होइन। रोटीमा पनि कार्बोहाइड्रेट नै हुने भएकाले यो टन्न खान मिल्छ भन्ने होइन।

खानेकुरा सबै खान मिल्छ तर, थोरै थोरै गरेर खानुपर्छ। मधुुमेह भएकोे व्यक्ति पुरुष छ भने एक दिनमा एक हजार आठ सय क्यालोरी र महिला भए एक हजार छ सय क्यालोरीसम्म खान मिल्छ। मधुमेह नभएको पुरुषले दुई हजार देखि दुई हजार दुई सयसम्म र महिलालाई एक हजार आठ सय देखि दुई हजारसम्म क्यालोरी दिने गरिन्छ। तर व्यक्तिको वजन, उचाइअनुसार पमिाणमा थपघट हुनसक्छ।

मधुमेहीले दिनमा पाँचदेखि ६ पटकसम्म थोरै थोरै खाना खान सक्छन्। एकैचोटी कोचेर खानु हानिकारक हुन्छ। यदि भातसँगै आलुको तरकारी खान मन लाग्यो भने भातको मात्रा घटाई दुई टुक्रा आलु खान सकिन्छ। त्यस्तै दिनमा एउटा स्याउ, एउटा सानो केरा, चार पाँच दान अंगुर, सिंगो आँपको सट्या एउटा पिस मिलाएर खान सकिन्छ।

बजारमा पाइने बट्टामा राखेका जुस, बिस्कुट, चिप्स जस्ता खानेकुरा खान हुँदैन। साथसाथै एक्सरसाइजमा पनि ध्यान दिनुपर्छ। यस्ता बिरामीले डाइटिसियनसँग बुझेर आफ्नो ‘डाइट प्लान’ गर्न सके समस्याबाट जोगिन सजिलो हुन्छ।

थप समाचार

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

थाइराइडका लक्षणहरु कसरी थाहा पाउने ?

मोटोपन छ ? कसरी घटाउने ?

मोटोपन छ ? कसरी घटाउने ?